
दोहा– साउदीबाट स्वदेश फर्किन अझै १५ हजार बाँकी रहेको साउदीस्थित नेपाली दूताबास रियाद तथा महाबाणिज्य दूताबास जेद्धाले जनाएको छ । दूतबासका अनुसार साउदीबाट स्वदेश फर्किन चाहनेहरू १५ हजार ७ सय ८० जनाको रहेका छन् ।
कोरोना महामारीका कारणले फर्किन नपाएकाहरूको मध्ये विभिन्न उडानमार्फत ७ हजार ८ सय १२ जना नेपाली स्वदेश फर्किसकेका छन् । दूताबासका अनुसार २६ अगस्टका लागि दुई उडान तय भएको जनाएको छ ।
नेपाल एयरलाइन्सले रियाद तथा हिमालय एयरलाइन्सले दमामबाट उडान गर्ने भएको छ । यसघि दूताबासले विभिन्न मितिमा सार्वजनिक गरेको लिस्टमा नाम भएकाले सम्बन्धित एयरलाइन्समा सम्पर्क गरी टिकट खरिद गर्न अनुरोध गरेको छ ।
सतप्रतिशत पिसिआर परीक्षण गरेका यात्रुहरू मात्र जना पाउने तथा एउटा जहाजमा पिसिआर परीक्षण गरेको र नगरेको यात्रुहरू मिसाएर लैजान नपाइनेसमेत दूताबासले जनाएको छ । पिसिआर परीक्षण गरेका र नगरेका यात्रुहरू एउटै उडानमा गए अनिवार्य रूपमा होटल क्वारेन्टाइनमा बस्नु पर्ने छ ।
होटल क्वारेन्टाइनमा बस्नु पर्नेको हकमा नेपालमा पुगेपछि अनिवार्य सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको खर्च आफैले तिर्ने लिखित प्रतिवदता समेत टिकट खरिद गर्दाको अवस्थामै गर्नुपर्ने दूताबासले जनाएको छ ।
साउदीमा कोरोनाका कारण रोजगारी गुमाउने नेपालीको संख्या भने दिन प्रतिदिन बढीरहेको जनाएको छ । विगत लामो महिनादेखि रोजगारी गुमाएर न काम न दाम र न गतिलो खाना नै पाएको भन्दै सरकारले उद्दारको नाममा लुट मच्चाएको खाडीका अधिकास अलपत्र अवस्थामा रहेका नेपालीले आरोप लगाएका छन् ।