Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
विचार
  • Home
  • विचार
  • सुशासनका लागि सूचनाको हक कानुनको कार्यान्वयन
सुशासनका लागि सूचनाको हक कानुनको कार्यान्वयन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २९, २०८२
उमिद बागचन्द

 

सूचना आधुनिक लोकतान्त्रिक समाजको मेरुदण्ड हो । नागरिकले राज्यका गतिविधि, निर्णय र खर्चबारे जानकारी पाउने अधिकार नै सूचनाको हक हो । नेपालमा सूचनाको हकलाई संविधानमा मौलिक हकका रूपमा सुनिश्चित गर्नाका साथै अलग्गै कानुनमार्फत यसको कार्यान्वयनको कानुनी आधार तयार गरिएको छ । तर, कानुन बनेर मात्र यसको प्रभावकारी कार्यान्वयन स्वतः हुँदैन । यसलाई व्यवहारमा लागू गराउन विभिन्न पक्षको सक्रिय भूमिका आवश्यक पर्छ । यसमा सूचनाको हकका अभियानकर्ता र पत्रकारिता क्षेत्रको भूमिका अत्यन्त महत्‍वपूर्ण हुनसक्छ ।

नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको थियो तर प्राथमिकतामा पर्न सकेन । संविधान कार्यान्वयनको १६ वर्ष बितिसक्दा पनि कतैबाट सूचनाको हकले स्थान पाएन । देशमा २०६२÷६३ सालको जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानमा उल्लिखित प्रावधानअनुसार २०६४ सालमा सूचनाको हकसम्बन्धी ऐन २०६४ आयो र राष्ट्रिय सूचना आयोगको गठन भयो । २०६५ सालमा सूचनाको हकसम्बन्धी नियमावली पनि बन्यो । यतिमात्र होइन, संविधानसभाबाट निर्मित नेपालको संविधान २०७२ को धारा, २७ मा सूचनाको हकलाई मौलिक हकका रुपमा व्यवस्था गरियो । यो कानुन खासगरी राज्यका कामकारबाहीलाई जवाफदेही र जिम्मेवार बनाउने तथा जनतालाई सुशासनको अनुभूति गराउने कानुन हो ।

देश भ्रष्टाचारले चुर्लुम्मै डुब्दा पनि यो सूचनाको हकसम्बन्धी कानुनको व्यावहारिकरुपमा कार्यान्वयनमा विगतदेखि नै राज्यको सक्रियता देखिएन । यो कानुनको व्यावहारिक प्रयोगले भ्रष्टाचार कम हुन्छ भन्ने कुरासम्म बुभ्mन सरकार तयार हुन सकेन । यो कानुनअन्तर्गत बनेको राष्ट्रिय सूचना आयोग अन्य आयोगभन्दा शक्तिशाली भएकै कारण यो आयोगको भूमिका स्थायी सरकारमा रहेकाहरुले न्यून गर्दै आएको देखिन्छ । यो आयोगमा सुरुमा सचिवको दरबन्दी रहेकामा अहिले सहसचिवको दरबन्दी कायमा गरिएको छ । सचेतनामूलक कार्यक्रमलाई व्यापकता दिनुपर्नेमा हरेक वर्ष बजेट घटाउँदै जाँदा यसको भूमिका सीमित बन्न थालेको अनुभव हुन थालेको छ ।

Hardik health

पछिल्लो समयमा राष्ट्रिय सूचना आयोग पनि अनुगमन गर्नेभन्दा पनि आफूलाई सरकारी कार्यालयमात्र सम्झिन थालेको टिप्पणी हुन थालेको छ । अहिले सूचनाको हकसम्बन्धी कानुनको उद्देश्यअनुसार सूचना दिलाउनेतर्फ भन्दा पनि सूचना मागकर्तालाई हतोत्साही बनाउनेतर्फ लागेको देखिन्छ । नेपालमा भ्रष्टाचार न्यूनीकरण गर्न सूचनाको हक राजनीतिक दलको एजेण्डा बन्नुपर्ने बन्न सकेन । विगतमा सूचना मागकर्ताको संख्या बढाउने र सूचना माग्ने कार्यलाई व्यावहारिक बनाउनेतर्फ आयोग र अभियानकर्ता केन्द्रित भएका थिए । यो कानुन आएको अहिले १८ वर्ष पार हुँदै गर्दा पनि आमनागरिकले सूचना माग्न खासै तत्परता देखाएको पाइँदैन । पहुँच नभएका जनताका लागि बढी महŒव हुने यो कानुन उनीहरुसम्म पुग्न अझै सकेको छैन । यसो हुनुको मुख्य कारण राज्यका संयन्त्रमा रहेका जिम्मेवार व्यक्तिहरुको बुझाइमा स्पष्ट नहुनु, थाहा हुँदाहुँदै पनि सूचना दिन नपरोस् भन्ने मानसिकता रहनु, सूचना मागकर्तालाई दुःख दिने, कानुनका रुपमामात्र बुभ्mने गरेका यो कानुनको कार्यान्वयनमा तीव्रता आउन सकेको छैन ।

मान्छेले जन्मिएदेखि मरेर अन्तिम संस्कार गदासम्म कर तिरेकै हुन्छ, आफूले तिरेको कर कहाँ र कसरी खर्च भइरहेको छ भन्ने जान्ने अधिकार प्रत्येक जनतालाई छ । यही कुरालाई सहज बुझाइका साथ अघि बढाउन आवश्यक छ । यसका साथै सरकारीस्तरमा अनुगमन र समन्वयका लागि बनेका सबै संयन्त्रको सक्रियता उत्तिकै आवश्यक छ । साँच्चै देशलाई भ्रष्टाचारमुक्त बनाउने हो भने राजनीतिक दल, दलका नेता, कार्यकर्तालाई सूचनाको हकको महŒव, आवश्यकता र यसको प्रयोगबाट हुने फाइदाबारे बुझाउन र बुभ्mन जरुरी देखिन्छ । प्रधानमन्त्रीको कार्यालयमा मुख्यसचिवको संयोजकत्वमा रहेको वर्गीकरण समिति छ, सञ्चार मन्त्रालयमा सचिवको संयोजकत्वमा अनुगमन एकाइ छ, प्रदेश सरकारका प्रमुख सचिवको संयोजकत्वमा रहेको अनुगमन समिति र जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला अनुगमन समितिलाई सक्रिय बनाउनुपर्ने देखिन्छ ।

सूचनाको हकसम्बन्धी कानुन के हो भनेर बुझाउनुपर्ने अवस्था छ । राष्ट्रिय सूचना आयोगलाई अनुगमनमा जोड र सूचना माग्नेलाई सहजरुपमा दिलाउनेमा सक्रिय बनाउनुपर्ने देखिन्छ । स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म नागरिक स्तरबाट हुने सूचनाको हकसम्बन्धी अभियानहरुमा साझेदारी गर्नुपर्ने हुन्छ । अहिले आयोगबाट आफू पनि नगर्ने अरूलाई पनि गर्न नदिने जस्तो अवस्था देखिएको छ । विगतमा राष्ट्रिय सूचना आयोग र स्वयंसेवी संस्थाहरु, सूचनाको हकका लागि राष्ट्रिय महासंघसँग मिलेर काम गर्ने गरेको धेरै उदाहरण छन् । अहिले आप्mनै किसिमले स्रोत नहुँदा हुँदै पनि देशभर संगठन बनाएर महासंघ अघि बढिरहेको देखिन्छ । समुदायस्तरमा समुदाय जागरण अभियान र काठमाडौं उपत्यकाभित्र विद्यालय तथा कलेजस्तरीय जागरण अभियान सञ्चालन गरिरहेको छ भने सूचना माग्ने अभियानलाई पनि तीव्रता दिएको छ । स्रोत नभएका कारण जसरी गर्नुपर्ने हो, त्यसरी व्यापकता पाउन सकेको छैन । यसका लागि सरकारीस्तरबाट हातेमालो हुन आवश्यक छ ।

भ्रष्टाचार अन्त्यको अभियानमा सूचनाको हक महŒवपूर्ण औजार हुन सक्छ । राज्यका निकाय वा सार्वजनिक निकायको लगानीमा हुने योजनाहरुको बिल भर्पाई सार्वजनिक गर्नुपर्छ भन्ने सबैलाई बुझाउन जरुरी छ । गलत भएको छ भने कारबाहीमा परिन्छ भन्ने पनि वातावरण सिर्जना हुनुपर्छ । यस्तो भए स्वतः गलत काम रोकिन्छ । यो कुरा सरकार र नागरिक स्तरबाट बुभ्mन र बुझाउन जरुरी छ ।  नागरिक स्तरबाट पनि बुझाउने गरिएको प्रयासलाई सहजरुपमा लिने गरिएको पाइँदैन । यसका केही चुनौतीहरूको समाधानका लागि केही उपायहरूको आवश्यकता छ । पहिलो, सरकार र सार्वजनिक निकायहरूले सूचनाको हकलाई गम्भीररूपमा लिई समयमै सूचना उपलब्ध गराउने संस्कारको विकास गर्नुपर्छ । दोस्रो, पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न तालिम, स्रोत साधन र प्रविधिको पहुँच बढाउन आवश्यक छ । तेस्रो, पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न कडा कानुनी व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।

साथै, सञ्चारमाध्यमले पनि आफ्नो पेसागत आचारसंहिता पालना गर्दै निष्पक्ष र सत्यतथ्यमा आधारित समाचार प्रस्तुत गर्न सूचनाको हक प्रयोग गर्नुपर्छ । सूचनाको हकको प्रभावकारी कार्यान्वयनविना लोकतन्त्र सुदृढ हुन सक्दैन । यसमा सूचनाको हकको भूमिका अत्यन्त महŒवपूर्ण र अपरिहार्य छ । नागरिकलाई सशक्त बनाउने, सरकारलाई जवाफदेही गराउने र समाजमा पारदर्शिता ल्याउने कामलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने हुन्छ । त्यसैले सूचनाको हकलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्ने कार्यलाई सफल बनाउन राज्य, नागरिक समाज र पत्रकारिता क्षेत्रको समन्वयात्मक भूमिका आवश्यक छ । सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्दै समृद्ध र लोकतान्त्रिक समाज निर्माण गर्न सकिन्छ । यो कानुन जनताका पक्षमा रहेको महŒवपूर्ण कानुन हो । यो कानुन ल्याउन नेपाल पत्रकार महासंघको महत्‍वपूर्ण भूमिका थियो । सूचनाको हक र सञ्चारसँग सम्बन्धित कुनै पनि काम कारबाहीका लागि अहिले पनि पत्रकार महासंघलाई सरकारले समितिमै राखेर सुझाव दिने अवसर प्रदान गरेको छ । यतिमात्र होइन, राष्ट्रिय सूचना आयोगको गठनमा निर्णय गर्ने भूमिका दिइएको छ ।  

सूचना आधुनिक लोकतान्त्रिक समाजको मेरुदण्ड हो । नागरिकले राज्यका गतिविधि, निर्णय र खर्चबारे जानकारी पाउने अधिकार नै सूचनाको हक हो । नेपालमा सूचनाको हकलाई संविधानमा मौलिक हकका रूपमा सुनिश्चित गर्नाका साथै अलग्गै कानुनमार्फत यसको कार्यान्वयनको कानुनी आधार तयार गरिएको छ । तर, कानुन बनेर मात्र यसको प्रभावकारी कार्यान्वयन स्वतः हुँदैन । यसलाई व्यवहारमा लागू गराउन विभिन्न पक्षको सक्रिय भूमिका आवश्यक पर्छ । यसमा सूचनाको हकका अभियानकर्ता र पत्रकारिता क्षेत्रको भूमिका अत्यन्त महत्‍वपूर्ण हुनसक्छ ।

भ्रष्टाचार अन्त्य र सुशासनको मुद्दा लिएर जेन-जी विद्रोहको आडमा भएको संघीय संसद्को निर्वाचनमा सुशासन कायम गर्ने र भ्रष्टाचारको अन्त्य गर्ने उद्घोषका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुईतिहाइको जनमत पाएको थियो । त्यही जनमतबाट गठित वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने पार्टीको उद्घोषलाई अझ परिणाममुखी बनाउन पनि सूचनाको हकसम्बन्धी ऐन २०६४ कानुनको व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्छ । यसका लागि सरकारी निकायलाई जवाफदेही र जिम्मेवार बनाउन कडा निर्देशन दिने र सूचना नदिनेलाई कारबाही गर्ने प्रावधान कडाइका साथ लागू गर्न सकेको अवस्थामा सरकारको प्रभावकारिता बढ्न जानेमात्र होइन, मुलुकमा सुशासन कायम भई नागरिकले लोकतन्त्रको अनुभूति गर्न पाउने छन् । 
 


प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप विचार
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
गोली होइन, भोलि...
गोली होइन, भोलि... मंगलबार, साउन १२, २०८३
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर मंगलबार, साउन १२, २०८३
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था आइतबार, साउन १०, २०८३
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात !
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात ! मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP