Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • निःशुल्क बाँड्दै बिरुवा कर अधिकृत
निःशुल्क बाँड्दै बिरुवा कर अधिकृत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २, २०७७
Tax
Hardik health
लहान—कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका लहानस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कमलबहादुर राजलवटलाई अहिले भने गुर्जाेको बेर्ना लगाउन र कलमी बनाउन भ्याइनभ्याइ हुन्छ । मिर्मिरे बिहानीमा होस वा झिसमिसे साँझको समयमा आङ्खनो सरकारी निवासमा खाली जग्गामा गुर्जाेको बेर्ना लगाउने र कलमी बनाउन अचेल उनी दैनिक व्यस्त छन् । कार्यालय समय सकिएपछि कर्मचारीलाई घर फर्किन हतारो हुन्छ, तर प्रमुख राजलवटलाई बेलुका कतिबेला निवास पुगेर बेर्ना लगाउने र कलमी बनाउने हतारो हुन्छ । बिहान सबेरै उठेर गुर्जाेको बेर्ना लगाउने र कार्यालयबाट बेलुका फर्किएपछि कमली बनाउने दैनिकी बनाएका प्रमुख राजलवटले तयार पारेको गुर्जाेको कलमी र बेर्ना चिनजानका व्यक्तिदेखि संघसंस्थालाई निःशुल्क तिवरण गर्दै आएको छ । लहानस्थित गणेश चोकमा रहेको आन्तरिक राजस्व कार्यालयदेखि करिब ४०० मिटरको दूरीमा सरकारी निवासको खाली जग्गामा उनले लगाएको गुर्जाेको बेर्ना लिन आउनेको दैनिक भीडसमेत लाग्ने गरेको छ । गुर्जाेको लहरालाई टुक्राटुक्रा पारेर प्रमुख राजलवटले कलमी बनाएको देखेपछि स्थानीय अचम्ममा परेका थिए । ‘कार्यालयदेखि निवाससम्म आउँदा बाटो छेउमै लहरा र झाडी बुट्यान पर्छ’, प्रमुख राजलवटले भने, ‘त्यसमा गुर्जाे लत्रिएको भए पनि पहिला गुर्जाेको उपयोगिताबारे थाहा नभएर त्यसलाई स्थानीयवासीले खासै महत्व दिएका थिएन् ।’ तर त्यही गुर्जाेलाई काटेर टुक्रा पारेर कलमी बनाई त्यसको महत्वबारे बुझाएपछि धेरैजसो व्यक्ति यसलाई अहिले नियमित सेवन गर्न थालेको उनको भनाइ छ । अहिले आन्तरिक राजस्व कार्यालय लहानका अधिकांश कर्मचारीसँगै त्यहाँ धेरैजसो स्थानीयले दैनिक गुर्जाेको सेवन गर्न थालेका छन् । ‘शुरुमा स्थानीयवासीलाई गुर्जाे के हो, यसको फाइदा के हुन्छ थाहैै थिएन्’, उनले भने, ‘तर अहिले सबै जनाले गुर्जाेबारे थाहा पाइसक्नु भएको छ, दैनिकजसो बिहान बेलुका उहाँहरू गुर्जाे सेवन गर्नुहुन्छ ।’ कतिपयले गुर्जाेको चिया बनाएर सेवन गर्छन् भने कतिपयले गुर्जाेलाई रातभरी पानी भिजाएर बिहान सेवन गर्ने गरेका छन्, त्यसैले यसबाट आफू उत्साहित भएको प्रमुख राजलवटको भनाइ छ । ‘गुर्जाेको बेर्ना र कलमी बनाउने चाहना आफूलाई लहान आएदेखि नै थियो’, उनले भने, ‘कार्यालयमा कामको चापका कारण त्यसो गर्न सकेको थिएन, तर गत चैत ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले गुर्जाेको बेर्ना लगाउने र कलमी बनाउने अवसर जुराएको हो ।’ करिब चार महिनाको बन्दाबन्दीकै समयमा गुर्जाेको ३० हजार कलमी तयार पारेको उनको भनाइ छ । बन्दाबन्दीका बेला कार्यालयका अधिकांश कर्मचारी घर पुगे पनि प्रमुख राजलवट सरकारी निवासमै बसेर तयार पारेको ३० हजार गुर्जाेको कलमीमध्ये बन्दाबन्दी खुकुल्लो भएसँगै हालसम्म १५ हजारभन्दा बढी कलमी काठमाडौं पठाइसकेका छन् । ‘ आङ्खना इष्टमित्र र आङ्खन्त तथा चिनजान भएकालाई कलमी पठाइसके’, उनले भने, ‘गुर्जाेको बहुउपयोगी बुझेकाबाट पनि दैनिकजसो गुर्जाेको कलमी माग हुँदै आएको छ, भ्याएसम्म पठाइरहेको छु, गाडी नचलेर पठाउन कठिनाइ भइरहेको छ ।’ अहिलेसम्म अर्थमन्त्रालयको विभिन्न विभाग तथा निकायमा पनि कमली पु¥याइसकेको र आफूले पठाएको गुर्जाेको कलमी सिंहदरबार र अर्थमन्त्रालय तथा विभागको कुनाकुनामा छ्याप्छ्याप्ती हुर्किसकेको उनले बताए । असन्तुलित खानपान, जीवनशैलीलगायतका कारण दिनप्रति दिन रोगीको संख्या बढ्दै गएका बेला गुर्जाेको उपयोगिता बढ्न थालेको छ । समान्य रुघाखोकीदेखि मधुमेह, उच्च रक्तचाप, मुटु रोगीलगायत रोगीका लागि गुर्जो सञ्जिवनी बुटी मानिने गरिन्छ । ‘गुर्जाेको बहुउपयोगिता भए पनि यसको कलमी उत्पादनमा खासै खर्च लाग्दैन’, प्रमुख राजलवटले भने, ‘यहाँका झाडी बट्यानमा प्रशस्त गुर्जाेको लहरा पाइन्छ, त्यसलाई काटेर टुक्रा पारी बेर्ना बनाउँछु र त्यसलाई कलमीका रूपमा तयारी पार्ने गरेको छु ।’ त्यही गुर्जाेको कलमी माग्न आउनेलाई मागअनुसार क्यारेटसहित निःशुल्क दिइने गरेको उनका कथन छ । कारोना कहरबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जाेको उपयोगिता अझै बढेको उनले बताए । कोभिड–१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रूपमा प्रयोग हुने गुर्जाे अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि सिरहामा यसको माग ह्वातै बढेको छ । कसैले दिनमा एक पटक त कसैले सांँझ बिहान दुई पटक खाने गरेका छन् । गुर्जाे, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको स्थानीयवासीको भनाइ छ । ‘कोरोना भाइरस संमक्रणबाट बच्न गुर्जाे प्रमुख जडिबुटी हो भन्ने सुनेपछि हाम्रो टोलमा अधिकांशले गुर्जाे खान थालेका छन्’, स्थानीयवासी राजकिसोर यादवले भने, ‘पहिले सजिलै पाइने गुर्जाे यतिखेर पाउन गाह्रो भएको छ ।’ ‘यो लहरा जस्तै हुन्छ । गुर्जो जुनसुकै रुखमा लहराको रूपमा फैलिएको हुन्छ’, उनले भने, ‘यसको टुक्रा माटामा गाडिदिए सजिलै उम्रन सक्छ ।’ आयुर्वेदिक चिकित्सकका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई निकै फाइदा गर्छन् । रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले धेरैले यसको सेवन गर्न थालेको बताइएको छ । रासस
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  ०६:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP