Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • नेपालको भूराजनीतिक चुनौती
नेपालको भूराजनीतिक चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १३, २०८२
पुष्पराज गिरी 

 

जब कुनै राष्ट्र आन्तरिकरूपमा कमजोर हुन्छ, बाह्य शक्तिका लागि त्यसमा प्रभाव जमाउनु सजिलो हुन्छ । नेपालमा यही खतरा बढ्दै गएको छ । नेपालमाथि भविष्यमा देखिन सक्ने कूटनीतिक दबाबहरू बहुआयामिक हुन सक्छन् । पूर्वाधार परियोजना, ऊर्जा सम्झौता, सीमा व्यवस्थापन, सुरक्षा सहकार्य, वैदेशिक सहायता र ऋण । यी सबै विषयहरूमा ‘सामरिक सुरक्षा’को तर्क प्रयोग गरेर दबाब सिर्जना हुन सक्छ । आजको विश्वशक्ति राजनीतिमा सबैभन्दा ठूलो जोखिम साना राष्ट्रहरूका लागि यही नै हो । 

समकालीन विश्व व्यवस्था अहिले एक गम्भीर मोडमा उभिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित सिद्धान्त सम्प्रभुता, समानता, अन्तर्राष्ट्रिय कानुन र साना-ठूला राष्ट्रबीचको मर्यादित सहअस्तित्व विस्तारै कमजोर हुँदै गएका देखिन्छन् । शक्तिशाली राष्ट्रहरूले ‘राष्ट्रिय वा सामरिक सुरक्षा’को नाममा खुलारूपमा प्रभाव क्षेत्र विस्तार गर्ने नीति अपनाउनु यसको प्रमुख कारण हो । आज विश्व राजनीति यस्तो चरणमा प्रवेश गरेको छ, जहाँ शक्तिराष्ट्रले जे गरे पनि हुन्छ भन्ने मानसिकता संस्थागत हुँदै जाने गम्भीर खतरा देखापरेको छ ।

बदलिएको सामरिक सुरक्षाको पुनः परिभाषा र शक्ति प्रदर्शन
अहिले विश्वमा सामरिक सुरक्षा केवल सिमाना रक्षा वा सैन्य प्रतिरक्षासम्म सीमित छैन । ऊर्जा मार्ग, समुद्री नियन्त्रण, रणनीतिक भूभाग, प्रविधि प्रभुत्व र राजनीतिक प्रभावहरु, यी सबै सामरिक सुरक्षाको अभिन्न अंग बनेका छन् । यही सन्दर्भमा शक्तिशाली राष्ट्रहरूले साना वा कमजोर देशमाथि प्रभाव जमाउन खुला र अप्रत्यक्ष दुवै रणनीतिलाई प्रयोग गरिरहेका छन् । पछिल्लोपटक डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि अमेरिकाको सुरक्षा नीतिमा पुनः ‘अमेरिका फस्र्ट’ अवधारणा आक्रामकरूपमा फर्किएको देखिन्छ ।

Hardik health

ग्रिनल्याण्डलाई सामरिक सुरक्षाको दृष्टिले अत्यन्तै महŒवपूर्ण भन्दै त्यसमा नियन्त्रण वा प्रभाव विस्तार गर्ने सोच सार्वजनिक बहसमा आउनु सामान्य कूटनीतिक विषय होइन । आर्कटिक क्षेत्र, दुर्लभ खनिज र सैन्य दृष्टिले रणनीतिक अवस्थिति, यी सबै कारणले ग्रिनल्याण्ड अमेरिकाका लागि सामरिक केन्द्र बन्दै गएको छ । यहाँ समस्या ग्रिनल्याण्डमात्र होइन, समस्या के हो भने, यदि एक शक्तिशाली देशले खुलेआम अर्को भूभागलाई आफ्नो सुरक्षाका लागि आवश्यक भन्दै नियन्त्रण गर्न खोज्न सक्छ भने, अन्तर्राष्ट्रिय कानुनको औचित्य कहाँ रहन्छ ? पछिल्लो घटनालाई हेर्ने हो भने सन् २०२६ जनवरी ३ को बिहानीपख अमेरिकी विशेष दस्ताले भेनेजुएलाको राष्ट्रपति भवनमा ‘सर्जिकल स्ट्राइक’ गर्दै राष्ट्रपति निकोलस मादुरोलाई शयनकक्षबाटै उठाएर न्युयोर्क पुर्‍याएपछि २१औं शताब्दीको कूटनीतिक शब्दकोसबाट ‘संयमता’ शब्द निष्क्रियजस्तो बनेको देखियो ।

भेनेजुएलामा भएको घटनाले विश्वराजनीतिमा एउटा नयाँ र कठोर अध्यायको सुरुआत गरेको छ भन्न सकिन्छ । यो घटनालाई धेरैले ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’ भनेर आलोचना पनि गरे । भेनेजुएलामाथिको कारबाहीले विश्वलाई फेरि ‘प्रभाव क्षेत्र’मा विभाजित गरिदिएको छ । कूटनीतिकरूपमा यो अप्रिय सुनिएला, तर शक्ति राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि ‘बफर जोन’ को संवेदनशीलतालाई सधैं प्राथमिकता दिन्छन् र लक्ष्य प्राप्तिका लागि कतिसम्म कठोर कदम चाल्दछन् भन्ने उदाहरण अमेरिकी कदमबाट स्पष्ट अनुमान गर्न सकिन्छ ।

रुसले युक्रेनमाथि २४ फेब्रुुअरी २०२२ मा आक्रमण सुरु गरेपछि दुई देशबीचको युद्ध वर्तमानसम्म जारी रहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विशेष सैनिक कारबाहीको घोषणा गर्दै यस युद्धको थालनी गरेका थिए । यद्यपि, दुई देशबीचको तनाव सन् २०१४ मा क्रिमियामाथि रुसले गरेको विलयबाटै जारी थियो, जसले फेब्रुुअरी २०२२ मा पूर्णयुद्धको रूप लिएको थियो । पुटिन नेतृत्वको रुसले आफ्नो सामरिक सुरक्षाका लागि युक्रेनमाथि प्रभाव आवश्यक भएको तर्क अगाडि सार्दै विगत चार वर्षभन्दा बढी समयदेखि युद्ध जारी राख्नु विश्वराजनीतिमा सबैभन्दा खतरनाक दृष्टान्त बनेको छ ।

नाटोको विस्तारलाई आफ्नो सुरक्षाका लागि प्रत्यक्ष खतरा ठान्दै रुसले युक्रेनलाई स्वतन्त्र निर्णय गर्ने अधिकारबाट वञ्चित गर्न खोजेको छ । यस युद्धले के देखाएको छ भने, यदि शक्तिशाली राष्ट्रको ‘सुरक्षा चिन्ता’लाई नै सर्वोपरि मानियो भने साना राष्ट्रको सम्प्रभुता कागजमै सीमित रहन पुग्दछ । युक्रेन आज केवल युद्धभूमि होइन, यो अन्तर्राष्ट्रिय प्रणाली असफल भएको प्रतीक पनि हो । यदि युक्रेनमाथि गरिएको हस्तक्षेपलाई दीर्घकालीनरूपमा स्वीकार्य बनाइयो भने भोलि संसारका अन्य साना राष्ट्रहरू पनि यस्तै तर्कको सिकार बन्दै जाने खतरा देखिन्छ ।

सन् १९४९ मा चिनियाँ गृहयुद्धको अन्त्यपछि जब पराजित कुमिन्ताङ सरकार ताइवान टापुमा भागेर गयो त्यसपछि चीन र ताइवानबीचको तनाव सुरु भएको थियो । चीनले ताइवानलाई आफ्नो एक अभिन्न प्रान्त मान्दछ र ‘एक चीन नीति’ अन्तर्गत यसलाई फेरि मुख्यभूमिमा गाभ्न चाहन्छ । तर ताइवानले आफ्नो संविधान, प्रजातान्त्रिक सरकार र सेना भएको एक स्वशासित राष्ट्रको रूपमा व्यवहार गर्छ, जो बेइजिङको अधीनमा रहन चाहँदैन । यो विवाद मुख्यतः विचारधाराको भिन्नता कम्युनिस्ट चीन र लोकतान्त्रिक ताइवान र ताइवानको सार्वभौमिकताको प्रश्नमा केन्द्रित रहेको देखिन्छ ।

चीनको दृष्टिमा ताइवान आफ्नो सामरिक सुरक्षा अपूर्ण रहेको दाबी केवल आन्तरिक राजनीति होइन, यो विश्व शक्ति सन्तुलनसँग जोडिएको प्रश्न हो । चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मानेको छ र आवश्यक परे शक्ति प्रयोग गर्ने संकेत पनि बारम्बार दिँदै आइरहेको छ । यदि ताइवानमाथि बल प्रयोग गरिन्छ भने त्यसले केवल पूर्वी एसियालाई होइन, सम्पूर्ण विश्व व्यापार, प्रविधि आपूर्ति शृंखला र अन्तर्राष्ट्रिय सम्बन्धलाई अस्थिर बनाउने छ । तर अझ खतरनाक पक्ष के हो भने, यस्तो कदम सफल भयो भने ‘शक्ति नै न्याय हो’ भन्ने सिद्धान्तले विश्वराजनीतिमा स्थायी ठाउँ बनाउने छ ।

मध्यपूर्व र साना राष्ट्रमाथिको खुला दबाब
अरब तथा मध्यपूर्वी राष्ट्रहरूमा पनि सामरिक सुरक्षाको नाममा छिमेकी साना वा कमजोर मुलुकमाथि प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेपका उदाहरणहरू देखिन्छन् । शक्ति, ऊर्जा स्रोत, धार्मिक प्रभाव र क्षेत्रीय प्रभुत्वका लागि गरिने यस्ता हस्तक्षेपले अन्तर्राष्ट्रिय नियमभन्दा शक्ति ठूलो भएको सन्देश प्रवाह गरिरहेको छ । इजरायल तथा प्यालेस्टाइनका मानिसहरूबीच चलेको लडाइँ विश्वकै सबभन्दा लामो र हिंस्रक संघर्षमध्येको एक बन्यो ।

यसको जरा एक शताब्दीभन्दा पुरानो छ । विभिन्न समयमा इजरायल तथा अरब देशहरूबीच शृंखलाबद्ध लडाइँ भएका छन् । इजरायली अतिक्रमणविरुद्ध इन्तिफादा भनिएको विद्रोह अनि त्यसका विरुद्ध इजरायलले गरेका कारबाही लगातार चलेका छन् । जमिन, सिमाना तथा अधिकारसँग जोडिएका ऐतिहासिक विवादका असर अहिले पनि अनुभव गरिँदै छ । जसमा हालैको इजरायल तथा गाजास्थित हमासको लडाइँ पनि पर्छ । यी सबको मुख्य कारण सामरिक सुरक्षा रणनीतिलाई नै देखाइएको छ ।

खतरनाक नजिर, साना राष्ट्रहरूको भविष्य र नेपाल
उदाहरणका रुपमा माथि उल्लेख गरिएका सबै घटनाहरूको साझा सूत्र एउटै हो, यदि ठूला र शक्तिशाली राष्ट्रले आफ्नो सुरक्षाको नाममा जे गरे पनि हुन्छ भने त्यो व्यवहार नजिर बन्छ । नजिर बनेपछि त्यो केवल अमेरिका, रुस वा चीनमामात्र सीमित रहने छैन । विश्वका हरेक क्षेत्रीय शक्ति राष्ट्रले त्यही तर्कलाई हतियार बनाएर प्रयोग गर्न थाल्छन् । यसको प्रभाव नेपाल र नेपालजस्ता साना राष्ट्रहरुमा प्रत्यक्षरुपमा देखिन सक्छ । नेपाल भौगोलिकरूपमा दुई ठूला शक्ति भारत र चीनको बीचमा अवस्थित रहेको छ । यही अवस्थिति नेपालका लागि अवसर र जोखिम दुवै हो । तर अहिलेको विश्व परिवेशमा यो जोखिम झनै गहिरिँदै गएको देखिन्छ । 

नेपाल आज केवल भारत र चीनको प्रभाव क्षेत्रबीच मात्र छैन, अमेरिकी प्रभाव भनिएको कूटनीतिक दबाब पनि थपिएको छ । विकास सहायता, रणनीतिक साझेदारी, सुरक्षा सहकार्य र वैचारिक प्रभावका माध्यमबाट नेपाललाई आफ्नो पक्षमा राख्ने उद्देश्यले भइरहेका प्रयासहरू स्पष्ट देखिन्छन् । नेपालको अर्को गम्भीर कमजोरी भनेको आन्तरिक राजनीतिक अस्थिरता हो । बारम्बार सरकार परिवर्तन, नीति निरन्तरताको अभाव, कमजोर कूटनीतिक क्षमता र राष्ट्रिय सहमतिका विषयहरूमा विभाजन- यी सबैले नेपाललाई बाह्य दबाबका लागि झनै संवेदनशील बनाएको छ । 

जब कुनै राष्ट्र आन्तरिकरूपमा कमजोर हुन्छ, बाह्य शक्तिका लागि त्यसमा प्रभाव जमाउनु सजिलो हुन्छ । नेपालमा यही खतरा बढ्दै गएको छ । नेपालमाथि भविष्यमा देखिन सक्ने कूटनीतिक दबाबहरू बहुआयामिक हुन सक्छन् । पूर्वाधार परियोजना, ऊर्जा सम्झौता, सीमा व्यवस्थापन, सुरक्षा सहकार्य, वैदेशिक सहायता र ऋण । यी सबै विषयहरूमा ‘सामरिक सुरक्षा’को तर्क प्रयोग गरेर दबाब सिर्जना हुन सक्छ । आजको विश्वशक्ति राजनीतिमा सबैभन्दा ठूलो जोखिम साना राष्ट्रहरूका लागि यही नै हो । यदि शक्तिशाली राष्ट्रहरूको सामरिक सुरक्षाको नाममा गरिएका कदमहरू वैध मानिँदै गए भने नेपालजस्ता मुलुकको सम्प्रभुता कूटनीतिक सौदाबाजीको विषय बन्न सक्छ । यसबाट बच्ने एकमात्र उपाय भनेको स्पष्ट, सन्तुलित र राष्ट्रिय सहमतिमा आधारित परराष्ट्र नीति नै हो ।

असंलग्नताको सिद्धान्तलाई आधुनिक सन्दर्भमा पुनः व्याख्या गर्दै, कुनै पनि शक्ति राष्ट्रको प्रभावमा नढल्ने तथा कुनै पनि किसिमको युद्धलाई समर्थन नगर्ने र युद्धमा सहभागी नहुने विवेकपूर्ण कूटनीति अपनाउनु नै नेपालको दीर्घकालीन सुरक्षा कवच बन्न सक्छ । आज विश्वले जुन बाटो समातिरहेको छ, त्यो बाटो अन्ततः साना राष्ट्रहरूको अस्तित्वमाथि प्रश्नचिह्न खडा गर्ने दिशामा उन्मुख देखिन्छ । त्यसैले नेपालले समयमै सचेत भएर, भूराजनीतिक यथार्थलाई चिर्न सक्ने नीति र दृष्टिकोण विकास गर्नु अब विकल्प होइन, अनिवार्य देखिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP