Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ११, २०८२
  • विभागमा परेका उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५६८, प्रहरी शाखामा दुई हजार ६३७ र मुद्दा अनुसन्धान शाखामा दुई हजार ५६१ वटा 
  • उजुरीमध्ये ९०।१५ प्रतिशत व्यक्तिगत र ९।८५ प्रतिशत म्यानपावरका
  • म्यानपावरका ५६८ उजुरीमध्ये १४५ जनाको उद्धार, २०० जनालाई क्षतिपूर्ति

काठमाडौं- चालु आर्थिक वर्षको छ महिनामा वैदेशिक रोजगार विभागमा साढे पाँच हजारभन्दा बढी उजुरी दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणका अनुसार आव २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारसँग सम्बन्धित पाँच हजार ७६६ वटा उजुरी दर्ता भएका हुन् ।

विभागमा परेका उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५६८, प्रहरी शाखामा दुई हजार ६३७ र मुद्दा अनुसन्धान शाखामा दुई हजार ५६१ वटा रहेका छन् । राहत तथा उद्धार शाखामा म्यानपावर कम्पनीका उजुरी दर्ता हुन्छन् भने मुद्दा र प्रहरी शाखामा व्यक्तिगत ठगीका उजुरी दर्ता हुन्छन् । विभागमा यस अवधिमा परेका उजुरीमध्ये ९०।१५ प्रतिशत व्यक्तिगत र ९।८५ प्रतिशत म्यानपावरका उजुरी छन् ।

विभागको तथ्यांकअनुसार मुद्दा तथा अनुसन्धान शाखाका दुई हजार ५६१ वटा उजुरीमा २२५ वटा मिलापत्र भएको छ । ४७ वटा केस अदालतसम्म पुगेका छन् । सो शाखाबाट नौ करोड ४७ लाख २९ हजार ७०० रुपैयाँ क्षतिपूर्ति दिइएको छ । त्यस्तै प्रहरी शाखाका दुई हजार ६३७ उजुरीमध्ये दुई हजार एक वटा फस्र्योट भएको उल्लेख गरिएको छ । सो शाखाबाट एक करोड ७२ लाख रुपैयाँभन्दा बढी रकम असुल भएको छ । यता म्यानपावरका ५६८ उजुरीमध्ये १४५ जनाको उद्धार भएको छ भने २०० जनाले क्षतिपूर्ति पाएका छन् । त्यस्तै ३१२ वटा उजुरी आपसी सहमतिमा टुंगिएको जनाइएको छ । इजाजतप्राप्त संस्थाबाट यस अवधिमा तीन करोड ४२ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति असुल गरिएको विभागले जनाएको छ ।

Nada Auto Show 2026
Hardik health

विभागमा परेका उजुरीको संख्या हेर्दा यस क्षेत्रका समस्या दोब्बरले बढेको देखिन्छ । गत आर्थिक वर्ष २०८१/८२ को १२ महिनामा करिब पाँच हजार उजुरी परेका थिए । जसमा करिब ९० प्रतिशत व्यक्तिगत ठगीका उजुरी थिए । अघिल्लो आवमा परेकाभन्दा बढी उजुरी यस वर्षको छ महिनामै परेका छन् । रोजगारीमा जानेहरुको संख्या बढ्नु, युवाहरु युरोप रोजगारी प्रलोभनमा पर्नु, सामाजिक सञ्जालमा आउने अनधिकृत विज्ञापनमा विश्वास गर्नेलगायतका कारणले उनीहरु समस्यामा पर्दा उजुरी बढेको विभागले जनाएको छ ।

के गर्दै छ ‘स्पेसल टास्क फोर्स’ ?
वैदेशिक रोजगार क्षेत्रमा ठगीका घटना निरन्तर बढ्न थालेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘स्पेसल टास्क फोर्स’ बनाएर यसमा संलग्नलाई नियन्त्रण गर्ने बताएको थियो । रोजगारीमा जाने युवाहरु थप समस्यामा नपरुन् भन्ने उद्देश्यले श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले उक्त टास्क फोर्स गठन गरेका हुन् । यसका लागि विभागमा रहने १३ जना प्रहरीको टोलीले वैदेशिक रोजगारीका उजुरीमाथि अनुसन्धान गर्ने, ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउने भनिएको छ ।

मन्त्रालयका अनुसार उक्त काम सुरु गर्न विभागलाई पत्राचार गरेको १० दिनभन्दा बढी भइसकेको छ । यसको सम्पूर्ण जिम्मा विभागलाई दिइएकाले महानिर्देशकले तोक लगाउनेबित्तिकै काम सुरु हुने भनिएको छ । विभागले प्रहरीको टोलीसँग छलफल थालिसकेको स्रोतको भनाइ छ । यद्यपि, यस विषयमा के काम हुँदै छ भनेर विभागले जानकारी दिएको छैन ।

विभागका उपमहानिर्देशक र सूचना अधिकारीसँग बुझ्दा आफूलाई टास्क फोर्सको विषयमा कुनै जानकारी नभएको बताए । अनुसन्धानको काम गोप्य हुने भएकाले आफूहरुलाई जानकारी नभएको हुनसक्ने सूचना अधिकारी बिन्दा आचार्यले बताइन् ।

‘त्यो जुन हिसाबले गरेको छ, बाहिर सार्वजनिक नगरी गर्ने काम भएकोले बाहिर नआएको पनि हुनसक्छ,’ आचार्यले भनिन्, ‘हामीले पनि मन्त्रालयबाट टोली आउँछ भन्ने सुनेको हो तर त्यो मेरो तहभित्र परेन । विभागको पूरै युनिटलाई नै हेर्ने भएकाले हाम्रो जानकारीमा नभएको होला ।’
 


प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP