Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • फाटेको टपरीमा न्यायको भोज
फाटेको टपरीमा न्यायको भोज
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, माघ १३, २०८२

ठूलो घरे काकाको लामपाटोमे ठूलो भोज चलिरहेको छ । पूर्वतर्फको कागतीको बोटमुनि भान्सा लगाइएको छ । माघे संक्रान्तिपछि भोजका लागि काकाको लामपाटो खाली नै छैन । कान्छा हजुरबाउको ठूलो पाटोको सिमाना त्यही कागती र कोइरालोको बोटले छुट्याएको छ । डिलमा ठूलाघरेहरुले पूजा गर्ने सानो मन्दिर छ । कुलदेवता राख्ने गरेको पाटी थियो रे अलि पहिले । मन्दिरसँगै कान्छा हजुरबाले वरपिपलको बोट रोपेका हुन् रे ।

कान्छा हजुरबाले सन्तान नभएपछि वरपिपल रोपेर ठूलो भएपछि विहे पनि गरिदिए । तर पनि कान्छा हजुरबाको सन्तान भएनन् । कान्छाबा बितेपछि कुलदेवताको मन्दिर संरक्षणसमेत हुन सकेन । विस्तारै मन्दिर भत्कियो । कुलदेवतालाई वल्लो टोलबाट पल्लो टोल सारियो ।  कुलदेवतालाई सारिएन मात्रै, सँगैको वरपिपलको रुख पनि ढालियो । कान्छा हजुरबाले जाने बेलामा मन्दिर भएको जग्गा नै बेचे रे ! राताघरे माइला भन्दै थिए- बूढाले निकै जोगाएर राखेको मन्दिर पनि भत्कियो, वरपिपलको रुप पनि ढल्यो । 

‘वरपिपलको रुखमात्र ढलेन, त्यहाँको इतिहास नै खरानी भयो’ चिरञ्जीवी काका कागतीको बोटमुनिको भान्सामा रायोको साग भुट्दै अनन्तलाई सुनाउँदै थिए । ‘कहाँ त्यत्तिमात्र हो र, त्यो मन्दिरसँग हाम्रो कुलको वासस्थान नै स¥यो नि । यतिका वर्ष यही मन्दिरलाई दायाँ घुमेर विद्यालय जाने मै हुँ ।’ चिरञ्जीवी काकाको कुरालाई थप्दै अस्ति भर्खरै शिक्षकबाट अवकाश भएका भवनान काकाले आफ्नो मुख खोले ।

अगेनामा रहेको कालो फलामे कराईमा मस्यौरालाई ‘झ्वाइँय’ पारेर तार्दै केशव बोले, ‘यस्तै हो, जसको जति समय भोग हुन्छ त्यत्ति नै अड्ने हो । हामीले कुरा गरेर के गर्नु, यति नगरिदिएको भए यो लामपाटोमा मन्दिर छेउ यसरी भोज गर्न कहाँ पाइन्थ्यो र ?’ चिरञ्जीवी खित्का छाडेर हाँसे । ‘हो हो केशवले भनेको कुरा एक दिन ठीक ।’ ऊ बेला बूढाले सभ्यता र संस्कृति जोगाउनुपर्दछ भन्दै भोजभत्तेर गर्न खोला किनाराँ पठाउँथे ।’

Hardik health

भान्सामा चारवटा अगेनो बनाइएको थियो । सबै आफूले जानेको पकवान्न पकाउन व्यस्त थिए । डाँडा खेतमुनिको खोलामा स्वस्थानीको व्रतकथा वाचन भइरहेको थियो । कोही घण्टी बजाउँदै थिए, कोही कोही स्वामीको रुपमा पानी चढाउँदै थिए, कोही नदीको किनारामा बसेर सुर्जेलाई अर्घ दिँदै थिए । कोही सालीनदीजस्तै गरी वारिपारि डोरी जोड्ने प्रयास पनि गर्दै थिए । खोला सानै भएकाले होला बाटेको डोरी वल्लोतिर र पल्लोतिरको डिलमा रहेको नासपतीको बोटमा बाँधिरहँदा चुँडिने गर्दथ्यो । चुँडिएको डोरीलाई फेरि बटार्ने कोसिस गर्नेहरु पनि उस्तै थिए । बाबियाको डोरी बलियो हुनुपर्ने किन चुँडियो भाष्कर मामा खोलाको डिलमा रहेको ढुंगामा बसेर कराउँदै थिए ।

तार चुँडिएको चुँडियै भएर दिक्दार भएर बसेका मुरारी भन्दै थिए, ‘बाबियोमा क्यात्तुके पनि मिसाएको रैछ, त्यही भएर चुँडिएको हो । झन् नमिसाइकन बाट्नु भनेर भनेको कसले टेर्ने हो र ?’भास्करले अलि ठूलै स्वरमा भने, ‘हुन्देऊ हुन्देऊ अब, छाडिदेऊ नमिसिएको कहाँ छ र जहाँ पनि घुसपैठ भनेजस्तै हो, व्यापारीले बेच्ने सामान यस्तै हो ।’ उता भान्सामा बसेकाहरु पकाइतुल्याइ गरी भक्तजनहरुलाई ‘प्रसाद’ ग्रहण गर्न आउनु है भन्दै कराउँदै थिए । प्रविधिको जवाना छ । हेडमास्टरबाट जागिर छाडेका भवनाथले मुहार पुस्तिकामा पोस्ट गर्दिए । ‘आउने आउनुहोला नआउनेलाई रेल गाडी छुटेपछि छुट्यो छुट्यो’ । 

पहेँलो धोतीमा अर्जुन काका आइपुगे । ‘ल प्रसाद तयार भइहाले छ, अब तिमीहरु उता गएर टपरी मिलाउँदै गर, यहाँ बस्ने हो भने अब धोती फेरेर आऊ,’ भान्सामा बसेका केशव, चिरञ्जीवी भवनाथ लगायतलाई भने । भान्सामा बसेकाहरुले के-के चाखे कुन्नि ? अर्जुन काकाले भनेको मान्दै मानेनन्, भान्सा छाड्नै गाह्रो गरे । ‘ठीकै छ त यही फेरेकै छ त ? किन चाहियो धोती नै ?,’ केशवले अर्जुन काकालाई भने ।

‘होइन, अब भान्सामा बस्ने हो भने धोती नै फेरेर आउनुपर्दछ । भक्तजनहरुको अगाडि त्यसै बस्न र प्रसाद वितरण गर्न कहाँ पाइन्छ र ?।’ अर्जुन काकाले सम्झाए ।  ‘अब पर्दैन !’ कुरो बुझ्दै नबुझी अड्डा अदालत गरिरहने मुुकुन्दले थपे । ‘अब गुगोलबाटै हेडमास्टरले हाल्दिसके । गुगलमा टन्नै भेटिएका छन् । अब भूगोलमा के हुन्छ हेर्र्दै गरौंला !’ लाइक र कमेण्ट यति भएपछि प्रसाद टन्नैले पाए भन्ने भइहाल्छ । कथा समाप्त कहाँ भाको छ र ! 

‘लौ लौ कुरो ठिकै हो । अब मन्दिर भत्किसकेकै हो । चरु होमेरै भए पनि खरानी बनाएकै हो । नन्दी, भृंगीलाई पनि हटाएकै हो । अब पूर्व-पश्चिम दक्षिण-उत्तर चारै दिशाका देवताहरुलाई खुसी बनाएकै छौं । यति भएपछि सिंहासनमा बस्ने राजा त कसो नपाइला ?,’ अर्जुन काकाले भने । ‘पाउन त पाइएला तर कस्तो पाइएला भन्ने पो चिन्ता छ ?,’ आफ्नै राज्य अरूलाई सुम्पिएर दास बन्ने लेण्डुपजस्तो भेटिने हुन् कि ? अपहरण भएर जाँदा पनि स्वाभिमान नछाड्ने मादुरोजस्तो भेटिने हुन् । भगवान्ले पक्कै न्याय त देलान्,’ केशवले थपे ।

कथा मण्डपबाट प्रसाद ग्रहणका लागि भन्दै मुरारीले टपरी टन्नै बोकेर ल्याए । भान्सामा भएकाहरुले धमाधम टपरीमा प्रसाद हाल्दै थिए । टपरीमा हालेको प्रसाद चुहिन थाल्यो । केशवले यसो टपरी हेरे । पूरै प्वालै प्वाल । पालैपालो टपरी हेर्न थाले । न्यायको भोज दिन तयार गरिएको टपरी एउटा पनि सद्दे भेटिएन । कतै के कट्कटिएका । कतै प्वाल । कतै हेर्न नहुने टाटा । खै के, खै के ! फाटेको टपरी । केशव एक्लै भतभताउन थाले, ‘यस्तो फाटेको टपरीमा कसरी दिने होला न्यायको भोज ?’

न्याय भोज दिन भन्दै दौडिएका छन् । टर फाटेको टपरी बोकेर कसरी भोज देलान् र ? गुगलमा भेटिएजस्तै गरी भूगोलमा नभेटिन पनि सक्छन् नि भक्तजनहरु ! गुगलमा त फाटेकै टपरीमा न्यायको भोज खान सकिएला ? तर भूगोलमा फाटेको टपरीमा कसरी न्यायको भोज खान सकिएला र ?  सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, फाटेको टपरीमा भक्तजनले न्यायको भोज खाला कि नखाला ?
 


प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP