देशमा व्याप्त राजनीतिक असक्षमता, भ्रष्टाचार, अवसरको असमानता र युवाको निराशाबाट गम्भीररूपमा सचेत हुँदै, नेपालको भविष्यलाई अँध्यारोबाट उज्यालोतर्फ लैजान राष्ट्रप्रतिको साझा जिम्मेवारीबोधका साथ विश्लेषण गर्नुपर्ने अवस्था छ । नेपालमा अहिले व्यक्तिको अभाव होइन, सही व्यक्ति सही स्थानमा नहुनु, सही समयमा सही निर्णय नहुनु र प्रणालीको असफलताबाट संकटग्रस्त छ । यस सन्दर्भमा, व्यक्तिकेन्द्रित राजनीतिबाट प्रणालीकेन्द्रित शासन स्थापना गर्ने साझा संकल्पसहित अघि बढ्नु आजको आवश्यकता हो ।
नेपालको राजनीति अहिले युवा (जेन–जी) आन्दोलनको प्रभावमा छ, जसले भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरताविरुद्ध सडक तताएको थियो । यस सन्दर्भमा ‘सुशासन, समृद्धि र राष्ट्र निर्माण’ मूल एजेण्डा हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र अन्य सुधारवादी शक्तिहरूबीचको एकीकरण तथा सहकार्यको आधारले ‘मेरिटोक्रेसी’, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा आर्थिक र सामाजिक सुधारलाई जोड दिएको छ ।
देशमा व्याप्त राजनीतिक असक्षमता, भ्रष्टाचार, अवसरको असमानता र युवाको निराशाबाट गम्भीररूपमा सचेत हुँदै, नेपालको भविष्यलाई अँध्यारोबाट उज्यालोतर्फ लैजान राष्ट्रप्रतिको साझा जिम्मेवारीबोधका साथ विश्लेषण गर्नुपर्ने अवस्था छ । नेपालमा अहिले व्यक्तिको अभाव होइन, सही व्यक्ति सही स्थानमा नहुनु, सही समयमा सही निर्णय नहुनु र प्रणालीको असफलताबाट संकटग्रस्त छ । यस सन्दर्भमा, व्यक्तिकेन्द्रित राजनीतिबाट प्रणालीकेन्द्रित शासन स्थापना गर्ने साझा संकल्पसहित अघि बढ्नु आजको आवश्यकता हो ।
यतिबेला नेपाल इतिहासकै महŒवपूर्ण मोडमा उभिएको छ । पुराना राजनीतिक दलहरूको अयोग्य नेतृत्व, भ्रष्ट प्रणाली, सुशासनको अभाव र अवसरको असमान वितरणले देशलाई पछि पार्दै आएको छ । राजनीतिकरूपमा, सत्ता स्वार्थ र गुटबन्दीले राष्ट्रिय एकतालाई कमजोर बनाएको छ । सामाजिकरूपमा, जाति, लिंग, क्षेत्र र वर्गका आधारमा विभेद कायम छ, जसले लाखौंलाई बहिस्कृत गरेको छ । आर्थिकरूपमा युवाहरूको श्रम र सीप परदेशमा खेर गइरहेको छ । किसानहरू उपेक्षित छन्, उद्योगहरू लडखडाइरहेका छन् र आत्मनिर्भरताको सपना अधुरो छ ।
गुणस्तरीय शिक्षा पहुँचबाहिर छ, जसले भावी पुस्तालाई अन्धकारमा धकेल्दै छ । यी समस्याहरूको समाधान पुराना संरचनामा होइन, नयाँ सोच र सामूहिक प्रयासमा छ । अब फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ । कुनै व्यक्ति वा समूहको स्वार्थभन्दा माथि उठेर, साझा जिम्मेवारी र भविष्यप्रतिको प्रतिबद्धताका साथ हामीले नेपाललाई रूपान्तरित गर्नुपर्छ । उज्यालो नेपाल अभियानलाई हामीले एक नयाँ राजनीतिक दलको रूपमा स्थापित गरेका छौं । यो विभाजनको होइन, एकता, निराशा होइन, आशा, आलोचना होइन, समाधानको बाटो देखाउने दल हो । यस दलको मूल दर्शन हरेक क्षेत्रमा ‘उज्यालो’ स्थापित गर्नु हो, हरेक नेपालीको मुहारमा उज्यालो ल्याउनु हो, जसले नेपाललाई राजनीतिक रूपान्तरणबाट सामाजिक, आर्थिक र शैक्षिक विकासतर्फ डोर्याउँछ । पारदर्शी, जवाफदेही र जनकेन्द्रित शासन प्रणाली स्थापना गर्दै, भ्रष्टाचारमुक्त राजनीति निर्माण गर्नु हो ।
सबै नागरिकका लागि समान अवसर सुनिश्चित गर्दै, विभेद र बहिस्करण अन्त्य गर्नु । महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति र अल्पसंख्यक समुदायलाई मुख्यधारामा समाहित गर्दै सामाजिक न्यायको जग बसाल्नु हो । श्रम, सीप र उद्यमको सम्मान गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु । कृषि, पर्यटन, ऊर्जा र उद्योगमा लगानी बढाएर रोजगारी सिर्जना गर्नु; परनिर्भरतालाई तोड्दै निर्यातमुखी अर्थव्यवस्था विकास गर्नु हो । गुणस्तरीय, पहुँचयोग्य र प्राविधिक शिक्षालाई प्राथमिकता दिई, युवाहरूलाई सक्षम बनाउनु । स्वास्थ्य, कृषि र पर्यावरणजस्ता क्षेत्रमा पनि संरचनात्मक सुधार ल्याएर जनजीवन उकास्नु हो ।
यो दल कुनै व्यक्तिको महŒवाकांक्षा होइन, यो नेपाली जनताको सामूहिक चेतना र भविष्यप्रतिको प्रतिबद्धताको अभिव्यक्ति हो । यसले इमानदार व्यक्तिको सम्मान गर्छ, योग्यलाई प्रोत्साहन दिन्छ, श्रम र सीपलाई मूल्य दिन्छ र गलत काम गर्नेहरूलाई कडा जवाफदेही बनाउँछ । तसर्थ, आजको प्रश्न स्पष्ट छ, हामी अँध्यारो स्वीकार्ने कि उज्यालो निर्माण गर्ने ? यदि हामी इमानदार, सक्षम र एकजुट भएर अघि बढ्यौं भने, नेपाललाई विकसित, समृद्ध र न्यायपूर्ण राष्ट्र बनाउन कुनै शक्तिले रोक्न सक्दैन ।
परिर्वतन चाहने सचेत नेपालीको साझा दृष्टि र लक्ष्य सुशासित, समृद्ध, आत्मनिर्भर र न्यायपूर्ण नेपाल निर्माण गर्नु हो । यसका लागि सत्ताभन्दा माथि सेवाको भावना अपनाउँदै, पदभन्दा परिणाम र नाराभन्दा कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ । ‘सही मान्छे, सही ठाउँ, सही समय’ यो शासनको मूल सिद्धान्त हो । तसर्थ, आगामी निर्वाचनमा उम्मेदवार छनोट तथामा योग्यता, क्षमता, इमानदारी र कार्यसम्पादनलाई आधार बनाउनुपर्छ ।
राजनीतिक पहुँच, नातावाद, भागबण्डा र कोटाप्रथाको अन्त्य गर्दै, राज्यका सबै तहमा कार्यसम्पादनमा आधारित जिम्मेवारी प्रणाली लागू गर्नुपर्छ । यो सिद्धान्तलाई नारामामात्र सीमित नराखी, कानुनी, संस्थागत र व्यावहारिकरूपमा कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि परिवर्तनका पक्षधरले देशको हितलाई प्राथमिकतामा राख्दै, एउटै निर्वाचन क्षेत्रमा एकभन्दा बढी सुधारवादी उम्मेदवार नउठाउने, मत विभाजन रोक्न रणनीतिक सहकार्य गर्ने तथा योग्य, जनविश्वास प्राप्त र कार्यक्षमतायुक्त उम्मेदवारलाई साझा समर्थन गर्ने नीति अवलम्बन गर्नुपर्छ । यो सहकार्य कुर्सी बाँडफाँटका लागि नभई देशको सुधारका लागि हुने छ ।
सरकार गठनपछिको साझा कार्यसूची (पहिलो दुई वर्षमा गर्नुपर्ने) :
(क) सुशासनः भ्रष्टाचारप्रति शून्य सहनशीलता, डिजिटल तथा पारदर्शी सेवा प्रवाह, समयबद्ध सेवा, स्वतन्त्र अनुगमन र सार्वजनिक कार्यसम्पादन मूल्यांकन ।
(ख) अर्थतन्त्र र रोजगारीः ऊर्जा, पूर्वाधार र उत्पादन क्षेत्रमा तीव्र लगानी, युवा स्टार्टअप, निजी क्षेत्र तथा डायस्पोराको सक्रिय सहभागिता । रोजगारीका लागि विदेसिनु बाध्यता होइन, विकल्प बन्ने वातावरण निर्माण गर्ने ।
(ग) राज्य संरचना सुधारः मन्त्रालय तथा निकायहरूको पुनर्संरचना, अनावश्यक कानुनी झण्झट र ढिलासुस्तीको अन्त्य, संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँडफाँड गर्ने ।
(घ) नियुक्ति र निर्णयमा राजनीतिक हस्तक्षेपको अन्त्यः मन्त्रीका सल्लाहकार, नियामक निकाय, सार्वजनिक संस्थान र उच्च पदहरूमा खुला प्रतिस्पर्धा तथा योग्यताका आधारमा नियुक्ति गर्ने । यसका लागि स्वतन्त्र राष्ट्रिय नियुक्ति संयन्त्र स्थापना गरी प्रत्येक पदाधिकारीसँग वार्षिक कार्यसम्पादन सम्झौता गर्नुपर्छ ।
(ङ) असहमति व्यवस्थापन र विश्वासको आधारः सम्भावित मतभेदहरूलाई संवाद, पारदर्शिता र संस्थागत संयन्त्रमार्फत समाधान गर्ने । व्यक्तिगत आरोप–प्रत्यारोप र सार्वजनिक अविश्वास सिर्जना नगरी राष्ट्रिय हितविपरीत कुनै निर्णय नगर्ने ।
(च) जनताप्रति साझा प्रतिबद्धताः कुनै दल वा व्यक्तिका लाभका लागि नभई समग्र नेपाली जनताको भविष्यका लागि हुनुपर्छ । राजनीति आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हुने छ । जनताको मत सत्ता परिवर्तनका लागिमात्र होइन, राज्य प्रणाली परिवर्तनका लागि प्रयोग हुने छ भनी विश्वास दिलाउन जरुरी छ ।
‘नेतामुखी राजनीति होइन, प्रणालीमुखी शासनका लागि एकपटक फेरि साहस गर्नु’ पार्टी नेतृत्वको क्षमता जाँच गर्ने आधार हुने छ । तथापि, चुनौतीहरू पनि छन् । नेपालको राजनीतिमा दलहरूबीचको विश्वासको कमी र व्यक्तिगत महŒवाकांक्षाले सहकार्यलाई असफल बनाउन सक्ने खतरा छ । सत्ताकेन्द्रित गठबन्धनहरू प्रायः अस्थिर हुन्छन् । यसबाहेक, जेन–जी आन्दोलनसँगै हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको माग पनि उठेको छ, जसलाई केहीले बाह्य प्रभावको रूपमा हेरेका छन् ।
यस्ता मागलाई सम्बोधन नगर्दा यसले राजनीतिक विभाजन निम्त्याउन सक्छ । सम्भावित प्रभावको रूपमा, यदि यो घोषणा कार्यान्वयन भयो भने, नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने मार्गप्रशस्त हुन सक्छ । तर, जनताको विश्वास जित्नु मुख्य चुनौती हो, किनकि विगतका प्रतिबद्धताहरू प्रायः कागजमामात्र सीमित छन् । ‘उज्यालो नेपाल, समृद्ध नेपाल’ को सपना साकार पार्न साहस र इमानदारी आवश्यक छ । यो नेपालको राजनीतिमा परिवर्तनको आशा हो, तर यसको सफलता कार्यान्वयनमा निर्भर छ ।