Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
विचार
  • Home
  • विचार
  • आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २१, २०८२
गुणराज ढकाल

 

देशमा व्याप्त राजनीतिक असक्षमता, भ्रष्टाचार, अवसरको असमानता र युवाको निराशाबाट गम्भीररूपमा सचेत हुँदै, नेपालको भविष्यलाई अँध्यारोबाट उज्यालोतर्फ लैजान राष्ट्रप्रतिको साझा जिम्मेवारीबोधका साथ विश्लेषण गर्नुपर्ने अवस्था छ । नेपालमा अहिले व्यक्तिको अभाव होइन, सही व्यक्ति सही स्थानमा नहुनु, सही समयमा सही निर्णय नहुनु र प्रणालीको असफलताबाट संकटग्रस्त छ । यस सन्दर्भमा, व्यक्तिकेन्द्रित राजनीतिबाट प्रणालीकेन्द्रित शासन स्थापना गर्ने साझा संकल्पसहित अघि बढ्नु आजको आवश्यकता हो ।

नेपालको राजनीति अहिले युवा (जेन–जी) आन्दोलनको प्रभावमा छ, जसले भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरताविरुद्ध सडक तताएको थियो । यस सन्दर्भमा ‘सुशासन, समृद्धि र राष्ट्र निर्माण’ मूल एजेण्डा हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र अन्य सुधारवादी शक्तिहरूबीचको एकीकरण तथा सहकार्यको आधारले ‘मेरिटोक्रेसी’, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा आर्थिक र सामाजिक सुधारलाई जोड दिएको छ ।

देशमा व्याप्त राजनीतिक असक्षमता, भ्रष्टाचार, अवसरको असमानता र युवाको निराशाबाट गम्भीररूपमा सचेत हुँदै, नेपालको भविष्यलाई अँध्यारोबाट उज्यालोतर्फ लैजान राष्ट्रप्रतिको साझा जिम्मेवारीबोधका साथ विश्लेषण गर्नुपर्ने अवस्था छ । नेपालमा अहिले व्यक्तिको अभाव होइन, सही व्यक्ति सही स्थानमा नहुनु, सही समयमा सही निर्णय नहुनु र प्रणालीको असफलताबाट संकटग्रस्त छ । यस सन्दर्भमा, व्यक्तिकेन्द्रित राजनीतिबाट प्रणालीकेन्द्रित शासन स्थापना गर्ने साझा संकल्पसहित अघि बढ्नु आजको आवश्यकता हो ।

Hardik health

यतिबेला नेपाल इतिहासकै महŒवपूर्ण मोडमा उभिएको छ । पुराना राजनीतिक दलहरूको अयोग्य नेतृत्व, भ्रष्ट प्रणाली, सुशासनको अभाव र अवसरको असमान वितरणले देशलाई पछि पार्दै आएको छ । राजनीतिकरूपमा, सत्ता स्वार्थ र गुटबन्दीले राष्ट्रिय एकतालाई कमजोर बनाएको छ । सामाजिकरूपमा, जाति, लिंग, क्षेत्र र वर्गका आधारमा विभेद कायम छ, जसले लाखौंलाई बहिस्कृत गरेको छ । आर्थिकरूपमा युवाहरूको श्रम र सीप परदेशमा खेर गइरहेको छ । किसानहरू उपेक्षित छन्, उद्योगहरू लडखडाइरहेका छन् र आत्मनिर्भरताको सपना अधुरो छ ।

गुणस्तरीय शिक्षा पहुँचबाहिर छ, जसले भावी पुस्तालाई अन्धकारमा धकेल्दै छ । यी समस्याहरूको समाधान पुराना संरचनामा होइन, नयाँ सोच र सामूहिक प्रयासमा छ । अब फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ । कुनै व्यक्ति वा समूहको स्वार्थभन्दा माथि उठेर, साझा जिम्मेवारी र भविष्यप्रतिको प्रतिबद्धताका साथ हामीले नेपाललाई रूपान्तरित गर्नुपर्छ । उज्यालो नेपाल अभियानलाई हामीले एक नयाँ राजनीतिक दलको रूपमा स्थापित गरेका छौं । यो विभाजनको होइन, एकता, निराशा होइन, आशा, आलोचना होइन, समाधानको बाटो देखाउने दल हो । यस दलको मूल दर्शन हरेक क्षेत्रमा ‘उज्यालो’ स्थापित गर्नु हो, हरेक नेपालीको मुहारमा उज्यालो ल्याउनु हो, जसले नेपाललाई राजनीतिक रूपान्तरणबाट सामाजिक, आर्थिक र शैक्षिक विकासतर्फ डोर्‍याउँछ । पारदर्शी, जवाफदेही र जनकेन्द्रित शासन प्रणाली स्थापना गर्दै, भ्रष्टाचारमुक्त राजनीति निर्माण गर्नु हो ।

सबै नागरिकका लागि समान अवसर सुनिश्चित गर्दै, विभेद र बहिस्करण अन्त्य गर्नु । महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति र अल्पसंख्यक समुदायलाई मुख्यधारामा समाहित गर्दै सामाजिक न्यायको जग बसाल्नु हो । श्रम, सीप र उद्यमको सम्मान गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु । कृषि, पर्यटन, ऊर्जा र उद्योगमा लगानी बढाएर रोजगारी सिर्जना गर्नु; परनिर्भरतालाई तोड्दै निर्यातमुखी अर्थव्यवस्था विकास गर्नु हो । गुणस्तरीय, पहुँचयोग्य र प्राविधिक शिक्षालाई प्राथमिकता दिई, युवाहरूलाई सक्षम बनाउनु । स्वास्थ्य, कृषि र पर्यावरणजस्ता क्षेत्रमा पनि संरचनात्मक सुधार ल्याएर जनजीवन उकास्नु हो ।

यो दल कुनै व्यक्तिको महŒवाकांक्षा होइन, यो नेपाली जनताको सामूहिक चेतना र भविष्यप्रतिको प्रतिबद्धताको अभिव्यक्ति हो । यसले इमानदार व्यक्तिको सम्मान गर्छ, योग्यलाई प्रोत्साहन दिन्छ, श्रम र सीपलाई मूल्य दिन्छ र गलत काम गर्नेहरूलाई कडा जवाफदेही बनाउँछ । तसर्थ, आजको प्रश्न स्पष्ट छ, हामी अँध्यारो स्वीकार्ने कि उज्यालो निर्माण गर्ने ? यदि हामी इमानदार, सक्षम र एकजुट भएर अघि बढ्यौं भने, नेपाललाई विकसित, समृद्ध र न्यायपूर्ण राष्ट्र बनाउन कुनै शक्तिले रोक्न सक्दैन ।

परिर्वतन चाहने सचेत नेपालीको साझा दृष्टि र लक्ष्य सुशासित, समृद्ध, आत्मनिर्भर र न्यायपूर्ण नेपाल निर्माण गर्नु हो । यसका लागि सत्ताभन्दा माथि सेवाको भावना अपनाउँदै, पदभन्दा परिणाम र नाराभन्दा कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ । ‘सही मान्छे, सही ठाउँ, सही समय’ यो शासनको मूल सिद्धान्त हो । तसर्थ, आगामी निर्वाचनमा उम्मेदवार छनोट तथामा योग्यता, क्षमता, इमानदारी र कार्यसम्पादनलाई आधार बनाउनुपर्छ । 

राजनीतिक पहुँच, नातावाद, भागबण्डा र कोटाप्रथाको अन्त्य गर्दै, राज्यका सबै तहमा कार्यसम्पादनमा आधारित जिम्मेवारी प्रणाली लागू गर्नुपर्छ । यो सिद्धान्तलाई नारामामात्र सीमित नराखी, कानुनी, संस्थागत र व्यावहारिकरूपमा कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि परिवर्तनका पक्षधरले देशको हितलाई प्राथमिकतामा राख्दै, एउटै निर्वाचन क्षेत्रमा एकभन्दा बढी सुधारवादी उम्मेदवार नउठाउने, मत विभाजन रोक्न रणनीतिक सहकार्य गर्ने तथा योग्य, जनविश्वास प्राप्त र कार्यक्षमतायुक्त उम्मेदवारलाई साझा समर्थन गर्ने नीति अवलम्बन गर्नुपर्छ । यो सहकार्य कुर्सी बाँडफाँटका लागि नभई देशको सुधारका लागि हुने छ ।

सरकार गठनपछिको साझा कार्यसूची (पहिलो दुई वर्षमा गर्नुपर्ने) :
(क) सुशासनः भ्रष्टाचारप्रति शून्य सहनशीलता, डिजिटल तथा पारदर्शी सेवा प्रवाह, समयबद्ध सेवा, स्वतन्त्र अनुगमन र सार्वजनिक कार्यसम्पादन मूल्यांकन ।

(ख) अर्थतन्त्र र रोजगारीः ऊर्जा, पूर्वाधार र उत्पादन क्षेत्रमा तीव्र लगानी, युवा स्टार्टअप, निजी क्षेत्र तथा डायस्पोराको सक्रिय सहभागिता । रोजगारीका लागि विदेसिनु बाध्यता होइन, विकल्प बन्ने वातावरण निर्माण गर्ने ।
(ग) राज्य संरचना सुधारः मन्त्रालय तथा निकायहरूको पुनर्संरचना, अनावश्यक कानुनी झण्झट र ढिलासुस्तीको अन्त्य, संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँडफाँड गर्ने ।

(घ) नियुक्ति र निर्णयमा राजनीतिक हस्तक्षेपको अन्त्यः मन्त्रीका सल्लाहकार, नियामक निकाय, सार्वजनिक संस्थान र उच्च पदहरूमा खुला प्रतिस्पर्धा तथा योग्यताका आधारमा नियुक्ति गर्ने । यसका लागि स्वतन्त्र राष्ट्रिय नियुक्ति संयन्त्र स्थापना गरी प्रत्येक पदाधिकारीसँग वार्षिक कार्यसम्पादन सम्झौता गर्नुपर्छ ।

(ङ) असहमति व्यवस्थापन र विश्वासको आधारः सम्भावित मतभेदहरूलाई संवाद, पारदर्शिता र संस्थागत संयन्त्रमार्फत समाधान गर्ने । व्यक्तिगत आरोप–प्रत्यारोप र सार्वजनिक अविश्वास सिर्जना नगरी राष्ट्रिय हितविपरीत कुनै निर्णय नगर्ने ।

(च) जनताप्रति साझा प्रतिबद्धताः कुनै दल वा व्यक्तिका लाभका लागि नभई समग्र नेपाली जनताको भविष्यका लागि हुनुपर्छ । राजनीति आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हुने छ । जनताको मत सत्ता परिवर्तनका लागिमात्र होइन, राज्य प्रणाली परिवर्तनका लागि प्रयोग हुने छ भनी विश्वास दिलाउन जरुरी छ ।

‘नेतामुखी राजनीति होइन, प्रणालीमुखी शासनका लागि एकपटक फेरि साहस गर्नु’ पार्टी नेतृत्वको क्षमता जाँच गर्ने आधार हुने छ । तथापि, चुनौतीहरू पनि छन् । नेपालको राजनीतिमा दलहरूबीचको विश्वासको कमी र व्यक्तिगत महŒवाकांक्षाले सहकार्यलाई असफल बनाउन सक्ने खतरा छ । सत्ताकेन्द्रित गठबन्धनहरू प्रायः अस्थिर हुन्छन् । यसबाहेक, जेन–जी आन्दोलनसँगै हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको माग पनि उठेको छ, जसलाई केहीले बाह्य प्रभावको रूपमा हेरेका छन् ।

यस्ता मागलाई सम्बोधन नगर्दा यसले राजनीतिक विभाजन निम्त्याउन सक्छ । सम्भावित प्रभावको रूपमा, यदि यो घोषणा कार्यान्वयन भयो भने, नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने मार्गप्रशस्त हुन सक्छ । तर, जनताको विश्वास जित्नु मुख्य चुनौती हो, किनकि विगतका प्रतिबद्धताहरू प्रायः कागजमामात्र सीमित छन् । ‘उज्यालो नेपाल, समृद्ध नेपाल’ को सपना साकार पार्न साहस र इमानदारी आवश्यक छ । यो नेपालको राजनीतिमा परिवर्तनको आशा हो, तर यसको सफलता कार्यान्वयनमा निर्भर छ ।
 


प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप विचार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी सोमबार, माघ ५, २०८२
शिक्षामा स्वजागरणको अभ्यास
शिक्षामा स्वजागरणको अभ्यास आइतबार, माघ ४, २०८२
नव निर्वाचित सभापति गगन थापालाई बधाई : अब आरोप होइन, कामको प्रतिस्पर्धाको राजनीति
नव निर्वाचित सभापति गगन थापालाई बधाई : अब आरोप होइन, कामको प्रतिस्पर्धाको राजनीति शनिबार, माघ ३, २०८२
शिक्षामा स्वजागरणको अभ्यास
शिक्षामा स्वजागरणको अभ्यास शुक्रबार, माघ २, २०८२
सबै समुदायको साझा माघे संक्रान्ति
सबै समुदायको साझा माघे संक्रान्ति बिहीबार, माघ १, २०८२
अरनिको नेपालका गहना
अरनिको नेपालका गहना सोमबार, पुस २८, २०८२
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार बुधबार, पुस २३, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP