Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १६, २०८२

काठमाडौं- तामाङ समुदायमा अभिन्न अंग मानिने ताम्बाको विषयमा लेखिएको पुस्तक ‘ताम्बा ह्रिमठिम’ सार्वजनिक भएको छ । ताम्बा अध्येता पासाङ दोर्जे लामा मोक्तानले लेखेको पुस्तक मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा सार्वजनिक गरिएको हो ।

नेपाल तामाङ ताम्बा घेदुङका सङ्घीय अध्यक्ष, ताम्बा ज्ञान अध्ययन प्रतिष्ठान नेपालका अध्यक्ष तथा ताम्बा सङ्घ नेपालका संस्थापक उपाध्यक्ष मोक्तानले पुस्तकमा ताम्बाबारे एतिहासिक दृष्टिकोण, तीन दशकदेखि आफूले आँगलेको अनुभव पुस्तकमा उतारेका छन् । पुस्तकमा पेङदोर्जे, डम्फु र ताम्बा तहसम्बन्धी विविध विषयहरुको चर्चा गरिएको छ ।

पुस्तकमा मुख्यगरी तीन विषयमा जोड दिएको समीक्षक नवीन मोक्तानले बताए । 'विवाहमा गरिने चारतम, साङसेरगेम नगरी कुनै कर्मकाण्ड नगर्नु र ह्रुइको कुरालाई लिपिबद्ध तरिकाले लेख्नुभएको छ,' समीक्षक मोक्तानले भने । ह्रुईमा गरिने विवाहको बारेमा पुस्तकमा कडा रुपमा प्रस्तुत गरिएको उनले बताए । पुस्तकमा राखिएको ताम्बाको गीत भने धेरैले बुझ्न गाह्रो हुने मोक्तानको भनाई रह्यो ।

पुस्तकमा ताम्बा के हो, तामाङ समुदायमा यसको भूमिकाबारे गीतसहित प्रस्तुत गरिएको समीक्षक एवं लेखक रवीन्द्र तामाङले बताए । 'ताम्बा के हो ? यसको प्रक्रिया के हो र किन गर्ने भन्ने जस्टिफाइसहित पुस्तक प्रकाशन गर्नुभएको छ,' समीक्षक तामाङले भने । पुस्तकमा थर सृष्टिका विषयहरु पनि समेटिएको भए अझ राम्रो हुने उनको भनाई थियो । ताम्बाको कतिपय विषय तथ्यपुरक हुनुपर्ने उनको भनाई थियो ।

Hardik health

भाषाविद् अमृत योञ्जन १६ लाख तामाङहरुले वर्षमा २ वटा पनि पुस्तक निकाल्न धौधौ भइरहेको अवस्थामा यो पुस्तक प्रकाशनमा आउनु सुखद भएको बताए । 'तामाङहरु १६ लाख छन् भन्छन् । वर्षमा २ वटा आउन पनि मुश्किल छ । यो पुस्तकले शुन्यता चिरेको छ,' योञ्जनले भने । तामाङहरुले तामाङ पुस्तक किन्ने बानी गर्नसमेत योञ्जनले सुझाए । 

विश्लेषक बुद्धछिरिङ मोक्तानले सहज भाषामा तामाङहरुले बुझ्ने भाषामा अटुट रुपमा ताम्बाहरुको प्रस्तुति समाजमा रहने उल्लेख गर्दै ताम्बा एक प्रकारको एजेन्सी नै भएको बताए । 'ताम्बा तामाङ ह्रिमठिमलाई अटुट रुपमा निरन्तरता दिने काम गर्दै आएको एजेन्सी हो । पासाङ दोर्जे मोक्तानले पनि यो काम गर्दै आउनुभएको छ,' मोक्तानले भने ।  यो पुस्तक यही साधनाको प्रतिफल भएको उनको भनाई रह्यो । 

Tambarim-1767150012.jpg
तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले अहिले चारतममा खस भाषा प्रयोग हुन थालेकोले हाम्रो पूर्खाले नबुझ्न सक्ने बताए । ताम्बा परम्परालाई जोगाउन मोक्तानहरुले योगदान रहेकोसमेत गोलेको भनाई थियो । आगामी दिनमा अझै परिस्कृत गरी पुस्तकलाई राम्रो बनाउन सकिने अध्यक्ष गोलेले बताए । 

मानवशास्त्री डा मुक्तसिंह थोकरले तामाङको शास्त्रीय भाषासमेत जोडेर पुस्तक प्रकाशित भएको आफूले पाएको बताए । 'पूर्खाले रचना गरेको रचना, दर्शन र विचार पुस्तकमा छ,' डा थोकरले भने । सन्तवीर पाख्रिन, धावावाङ्गेल मोक्तानले पनि ताम्बासम्बन्धी पुस्तक लेखिसकेको उल्लेख गर्दै थोकरले यसलाई सिलसिलेवार तरिकाले लेख्नुपर्ने बताए । यसमा बोम्बो र लामाको विषय पनि जोडिनुपर्नेमा उनको जोड रह्यो ।

यसैगरी तामाङ समुदायको विवाह संस्कारका विभिन्न अध्यायहरूमध्ये सबैभन्दा महत्वपूर्ण मानिने ‘चारतम’ संस्कार, विभिन्न संस्कारमा गाइने गीतबारे पनि पुस्तकमा चर्चा गरिएको छ ।

tambalekhak-1767150080.jpg
ताम्बाको तहको विषयमा धेरै विषय आउन नसकेको अवस्थामा आफूले पुस्तक ल्याएको लेखक मोक्तानले बताए । अहिले पनि तीन तत्वले अझै पनि ताम्बाको विषयमा अलमलमा रहेको बताए । 'चावाई बोन, चवाईसिङ्गे लामा र चवाईसिंहका कारण यो बचाइरहेको पनि छ । र अगाडि पनि बढ्न सकेको छैन,' लेखकका मोक्तानले भने । पुस्तक तामाङहरुको साझा सम्पत्ति भएकोले समीक्षकहरुको सुझावअनुसार आफूले पुस्तकलाई सक्दो परिस्कृत गर्नेसमेत बताए । उनले डम्फू संस्कृति रमाइलोको लागि मात्र प्रयोग भइरहेको उल्लेख सबै विषयमा हामीले बुझ्नुपर्ने बताए ।

पुस्तकलाई खोजराज गोलेले सम्पादन गरेका हुन् भने ताम्बा ज्ञान अध्ययन प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो । पुस्तक लोकार्पण कार्यक्रममा सम्पादक गोलेले पुस्तक सबै तामाङका लागि उपयोगी रहेको बताएका थिए । कमल योञ्जनको आवरण रहेको २२४ पृष्ठको पुस्तकको मुल्य ९५० रुपैयाँ तोकिएको छ ।

 


प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक आइतबार, साउन २४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP