Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • आठ वर्षपछि निर्देशनमा रेखा थापा
आठ वर्षपछि निर्देशनमा रेखा थापा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ३, २०८२

काठमाडौं -  नयाँ नेपाली कथानक चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ । आइतबार महाशिवरात्रीको शुभ अवसर पारेर राजधानीमा एक विशेष कार्यक्रमकाबीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।

यो चलचित्रमार्फत नेपाली सिनेमा क्षेत्रकी प्रभावशाली अभिनेत्री रेखा थापा लामो समयको अन्तरालपछि पुनः निर्देशनमा फर्किएकी छन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता चलचित्र निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय प्रयास हो । झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी रेखाले यसपटक आफ्नै 'रेखा फिल्मस्' भन्दा बाहिरको ब्यानरमा काम गर्न लागेकी हुन् ।

नेपाली चलचित्र इतिहासमा कुनै पनि स्थापित महिला निर्देशकले बाहिरी ब्यानरको चलचित्र निर्देशन गर्न लागेको यो सम्भवतः पहिलो पटक हो । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरूको जम्बो टोली रहनेछ ।

चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहनेछ । निर्माण पक्षले चलचित्रको घोषणसँगै दुईवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिएको पहिलो पोस्टरले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू वा सम्भावित 'प्रेम त्रिकोण' को कथा हुनसक्ने अनुमान गर्न सकिन्छ ।

Hardik health

पोस्टरमा तीनै अभिनेत्रीहरू रातो रङको भब्य पहिरन (लेहेंगा र सारी) मा सजिएका छन् । रातो रङले प्रेम, विवाह र सम्बन्धको गहिराइलाई संकेत गर्छ । जसमा दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन् । यसले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू, सम्बन्धमा आउने उतारचढाव वा सम्भावित 'लभ ट्रयाङ्गल' (प्रेम त्रिकोण) को कथा हुन सक्ने संकेत गर्छ।

दोस्रो पोस्टरमा अभिनेता दिल एक वृद्ध (वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ) को साथमा भावुक मुद्रामा देखिएका छन् । ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठको मुद्राले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरेको छ । चलचित्रको शीर्षक 'माया भनेकै यस्तै होला' ले नै प्रेमको परिभाषा खोज्ने प्रयास गरेको देखिन्छ । एकातिर बुढ्यौली अवस्थाको सेवा र अर्कोतिर युवापुस्ताको प्रेमलाई पोस्टरमा स्थान दिएर सबै वर्गका दर्शकलाई समेट्न खोजेको बुझिन्छ ।

यस्तै, चलचित्रमा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि अभिनय रहनेछ । हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्ने संकेत दिएको छ । चलचित्रको शीर्षकले नै यो एउटा सुमधुर प्रेमकथामा आधारित हुने प्रष्ट पार्छ । सुदीप बराल डिओपी रहने यस चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म कोअर्डिनेटर, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन सुमन तिवारी रहेका छन् ।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ । निर्माण टोलीले यस चलचित्रलाई आगामी वर्षको तीजको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखेको छ । पत्रकार सम्मेलनमा निर्देशक रेखा थापाले यो चलचित्र हाम्रो आफ्नै समाजमा घटेका घटनामा रहेको बताइन् । उनले भनिन्, “यो चलचित्रमा तपाईँको जीवनमा घटेका, मेरो जीवनमा घटेका र समाजले अनुभूति गरेका विषयहरूलाई उठाइएको छ। एउटा निर्देशकाको रूपमा मैले यसलाई मानिसहरूकै कथाको रूपमा प्रस्तुत गरेकी छु।”

निर्देशिका रेखा थापाले अभिनेता दिललाई निकै क्षमतावान् र राम्रो अभिनय गर्न सक्ने कलाकारको रूपमा चित्रण गरेकी छिन् । उनले दिलको अभिनय कौशलको प्रशंसा गर्दै भनिन्, “उहाँ निकै क्यापाबल र राम्रो पर्फर्मेन्स दिन सक्ने कलाकार हुनुहुन्छ । यदि उहाँले चलचित्रलाई नै निरन्तरता दिएको भए अहिलेसम्म उनी निकै राम्रोसँग स्थापित भइसक्नुहुने थियो ।”

यस्तै, चलचित्रमा तीन जना पूर्व मिस नेपालहरू श्रृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलाई एकैसाथ देख्न पाइने बारेमा स्पष्ट पार्दै रेखाले थपिन्, “मिस नेपालको ट्याग भएका कारणले मात्र उहाँहरूलाई लिएको होइन । मेरो चलचित्रको विषयवस्तु र कथाको माग अनुसार नै श्रृष्टि, नम्रता र नीति फिट हुनुभएकाले उहाँहरूलाई छनोट गरिएको हो ।”

चलचित्र घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रेखा थापाको निर्देशनमा काम गर्न पाउनु आफूलाई एउटा छुट्टै संसारमा प्रवेश गरे झैँ लागेको बताए । उनले भने, "म केबल हास्य कलाकार मात्र होइन, 'परान' जस्ता चलचित्रबाट मैले आफूलाई गम्भीर भूमिकामा पनि प्रमाणित गरिसकेको छु । यस चलचित्रमा पनि मेरो सशक्त भूमिका रहनेछ ।"

यस चलचित्रमा मुख्य अभिनेताको रूपमा देखिन लागेका श्रेष्ठले लामो समयको ग्यापपछि चलचित्रमा फर्किएका र आफ्ना सहकर्मी अभिनेत्रीहरू श्रृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठसँगको सहकार्यलाई रमाइलो मानेका छन् । अभिनेत्री सृष्टि श्रेष्ठले चलचित्रमा काम गर्न पाउनु र दिग्गज कलाकारहरुसँग स्क्रिन सेयर गर्न पाउनु नै आफुलाई मायाको अर्को रुप जस्तो लागेको बताइन् । उनले रेखा थापाले आफु माथि गरेको विश्वासलाई प्रेमको रुपमा लिएकी छिन् ।

त्यस्तै, अभिनेत्री नम्रता श्रेष्ठले रेखा थापालाई 'लिजेन्डरी' व्यक्तित्वको संज्ञा दिँदै उनको निर्देशनमा काम गर्न आफू निकै उत्साहित रहेको र वर्कसपको अनुभवले चलचित्र उत्कृष्ट बन्ने संकेत दिएको बताइन् । १० वर्षपछि लेखनमा फर्किएका लेखक ध्रुव लम्सालले स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताए । उनले रमाइलो शैलीमा भने, "यो चलचित्र हेरेपछि मेरा साथीहरूले मलाई गाली गर्ने छैनन्, बरु प्रशंसा गर्नेछन् भन्नेमा म ढुक्क छु ।"


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘एलिफेन्ट्स इन द फग’ का समूह नेपालमा
‘एलिफेन्ट्स इन द फग’ का समूह नेपालमा सोमबार, जेठ ११, २०८३
सविनको ‘कल्पना’मा प्रेम बिर्सन नसक्ने प्रेमीको कथा
सविनको ‘कल्पना’मा प्रेम बिर्सन नसक्ने प्रेमीको कथा सोमबार, जेठ ११, २०८३
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने आइतबार, जेठ १०, २०८३
फिल्म ‘मितज्यू’ दर्शकले रुचाए:अभिनेत्री टेरिया फौजा
फिल्म ‘मितज्यू’ दर्शकले रुचाए:अभिनेत्री टेरिया फौजा आइतबार, जेठ १०, २०८३
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण शनिबार, जेठ ९, २०८३
नयाँ सांगीतिक नेवारी गीत ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक
नयाँ सांगीतिक नेवारी गीत ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक शुक्रबार, जेठ ८, २०८३
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’ बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP