Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • कोडेभरमा एआई र रोबोटिक्समा विद्यार्थीको उत्कृष्ट प्रस्तुति
कोडेभरमा एआई र रोबोटिक्समा विद्यार्थीको उत्कृष्ट प्रस्तुति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २८, २०८२

काठमाडौं -  विद्यार्थीहरूमा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले स्किल्सअपले निमा एजुकेसन फाउन्डेसन र स्टिमपेडियासँगको सहकार्यमा ‘कोडेभर ७।०’ राष्ट्रिय प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता यही माघ २६ गते, सोमबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको हो।

देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट ३०० भन्दा बढी विद्यार्थी सहभागी प्रतियोगितामा ७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूले प्रविधि-आधारित नवीन समाधानहरू प्रस्तुत गरेका थिए। ‘स्वस्थ भविष्यका लागि प्रविधि’ भन्ने मूल थिममा आयोजित प्रतियोगितामा करिब १०० परियोजनाहरू प्रदर्शनीमा राखिएका थिए।

प्रतियोगिता तीन फरक-फरक ट्र्याकमा सञ्चालन गरिएको थियो। पहिलो ट्र्याक ‘इनोभेसन एन्ड आन्टरप्रेनरसीप’ अन्तर्गत विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य केन्द्रमा राखी एआई र कोडिङमार्फत वास्तविक समस्या समाधान गर्ने परियोजना प्रस्तुत गरेका थिए। दोस्रो ट्र्याक ‘वेलनेस वेभ एआई-रोबो च्यालेन्ज’ मा क्वार्की किट प्रयोग गरी निर्माण गरिएका रोबोटहरूले स्वास्थ्य संकटको परिदृश्यमा खोप वितरण तथा बिरामी उद्धारजस्ता कार्य सम्पन्न गरेका थिए।तेस्रो ट्र्याक ‘रोबो सकर लिग’ अन्तर्गत विद्यार्थीहरूले आफैं निर्माण गरेका म्यानुअल रोबोटबीच फुटबल प्रतिस्पर्धा गराइएको थियो, जसले मेकानिकल मजबुती र वायरलेस नियन्त्रण क्षमताको परीक्षण गरेको थियो।


स्वास्थ्य, वातावरण र सुरक्षामा केन्द्रित परियोजना
प्रदर्शनीमा स्मार्ट ह्वीलचेयर, एआईमा आधारित शहरी वर्षा पहिचान प्रणाली, आगलागी तथा ग्यास पहिचान र चेतावनी प्रणाली, बाढी पहिचान तथा चेतावनी प्रणाली, भूमिगत पानीको सतह अनुगमन प्रणाली, वायु गुणस्तर अनुगमन तथा फिल्ट्रेसन प्रणाली, ीयच्ब मा आधारित आपतकालीन प्रतिक्रिया प्रणाली, स्मार्ट ग्रीनहाउस, कार्बन ट्र्यापिङ, कार्बन क्यास्केड तथा सेनेटरी प्याड डिस्पेन्सरजस्ता परियोजनाहरू प्रस्तुत गरिएका थिए।

Hardik health

कार्यक्रममा स्किल्सअपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल प्रधानले विद्यालय तहदेखि नै बालबालिकालाई एआई र रोबोटिक्ससँग जोड्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘अबको युग प्रविधिको युग हो। एआई र रोबोटिक्सको ज्ञान विद्यालय तहदेखि नै आवश्यक भइसकेको छ। त्यसैले कोडेभर बालबालिकालाई प्रारम्भिक चरणदेखि नै प्रविधिसँग जोड्ने हाम्रो एउटा सानो प्रयास हो।’

कार्यक्रमका प्रमुख अतिथिको रूपमा काठमाडौँ विश्वविद्यालयका कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागका प्राध्यापक डा। सुदन झा थिए, जो सन् २०२५ का लागि स्ट्यानफोर्ड युनिभर्सिटी र एल्सेभियरद्वारा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा सूचीकृत छन्। विशेष अतिथिका रूपमा डा.समीर खरेल उपस्थित रहेको थियो।

प्रतियोगिताको मूल्यांकन डिजिटल एन्ड बियोन्डका सीईओ सगुन ढुंगाना, ध्भ्बच्भ् का कार्यक्रम निर्देशक ग्यारी डे ला पोमेराइ, निर्मल माध्यमिक विद्यालय दमौलीका कम्प्युटर विज्ञान विभाग प्रमुख दीपक पन्थ, नेशनल इनोभेसन सेन्टरका प्रविण बोहरा लगायतको निर्णायक मण्डलले गरेको थियो।


विभिन्न विधामा पुरस्कार

प्रतियोगितामा स्वास्थ्य, वातावरण, कृषि, सुरक्षा र सामाजिक प्रभावका क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई १२ विधामा राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। बालबाटिका स्कुलले इनोभेसन इन हेल्थ अवार्ड, ज्ञानोदय बालबाटिकाले रोबो केयर इनोभेसन अवार्ड, काठमाडौं न्यू क्यासल स्कुलले गर्ल्स इन टेक अवार्ड तथा राजाबास माध्यमिक विद्यालयले ग्रीन टेक अवार्ड प्राप्त गरेका छन्। प्रत्येक विधाका विजेताले ६ हजार रुपैयाँ नगद, मेडल र ट्रफी प्राप्त गरेका थिए।

वेलनेस वेभ एआई-रोबो च्यालेन्जमा पहिलो टीम अक्सिज, दोस्रो नवोदित स्कुल र तेस्रो टिम फ्लोरिन भएका छन्। विजेताहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ।ट्र्याक ३ अन्तर्गत रोबो सकर लिग ९सिनियर० मा पहिलो भीएसएन, दोस्रो बज्र स्कुल र तेस्रो एशिया प्याफिक स्कुल भएका छन्। विजेताहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ।

त्यसैगरी ट्र्याक ३ अन्तर्गत रोबो सकर लिग ९जुनियर० मा पहिलो लालिगुराँस स्कुल, दोस्रो बालबाटिका स्कुल र तेस्रो रिलायन्स पब्लिक स्कुल रहेका छन्। उनीहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ। विजेता टिमका प्रत्येक विद्यार्थीहरूलाई मेडल र ट्रफी प्रदान गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ३५ परियोजना आगामी मे १६-१७, २०२६ मा इन्डोनेसियाको जकार्तामा आयोजना हुने ‘कोडेभर ७.०’ अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्, जहाँ ५० भन्दा बढी देशका विद्यार्थी सहभागी हुनेछन्।प्रतियोगितामा एसिया प्यासिफिक स्कुल, रिलायन्स पब्लिक स्कुल, ललिगुराँस नेशनल एकेडेमी, काठमाडौं न्यू क्यासल स्कुल, बालबाटिका स्कुल, बुद्धनीलकण्ठ स्कुल, नवोदित कलेज, सेन्ट जोसेफ्स स्कुल विराटनगर, ज्ञानोदय बालबाटिका, पिक प्वाइन्ट एकेडेमी, काठमाडौं भ्याली स्कुल, पाथिभरा इङ्लिस स्कुल ९मोरङ०, नवा किरण इङ्लिस स्कुल (सुनसरी) आरम्भ विद्या मन्दिर, राजाबास माध्यमिक विद्यालय, वज्र एकेडेमी तथा भी।एस। निकेतन उच्च माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगिताका प्रायोजकहरूमा नेपाल क्यान मुभ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, बेन नेभिस, टिप टप, सनवे कलेज, बोन होलिडेज, सनवे कलेज, हिमालयन बैंक र एजुकेसन ट्री ग्लोबल, माइसेल, क्लासिक टेक, बियोन्ड टेक नेपाल रहेका थिए। यस्तै ब्रेनडिजिट, कोड क्लब, कन्टेन्टडर, चाइल्डसेफनेट, डिजिटल एन्ड बियोन्ड, आइसिटी फाउन्डेसन नेपाल, स्क्वाड अफ चेञ्जमेकर्स र ग्लोबल स्पार्कसँग सहकार्य गरिएको थियो।
 


प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी शुक्रबार, असार २६, २०८३
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण मंगलबार, असार २३, २०८३
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल शुक्रबार, असार १९, २०८३
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बिहीबार, असार १८, २०८३
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो बुधबार, असार १७, २०८३
फरेन्सिक साइन्सको  विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव
फरेन्सिक साइन्सको विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव बुधबार, असार १७, २०८३
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP