Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • सुगमको रोमान्टिक गीत ‘बेहाल’ सार्वजनिक  
सुगमको रोमान्टिक गीत ‘बेहाल’ सार्वजनिक  
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ४, २०८२

काठमाडाैं -  सुगम पोखरेल र रिता केसीको स्वरमा  रोमान्टिक भावको गीत ‘बेहाल’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ संगीतकर्मी फणिन्द्र राई, विशिष्ठ अतिथीहरु गीतकार अम्बिका गुरुङ, गीतकार तथा गजलकार भुपेन्द्र महत, चलचित्र सेन्सर बोर्डका सदस्य तथा चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरीलगायत श्रष्टा श्रर्जकहरुले गीतको अडियो तथा भिडियो सार्वजनिक गरेका हुन् ।

प्रेमभाव बोकेको गीतमा डा. देबेन्द्र प्रधानको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र सुगम पोखरेल र रिता केसीको स्वर रहेको छ । विषम आचार्यको एरेन्जमेण्ट रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा माष्टरिङ्ग रहेको छ । यस्तै गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् ।

अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय रहेको भिडियोमा दिनेश पराजुलीको छायाँकन र डिन्सन शाहको सम्पादन रहेको छ ।गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी संगीतकर्मी राईले हरेक दृष्टिबाट गीत उत्कृष्ट बनेको बताए । यस्तै गीतकार गुरुङले गीत सुन्दा सरल भएपनि शब्द, संगीत र स्वरको उत्कृष्ट संयोजन रहेको जनाइन् ।

Hardik health

यस्तै उनले गीतको भिडियो पनि आकर्षक बनेको बताइन । यता गजलकार महतले गीतको अडियो र भिडियो दुबै पक्ष शशक्त बनेको बताए । यस्तै सेन्सर बोर्ड सदस्य गिरीले पछिल्लो समय थुप्रै गीतहरु बजारमा आउने गरेको तर, केही मात्र उत्कृष्ट हुने गरेको बताए । तिनै उत्कृष्ट गीतहरुको सूचिमा यो गीतपनि अट्ने उनको भनाई छ । आफुले लामो समयदेखि संगीतकार थापाको कामलाई नजिकबाट नियाल्ने गरेको भन्दै उनको सृजनामा नविनता र मौलिकता दुबै भेटिने बताए ।

भारतको कालिङपोङ निवासी गीतकार डा. प्रधान यही गीत सार्वजनिक कार्यक्रमका लागि काठमाडौं आएका हुन् । नेपाली साहित्य र गीतसंगीतमा गहिरो रुचि राख्ने प्रधान सन् २०१९ देखि निरन्तर गीति लेखनमा सक्रिय छन् । झण्डै एक दर्जन गीतका श्रर्जक डा. प्रधानले भौगोलीक रुपमा जहाँ भएपनि मन भने नेपाली भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले फ्नो परिवेशले नै आफुलाई नेपाली साहित्य र संगीतमा लाग्न प्रेरित गरेको बताए । उनले आफु निरन्तर नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहने बताए । आफुले झण्डै आधा दर्जन संगीतकारलाई यो शब्द कम्पोज गर्न दिएको भन्दै गीतकार डा. प्रधानले संगीतकार थापाको सृजना उत्कृष्ट लागेकोले आफुले उनीसँग सहकार्य गरेको बताए ।

यस्तै संगीतकार थापाले शब्दको भाव अनुसार नै संगीत सृजना गर्ने आफ्नो कोसिस रहेको बताए । प्रेमको गहिराईमा पुगेर गीतकारले लेखेका सरल शब्दहरुलाई आफुले पनि सरल शैलीमा कम्पोज गरेको उनको भनाई छ । पन्ध्र सय भन्दा बढी गीतमा संगीत दिइसकेका संगीतकार थापाका २ दर्जन बढी गीतहरु करोड क्लवमा छन् । उनले आफ्ना अघिल्ला गीतहरु भन्दा अलिक भिन्न स्वाद यो गीतमा पस्किएको जनाए ।

यता गायिका रिता केसीले उत्कृष्ट शब्द संगीतमा आफुले स्वर दिएको पाएको बताइन् । उनले गीतकार डा. प्रधानका शब्दहरु सुन्ना साथ आफुलाई मन परेको बताइन । गीत राम्रो बनेको भन्दै उनले स्रोताको मन जित्ने विश्वास राखिन् ।यस्तै भिडियो निर्देशक केशव राज भट्टले आफुले गीतको भाव अनुसार नै भिडियो बनाउने कोसिस गरेको बताए । मुस्ताङ देखि पोखरा सम्म ४ दिन लगाएर गीतको छायाँकन गरिएको उनको भनाई छ । उनले प्रत्येक दृष्यलाई अर्थपूर्ण र सुन्दर बनाउन आफु र आफ्नो टिम लागिपरेको जनाए ।

यस्तै मोडल श्रीतिका श्रेष्ठले एउटा राम्रो सृजनाको हिस्सा हुन पाएकोमा खुशी ब्यक्त गरिन् । कार्यक्रममा गीतसंगीत क्षेत्रका ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नजिकबाट गीतकार डा.प्रधान
डा. देबेन्द्र प्रधानको जन्म भारतको डुवर्स स्थित सामासिङ चियाबारीमा भएको हो । डा. प्रधान हाल पश्चिम बंगाल सरकार अन्र्तगत कालेबुङ जिल्लामा प्राणी सम्पद विकाश बिभागमा उप–निर्देशकका रुपमा कार्यरत् छन् ।नेपाली साहित्य र संगीतमा गहिरो रुचि राख्ने डा. प्रधानले आफ्ना बिभिन्न श्रृजना मार्फत नेपाली साहित्य क्षेत्रलाई सिंचित गर्दै आएका छन् ।

कोभिड १९ अर्थात कोरोनाको चपेटामा परेर जीवन गुमाउनेहरु प्रति समर्पित गरि उनले पहिलो पटक ‘थाहै नपाई’ बोलको गीत रेकर्ड गरेका थिए । त्यसयता उनका झण्डै एकदर्जन गीत रेकर्ड भइसकेका छन् । थुप्देन भुटिया, उदय सोताङ, मनिला सोताङ, मिलन नेवार, आरिफ रवाफ, स्वरुप राज आचार्य, सुगम पोखरेल, रिता केसीलगायतका गायक गायिकाले उनका शब्दमा स्वर दिइसकेका छन् । यस्तै उहाँले संगीतकारहरु शंकर थापा ‘स्माइल’, योगेन्द्र घतानी, उदय सोताङ, सचिन सिंह, मधुसुदन लामासँग उनले सांगीतक सहकार्य गरेका छन् । उनका सृजनाहरुलाई ‘देव प्रोडक्सन’को युट्युव च्यानलमा हेर्न सकिनेछ ।

नजिकबाट संगीतकार शंकर थापा ‘स्माइल’
दुई दशक लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय नाम हो संगीतकार शंकर थापा ‘स्माइल’ । उनले आधुनिक, पप, लोकपप, भजन, फिल्मीलगायत बिभिन्न जनराका पन्ध्र सय भन्दा बढी गीतमा थापाले संगीत सृजना गरेका छन् । नेपाली, हिन्दी, नेपाल (नेवारी), गुरुङलगायतका बिभिन्न भाषाका गीतमा उनको संगीत सुन्न सकिन्छ ।

उनीद्वारा संगीतवद्ध धड्कन, असिम, नजर, सधै सधै, मनोकाक्षा, कादम्बरी कुञ्ज, भाव, अनुपम यात्रालगायत झण्डै एकदर्जन म्युजिक एल्वम समेत बजारमा आएका छन् । उनले फाटेको जुत्ता, सेन्टि भाइरस, के घर के डेरालगायतका आधा दर्जन चलचित्रका गीतमा समेत संगीत दिएका छन् ।राष्ट्रब्यापी खुल्ला संगीत प्रतियोगीता २०७७ मा उत्कृष्ट भएका उनले उत्कृष्ट संगीत सृजनाका लागि थुप्रै अवार्डहरु प्राप्त गरिसकेका छन् । संगीतकार थापाले अमिन राष्ट्रिय म्युजिक अवार्ड, नेशनल राप्ती म्युजिक अवार्ड, ओएस म्युजिक अवार्ड, योङ्ग माइण्ड इन्टरटेनमेण्ट अवार्ड, कालिका म्युजिक अवार्ड, नेशनल पावर न्यूज म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, जिनियस म्युजिक अवार्ड, बक्स अफिस नेशनल म्युजिक अवार्ड, स्पर्श म्युजिक भिडियो अवार्डलगायत झण्डै दुई दर्जन अवार्ड प्राप्त गरिसकेका छन् ।

 


प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १२:२०
#बेहाल
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण शनिबार, जेठ ९, २०८३
नयाँ सांगीतिक नेवारी गीत ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक
नयाँ सांगीतिक नेवारी गीत ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक शुक्रबार, जेठ ८, २०८३
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’ बिहीबार, जेठ ७, २०८३
शुक्रबारदेखि फिल्म ‘काजी’ प्रदर्शन हुँदै
शुक्रबारदेखि फिल्म ‘काजी’ प्रदर्शन हुँदै बिहीबार, जेठ ७, २०८३
‘रोल नं १’का लागि भिडियो बनाउँदा ३० हजार पुरस्कार 
‘रोल नं १’का लागि भिडियो बनाउँदा ३० हजार पुरस्कार  बुधबार, जेठ ६, २०८३
"छल गर्यो मायाले" गीत सार्वजानिक
"छल गर्यो मायाले" गीत सार्वजानिक मंगलबार, जेठ ५, २०८३
‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह
‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP