Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • चलचित्र पर्यटन प्रवर्द्धनका लागि चार बुँदे समझदारी, कान्स २०२६ मा नेपालको सहभागिता सुनिश्चित
चलचित्र पर्यटन प्रवर्द्धनका लागि चार बुँदे समझदारी, कान्स २०२६ मा नेपालको सहभागिता सुनिश्चित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २८, २०८२
फोटो : सुवास थापा

काठमाडौं - चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीअनुसार नेपालले कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल आयोजना गर्ने, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धन सामग्री उत्पादन गर्ने सहमति भएको हाे  ।

नेपाल पर्यटन बोर्डको सभाहलमा बुधबार आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी र चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश राज दाहाल (दिनेश डिसी)ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यो समझदारी आर्थिक वर्ष २०८२/८३ का स्वीकृत कार्यक्रम तथा बजेटअन्तर्गत गरिएको बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले जानकारी दिएका छन् ।

समझदारीको मुख्य बुँदाअनुसार प्रत्येक वर्ष हुने प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपालको आधिकारिक पभेलियन स्थापना गरी नेपाली चलचित्र तथा नेपालका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरिनेछ । त्यस्तै, पोखरालाई चलचित्र र पर्यटनको संगमस्थलका रूपमा विकास गर्न फिल्म फेस्टिभल आयोजना गरिने सहमति भएको छ ।कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो सहकार्यलाई “लामो यात्राको सुरुवात” भएको बताएका छन् । उनले प्रत्येक वर्ष कान्स फिल्म फेस्टिभलमा नेपालको उपस्थिति सुनिश्चित गर्दै चलचित्र क्षेत्रलाई विश्वमाझ स्थापित गरिने जानकारी दिएका छन् ।

Ncell
Hardik health

“चलचित्र छायाङ्कन भइसकेपछि ती स्थानहरू स्वतः पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धित हुने गरेका छन्,” उनले भने, “नेपाललाई पर्यटनप्रधान देश बनाउन हामी हातेमालो गरेर अघि बढ्नेछौं ।” त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले नेपाललाई “ल्याण्ड अफ मेमोरेबल स्टोरिज्” का रूपमा स्थापित गर्ने लक्ष्यसहित चलचित्र पर्यटनलाई प्राथमिकतामा राखिएको बताए । उनले चलचित्र छायाङ्कनका लागि आवश्यक नीतिगत सुधार, अनुमति प्रक्रियाको सरलीकरण र सहजीकरण आवश्यक रहेको उल्लेख गर्दै चलचित्र बोर्डसँगको सहकार्यले उच्च सम्भावना बोकेका गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारमा अघि बढाउन मद्दत पुग्ने बताए ।

“पर्यटन बोर्डले वार्षिक रूपमा ५०–६० अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउँदै आएको छ, यस सम्झौतापछि बोर्डले सहभागिता जनाउने प्रमुख कार्यक्रमहरूमा चलचित्र क्षेत्रसँग सहकार्य गर्न सकिन्छ,” उनले भने ।  समझदारीपत्रमा चलचित्रमार्फत प्रेरित यात्रा (सेट–जेटिङ) लाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा बजारमा संयुक्त प्रवर्द्धन गर्ने, नेपाललाई अडियो–भिजुअल उत्पादनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने तथा पूर्वाधार विकास र प्रवर्द्धन अभियान सञ्चालन गर्ने विषय समेटिएका छन् ।

यस सहकार्यबाट कम चर्चित गन्तव्यहरूमा समेत पर्यटकको आकर्षण बढ्ने, स्थानीय अर्थतन्त्र चलायमान हुने, रोजगारी सिर्जना हुने र सांस्कृतिक आदान–प्रदान सुदृढ हुने बोर्डका वरिष्ठ प्रबन्धक थपिलयाले बताएका छन् । त्यसैगरी नेपाल पत्रकार महासंघका सचिव बैकुण्ठ राज पराजुलीले पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीचको यो समझदारीले नेपाललाई क्षेत्रीय तथा विश्व पर्यटन नक्सामा थप मजबुत रूपमा स्थापित गर्ने रणनीतिक कदम भएको बताएका छन् । विश्वव्यापी रूपमा चलचित्र पर्यटनले गति लिइरहेको सन्दर्भमा नेपालले आफ्ना प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सम्पदालाई पर्दामार्फत विश्वसामु प्रस्तुत गर्दै पर्यटन आगमन वृद्धि गर्ने लक्ष्य लिएको छ । 

 


प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? बुधबार, भदौ २४, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या मंगलबार, भदौ २३, २०८३
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा सोमबार, भदौ २२, २०८३
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म मंगलबार, भदौ ९, २०८३
आहा, यस्तो पो झरना !
आहा, यस्तो पो झरना ! मंगलबार, भदौ ९, २०८३
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव सोमबार, भदौ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP