Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • निर्वाचनलाई सेयरबजारको ‘ग्रिन सिग्नल’
निर्वाचनलाई सेयरबजारको ‘ग्रिन सिग्नल’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १२, २०८२
रिसव गौतम

 

यसपटक सुधारिएको नेपाली कांगे्रसले पनि युवा नेता सभापति थापालाई प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिएको छ । धेरैजसो बूढापाका र कतिपय भ्रष्टाचारमा मुछिएकाहरुले कांग्रेसमा टिकटै पाएका छैनन् । अरु दलहरुमा पनि युवाहरुको लहर बढी देखिन्छ । त्यसकारण देशले जेन-जी आन्दोलनको पृष्ठभूमिमा नयाँ र युवाहरु नै खोजेको परिप्रेक्षमा निर्वाचन हुँदै छ, माहोल नयाँ र युवाहरुकै आसपास आइरहँदा अबका दिनमा सेयरबजार बढ्दै जाने कुरामा दुईमत छैन ।

गत भदौ २३ र २४ को जेन-जी आन्दोलन र विद्रोहको पृष्ठभूमिमा आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएको छ । प्रतिनिधिसभा विघटन गरी राष्ट्रपतिबाट निर्वाचनको छ महिने कार्यादेश पाएको सरकारले चुनावको एकलब्बे तयारी गरिरहेको छ । चुनाव हुने ग्यारेण्टी भएपछि यसबीच अन्तरिम सरकारका चार भाइ मन्त्रीले राजीनामा दिएर चुनावमा भाग लिन उमेदवारी दर्ता गराएका छन् । 

निर्वाचन आयोगमा दल दर्ता, समानुपातिक सूची बुझाउने र प्रत्यक्षतर्फको उमेदवारीमा दलीय तथा स्वतन्त्रहरुको दर्तासमेत भइसकेको छ । दल र तिनका उमेदवारहरु भोट माग्न घरदैलो अभियानमा जुटिसकेका छन् । सभा, सम्मेलन र भाषणबाजी चर्किन थालेको छ । दलहरु घोषणापत्र लेखनमा व्यस्त हुँदै छन् । देश चुनावमय बनेको छ । चुनावले गर्माएपछि उपभोक्ता बजार चलायमान हुन थालेको छ । अदृश्य पैसाहरुसमेत बाहिर आएर करिब एक खर्ब रुपैयाँ हाराहारी चुनाव शीर्षकमा खर्च हुने अनुमान छ ।

Hardik health

उमेदवारहरु एकले अर्कालाई कसरी पछि पार्ने भन्ने जुक्ति निकालिरहेका छन् । निर्वाचन आयोगले मतपत्र छपाइको काम अन्तिम चरणमा पुर्‍याइसकेको छ । म्यादी प्रहरी भर्नाको काम भइसकेको छ । माघ दोस्रो साताबाटै चुनावी सुरक्षाको माहोल खडा गर्न नेपाली सेना तैनाथ हुँदै छ । यसरी सम्पूर्ण हिसावले सरकार शान्तिपूर्णरुपमा चुनाव गराउन लागिपरेको छ । चुनाव हुने सुनिश्चित भएको छ । दातृ निकायहरुले पनि चुनावी प्रयोजनका लागि आवश्यक सहयोग दिन थालिसकेका छन् । निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुगिसकेको बताउन थालेको छ । यस्तोमा अहिलेको चुनावी माहोल र आसन्न चुनावको नतिजाले सेयरबजारमा कस्तो प्रभाव पार्ला ? भन्ने आम चासो देखिन्छ ।

खासगरी फागुन २१ को चुनाव जेन-जी आन्दोलनको ‘म्याण्डेट’ले सिर्जना गरेको परिघटना हो । जेन-जीहरुले भदौ २३ को आन्दोलन कूशासन, भ्रष्ट्राचार र शासनसत्तामा एउटै पुरानो वर्गको रजगज भएको भन्दै आन्दोलन गरेका थिए । त्यसमाथि सामाजिक सञ्जाल बन्दको निर्णयले आक्रोश र आन्दोलनलाई बल प्रदान गरेको थियो । त्यसकारण पनि फागुन २१ को निर्वाचनमा पुराना दलहरु र नयाँहरुबीच प्रतिस्पर्धा हुने छ । निर्वाचन नजिकिँदै गर्दा नयाँ दलहरु खासगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह पदबाट राजीनामा दिएर मिसिएको रवि लामिछानेको रास्वपा, हर्क साम्पाङको श्रम संस्कृति पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र कतिपय अरु नयाँ दलहरुको अहिले प्रभाव बढेको देखिन्छ । यो पटकको जनताको ‘सेन्टिमेन्ट’ नयाँहरुप्रति नै बढेको जस्तो देखिन्छ । तर पुराना एवं सांगठनिकरुपमा जरा गाडेर बसेका दलहरु पनि कमजोरचाहिँ देखिँदैनन् । फेरि मिश्रित निर्वाचन प्रणालीले गर्दा पनि कुनै एक पार्टीको बहुमत आउने सम्भावना अहिले छैन ।

पुस महिनामा बालेन रास्वपामा प्रवेश गरेको भोलिपल्ट सेयरबजार ४७.५५ अंकले बढेको थियो । कुलमान रास्वपामा प्रवेश गर्दा पनि बजार बढेको हो । त्यस हिसाबले पनि सेयरबजारले यसपटक नयाँ राजनीतिक दल र शक्ति खोजिरहेको भान हुन्छ । फेरि राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी, सुधारिएको गगन थापा नेतृत्वको नेपाली कांग्रेस यी सबैको आर्थिक सिद्धान्त मूलत पँुजीवादी नै हो । अर्थात् उदारवादी एवं निजी क्षेत्रमैत्री आर्थिक प्रणाली नै उनीहरुको रोडम्याप हुन् । 

देशमा दुईतिहाइ जनमत कम्युनिस्टहरुकै भए पनि विभिन्न कारणले उनीहरु एकअर्कामै ज्यादा लडाइँ गर्दा यसपटक मतदाता विरक्तिएका देखिन्छन् । त्यसकारण पनि फागुन २१ को ‘ब्यालेट’ यसपटक कम्युनिस्टहरुको पोल्टामा पर्ने सम्भावना निकै कम छ । तसर्थ यो पटकको निर्वाचनले सेयरबजार अवश्य बढाउँदै लैजाने छ । किनकि, सेयरबजारले जहिले पनि निजी क्षेत्रमैत्री दल र उमेदवारहरुको खोजिरहेको हुन्छ । खुला एवं राज्यबाट नियन्त्रण नगरिएको स्वतन्त्र व्यावसायिक वातावरण खोजिरहेको हुन्छ । त्यस सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीसहितका पुँजीवादलाई पछ्याएका पार्टीहरुको माहोल बनिरहँदा सेयरबजारले ‘ग्रिन सिग्नल’ दिनु स्वाभाविक हो ।

दलहरुले माघ ६ गते प्रत्यक्षतर्फको उमेदवारी दिइसकेपछि सेयरबजारले ४२ अंकको छलाङ मारेर ‘ग्रिन सिग्नल’ दिएको थियो । यसलाई निरन्तरता दिँदै आइतबार ५७.५५ अंकले बढेको छ ।   जतिजति निर्वाचन नजिकिँदै जाने छ र माहोल पनि नयाँहरुको पक्षमा भएछ भने त्यति नै सेयरबजार बढ्न सक्ने देखिन्छ । जस्तो कि ०६४ सालको निर्वाचनमा नेकपा माओवादीको माहोल बढिरहँदा र उसैको पक्षमा निर्वाचनको नतिजा आउँदा सेयरबजार धेरै नै घटेको थियो । २०६४ मंसिरमा एक हजार २५ अंकमा रहेको सेयरबजार परिसूचक निर्वाचनको समय चैतमा आइपुग्दा ७४७ अंकमा झरेको थियो । त्यतिखेरका अर्थमन्त्री डा. बाबुराम भट्टराईले ०६५ साल भदौ २ गते सेयरबजार ‘जुवा घर’ हो भनेपछि त झन् बजारको मनोविज्ञान निकै खस्केको थियो । अर्थमन्त्रीको रुपमा भट्टराईको सो अभिव्यक्तिपछि बजार १०७५ अंकबाट क्रमशः २९२ अंकसम्म तल झर्‍यो ।

तर माओवादी क्रमशः सत्तामा अभ्यस्त भएपछि उसले आफ्ना घोषणापत्रमा उल्लिखित धेरै नीति-कार्यक्रम छोड्यो । पुराना दलहरुसँगको सहकार्य बढाउन थालेपछि बजार सम्हालिएर बढ्न थालेको हो । नेपालमा दृश्यमा देखिनेगरी अलिकति गरिब तथा उपेक्षित वर्गको मुद्दालाई बोकेको, समाजवादको यात्रा तय गर्छौं भन्ने पार्टी माओवादी नै थियो । तर अहिले माओवादी पार्टी मूलरुपमा विभिन्न कम्युनिस्ट भनिने सुधारवादी दलहरुसँग गठबन्धन गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । उसले जनयुद्ध सुरु गर्दा ताकाको माग र मुद्दा धेरैजसो छोडिसकेको छ । अहिले त कांगे्रस, एमाले र नेकपामा तात्‍विक फरक छैन । सैद्धान्तिक हिसाबले केही फरकपना त होला तर उनीहरुले दुई दशकबीच गरेका काम र परिपाटी कांगे्रस-एमालेकै जस्तो हो । अर्को, एमाले पार्टी नामले कम्युनिस्ट भए पनि कांग्रेसभन्दा पनि उदार र पुँजीवादी ढर्राको पार्टी हो । कांगे्रस त भन्नै परेन, ऊ घोषितरुपमै उपल्लो वर्गको, पुँजीवादको पक्षपोषक पार्टी हो । यसकारण सेयरबजारले अहिले दलीय सिद्धान्तका आधारमा डराएको छैन । बरु निर्वाचनबाट पुरानै भ्रष्ट नेताहरु पो दोहोरिने हुन् कि भन्ने संशयचाँहि छ । 

तर यसपटक सुधारिएको नेपाली कांगे्रसले पनि युवा नेता सभापति थापालाई प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिएको छ । धेरैजसो बूढापाका र कतिपय भ्रष्टाचारमा मुछिएकाहरुले कांग्रेसमा टिकटै पाएका छैनन् । अरु दलहरुमा पनि युवाहरुको लहर बढी देखिन्छ । त्यसकारण देशले जेन-जी आन्दोलनको पृष्ठभूमिमा नयाँ र युवाहरु नै खोजेको परिप्रेक्षमा निर्वाचन हुँदै छ, माहोल नयाँ र युवाहरुकै आसपास आइरहँदा अबका दिनमा सेयरबजार बढ्दै जाने कुरामा दुईमत छैन ।
 


प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP