Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
कृषि
  • Home
  • कृषि
  • हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ५, २०८२

मुस्ताङ- पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ र (मुस्ताङ-डोल्पा) सडकको साङ्ता गाउँ आसपासका क्षेत्रमा आशिंक मात्रै हिमपात भयो । तत्कालीन समयमा बेमौसममा परेको आशिंक हिमपातले त्यसक्षेत्रका किसानलाई योगदान दिन सकेन ।

हिउँदयामको मौसममा परेको हिउँ किसानका लागि बरदान सावित हुन्छ । अनुकूल समयमा हिउँ पर्‍याे भने अन्नबाली सप्रिने र उत्पादनसमेत वृद्धि हुने भए पनि यसवर्ष पनि पुस महिना कटिसक्दासमेत हिउँ पर्न सकेको छैन । अक्सर हिमाली क्षेत्रमा बर्सेनि पुस र माघ महिना हिउँ पर्छ भन्ने मान्यता रहेको छ । तर, पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण हिमाली क्षेत्रमा अनुकूल समयमा पनि हिउँ पर्न नसकेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकाली बताए ।

यहाँका अधिकांश खेतीयोग्य जमिन तथा स्याउ बगैँचामा सिँचाइको पहुँच स्थापित भए पनि कृषि उर्वराशक्ति वृद्धिका लागि हिउँदयाममा हिउँ पर्न आवश्यक रहेको कृषि शाखा प्रमुख थकालीको भनाइ छ । हिउँदयामको जाडो मौसमको अनुकूल समयामा हिउँ परेमा खेतीयोग्य जमिनको भित्रि तहसम्म चिस्यान भरिएर पूर्णरुपमा रिचार्ज हुने र यसले स्याउ ,उवा, फापर, जौ, मकै लगायतका अन्नबालीको गुणस्तर र उत्पादनमा सहयोग पुग्ने कृषि शाखा प्रमुख थकालीले उल्लेख गरे  । 

‘हिउँदयामको अनुुकूल महिनामा हिउँ परेन भने किसानले लगाएको स्याउ लगायतका अन्नबालीमा रोककीराको सङ्क्रमण बढ्ने, जमिनको तापमान वृद्धिले खेतीयोग्य जमिनलाई आवश्यक पर्ने तत्व प्राप्त नहुने हुन्छ, कृषि शाखा प्रमुख थकालीले भने, “हिउँदयामको हिउँ कृषि उत्पादनका लागि प्राकृतिक रोग प्रतिरोधात्मक अर्गानिक  विषादीको रुपमा काम गर्छ, यसले किसानका लागि मलको रुपमा कामसमेत काम गर्ने भएकाले स्याउ लगायतका अन्नबाली सप्रिन्छ ।”

Hardik health

हिमाली जिल्लामा बर्सेनि भर्दा र असोेज महिनामा स्याउ खेतीको ‘पोष्ट हार्भेस्ट’ गरिने र स्याउको पोस्ट हार्भेस्टसँगै यहाँका किसानले उवा, जौ र फापर लगायतका नयाँ बाली घरमा भित्र्याउँछन् । बगैँचामा स्याउ टिपेर बोटको पात झरेर उजाड बनेपछि र किसानले हिउँदेबाली लगाउने समय पुस र माघ महिनामा अनिवार्य हिउँ पर्नुपर्ने प्राकृतिक नियम भए पनि पछिल्लो तीन वर्ष मुस्ताङमा राम्ररी हिमपात हुन नसकेको घरपझोङका किसान अजित थकालीले बताए  । 

स्याउ बगैँचा व्यवस्थापन लगायतका कार्य चलिरहने समयमा परेको हिउँले किसानलाई फाइदा पुर्‍याउने भए पनि मुस्ताङमा हिउँ पर्न नसकेको किसान थकालीको भनाइ छ । पछिल्लो समय हिउँ नपरी नदी र खोलाको पानीबाट सिँचाइ गर्दा खेतीयोग्य जमिनमा लगाइएको अन्नबालीमा रोगकीराको प्रकोप देखिएको र यसले यहाँका किसानलाई निकै चिन्ता थपिएको किसान थकालीको भनाइ छ ।

केही वर्षअघि यहाँको तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म भारी हिमपात हुन्थ्यो । हिमपातले मुस्ताङका डाँडाकाँडा, खर्क,पाटन र उच्चलेँकसहित बस्तीसम्म दुई फिल बढी हिउँ पथ्र्यो । अनुकूल समयमा हिउँ परेपछि यहाँका किसानले लगाएको अन्नबाली राम्ररी सप्रिन्थ्यो । जसका कारण यहाँका किसानले स्याउ लगायतका अन्नबाली उत्पादनबाट राम्रो फाइदा लिने गथ्र्ये । तर, पछिल्लो समय हिउँ नपरी बेमौसमी  वर्षा हुन थालेको छ ।

यहाँको थासाङ गाउँपालिका-१ टुकुचेका स्थानीय ८४ वर्षीय ङाचा थकालीले केही वर्षयता पुस र माघमासमेत हिउँ पर्न छोडेको बताए ।‘जन्मिएर यतिका वर्ष भइयो, हिउँदमा सधैँ हिउँ पर्ने गथ्र्यो, थकालीले भन्नुभयो, “अचेल त के भयो कुन्नी २-३ वर्ष भइसक्यो हिउँ परेको अनुभवनै गर्न पाइएको छैन।” अनुकूल मौसममा हिउँ नपर्दा किसान मात्रै होइन यहाँ पर्यटन प्रवद्र्धनमासमेत असर पुर्‍याएको मुक्तिनाथस्थित होटल ग्राण्ड साम्वलाका प्रोपाइटर सुरज गुरुङले बताए  । 

केही वर्षअघि अनुकूल समयमा हिउँ पर्दा मुक्तिनाथमा राष्ट्रिय स्की प्रतियोगितासमेत आयोजना भएको स्मरण गर्दै प्रोपाइटर गुरुङले हिउँदको समयमा हिमपात भएमा हिउँ खेल्न र हेर्न जिल्ला बाहिरका उल्लेख पर्यटक मुस्ताङ आउने उल्लेख गरे ।पछिल्लो समय जलवायु परिवर्तका कारण हिमाली पर्यावरण फेरिन थालेको छ । हिउँदयामको मौसममा हिउँ नपर्ने र बाहिरी आवरणमा मात्रै चिसो हुने भएकाले खेतीयोग्य जमिनको तापक्रम वृद्धि भइरहेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए  । अक्सर चैत /वैशाखमा मात्रै पलाउने स्याउको पालुवा यहाँका केही स्याउ बगैँचाका बोटमा पुस महिनामै स्याउ बोटमा पालुवा पलाउन थालेको उनको भनाइ छ । हिउँदयाममा हिउँ नपर्ने र जमिनको तापमान वृद्धि हुँदै जाने अवस्थाले मुस्ताङको स्याउ खेतीले विस्तारै उकालो चढ्दै बसाइँ सार्न थालेको अध्यक्ष लालचनको भनाइ छ ।

जलवायु परिवर्तनकै प्रभावका कारण यहाँको परम्परागत संस्कृतिमासमेत असर पुग्न थालेको छ । सदियाैँ वर्षदेखि निर्माण भएका यहाँका परम्परागत ढुङ्गा र माटोले बनेका पुराना घरका संरचना हिउँ नपरी वर्षा हुन थालेपछि सङ्कटमा पर्न थालेका छन् । हिउँ परेमा घरको छतमा अडिएर थपक्क बस्ने भए पनि हिउँ पर्न छोडेर वर्षा हुन थालेपछि यहाँका परम्परागत घर भत्किने र चुहिने गरेकाले परम्परागत घर मासिँदै जान थालेको घरपझोङ-५ ठिनीका स्थानीय नीरज थकालीले जानकारी दिए ।

पछिल्लो समय बेमौसममा वर्षा हुन थालेको र सडक सहज भएकाले परम्परागत घर मासेर कङ्क्रिट घर निर्माण गर्ने होडबाजी चलेको थकालीले बताए । जलवायु प्रभावले हिमाली क्षेत्रको धर्मसंस्कृति, परम्परा र यहाँको जैविक विविधता, पर्यटन र कृषि क्षेत्रमा नकारात्मक प्रभाव परेको उनकाे भनाइ छ ।


प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि बुधबार, फागुन २०, २०८२
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती मंगलबार, फागुन १९, २०८२
किसानबाट ११ हजार क्वीन्टल धान खरिद
किसानबाट ११ हजार क्वीन्टल धान खरिद आइतबार, फागुन १७, २०८२
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाईभैँसीमा देखिए थुनेलो रोग
गाईभैँसीमा देखिए थुनेलो रोग शुक्रबार, फागुन १५, २०८२
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु बिहीबार, फागुन १४, २०८२
पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै
पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै बिहीबार, फागुन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP