Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
विचार
  • Home
  • विचार
  • रैथाने उत्पादन प्रवद्र्धन गर्ने अभियान
रैथाने उत्पादन प्रवद्र्धन गर्ने अभियान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २, २०८२
पदम श्रेष्ठ

 

तराई पहाडमा आदिकालदेखि प्रचलित साप्ताहिक हाटबजारलाई काठमाडौं उपत्यकामा कसरी प्रवर्द्धन गर्ने भनी रैथाने कृषि बजारका अध्यक्ष तिलक दाहालको अध्यक्षतामा गठित रैथाने हाटबजार थोरै समयमा नै धापासीबाट दरबारमार्ग, लाजिम्पाटहुँदै नागार्जुन नगरपालिकाको स्युचाटारमा पनि विस्तार हुन थालेको छ भने अर्गानिक रैथाने उत्पादक कृषकहरुको सहभागिता पनि बढ्दै जान थालेको स्थिति छ । कृषि बजारमा प्राचीन लोपोन्मुख कृषि सामग्रीदेखि ढिकी, जातो, ठेकी, राडीपाखीदेखि घामपानीमा ओड्ने घुमसम्म पनि बिक्री तथा प्रदर्शनमा राखिएका छन् ।

गाउँघरमा लाग्ने साप्ताहिक हाटबजार विस्तारै हराउँदै जान थालेका छन् । गाउँका कृषकले उत्पादन गरेका रैथाने उत्पादनहरु बिक्री गर्ने तथा हप्ताभरिका लागि सामान खरिद गर्ने मुख्य थलोको रुपमा परिचित थिए ती हाटबजार । पछिल्लो समय गाउँ-गाउँ, टोल-टोलसम्म सडक सञ्जाल विस्तार भएसँगै यस्ता हाटबजार हराउन थालेका हुन् । गाउँ-गाउँमा लाग्ने त्यही हाटबजारको झल्को दिनेगरी अहिले काठमाडौंमा साप्ताहिक हाटबजारको अभियान थालिएको छ । यसको मुख्य लक्ष्य रैथाने उत्पादनहरुको प्रवर्द्धन गर्नु रहेको छ ।    

रैथाने कृषि उत्पादनका क्याटलक, डकुमेन्ट्रीसमेतका माध्यमबाट अर्गानिक उत्पादनलाई बजारीकरण गर्दै जाने उद्देश्यका साथ प्रत्येक शुक्रबार टोखाको धापासी हाइटमा रैथाने कृषि हाटबजार विस्तार गरिने भएको छ । दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म लाग्ने रैथाने हाटबजारलाई देशव्यापीरुपमा विस्तार गर्ने अभियानले लक्ष्य बनाएको छ । साथै, हाटबजारमा टोखाको चाकु, फर्पिङको नास्पाती, खुर्पानी, लप्सी, सिन्धुलीको जुनार, जुम्ला र मुस्ताङको स्याउका परिकार पनि जोड्दै लैजाने बताएको छ ।

Hardik health

जैविक कृषि प्रणालीमा आधारित रैथाने कृषि उपजको संरक्षण र बजारीकरण गर्ने उद्देश्यबाट लाजिम्पाटस्थित बुकी होटल परिसरमा भने प्रत्येक शनिबार हाटबजार थालिएको चार महिना भइसकेको छ । ‘गाउँको उत्पादन सहरमा, रैथाने खाना घर घरमा’ मूल नाराका साथ आयोजित रैथाने कृषि बजार बुकी होटलमा साउन ३१ गतेदेखि सुरु भएको हो । सुरुमा स्थानीयलाई यो रैथाने बजार विदेशी पर्यटकका लागिमात्र भन्ने भ्रम रहेको थियो तर पछि सर्वसाधारण जो पनि प्रवेश गरी किनमेल गर्न सकिने रहेछ भन्ने थाहा पाएपछि हाल स्थानीय सर्वसाधारणले पनि सहभागिता बढाउन थालेको बताइन्छ । 

प्रत्येक शनिबार फलफूल तरकारी लिन आउन थालेका स्थानीय राजनीतिक सामाजिक अभियन्ता प्रवीण श्रेष्ठ भन्छन्- रासायनिक मल, बीउ र कीटनाशक औषधिले मानव स्वास्थ्यमा ठूलो असर गरिरहेकोले यस प्रकारको अर्गानिक कृषि बजारलाई सर्वसाधारणको पहुँचसम्म पु¥याउन वडाव्यापी विस्तार गर्दै लानुपर्दछ, यस अभियानमा हाम्रो पनि ऐक्यबद्धता रहने छ ।

रैथाने एग्री प्रडक्ट्स नेपाल प्रालिले सञ्चालन गरेको रैथाने कृषि बजार अर्गानिक, रैथाने उत्पादनलाई सुलभ मूल्यमा उपभोक्तासम्म पु¥याउन लक्षित रहेको छ । उक्त बजारमा तरकारी, फलफूलका साथै लोकल कुखुराको अण्डा, घिउ, भिर माहुरीको मह, अचार र डोल्पाका जडीबुटी पनि राखिएका छन् । कम्पनीका अभियन्ता तिलक ढकालका अनुसार अर्गानिक उत्पादन ठूलो होटल परिसरमा हाटबजार लागाएको हुँदा महँगो होला भन्ने पनि सोच्छन्, वास्तवमा त्यो होइन । कृषकको उत्पादनलाई सीधै उपभोक्तासँग जोडिदिने कार्य यो हाटबजार अभियानबाट भइरहेकोले बिचौलिया नहुने हुँदा बजार मूल्यभन्दा सस्तो नै हुन्छ । 

विशुद्ध अर्गानिक कृषि उत्पादन गर्ने गराउने, कृषि उत्पादनलाई बिचौलियामुक्त बनाई सीधा उपभोक्तासम्म पु¥याउन बजारको व्यवस्था गरिएको हो । रैथाने मल, बीउको संरक्षण र प्रवर्द्धन गर्दै लैजाने पनि यसको उद्देश्य रहेको छ । यी मूल उद्देश्यका साथ थालिएको रैथाने बजार तीन वर्ष अगाडि दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट सुरु भएको हो । प्रत्येक शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म लाग्ने हाटबजारबाट उपभोक्ताले हप्ताभरका लागि तरकारी, फलफूल र अर्गानिक अन्य सामग्री पनि लानसक्छन् । कृषक उद्यमीले पनि आफ्नो अर्गानिक उत्पादन हाटबजारमा राखी बिक्री वितरण गर्न चाहे दिनको २५० रुपैयाँ तिरेपछि स्टार होटलको प्रांगणमा स्टल राख्न सक्ने छ । कालिकादेवी नमूना फलफूल कृषक समूह थानकोट बाडभञ्ज्याङका व्यवस्थापक श्याम श्रेष्ठ रैथाने उत्पादनका लागि आफ्नो समूहले मल बीउ र कीटनाशक औषधि उत्पादन तथा बिक्री वितरण र तालिमसमेत दिँदै आइरहेको छ । यो अभियानलाई देशव्यापीरुपमा विस्तार गर्न चाहेको उनको भनाइ छ ।

तर स्थानीय सरकारबाट कृषिमा सहभागी कृषकलाई प्रत्यक्ष रुपमा साथ, सहयोग र भरोसा दिइयोस् भन्ने अभियानले लक्ष्य बनाएको छ । रैथाने बीउको संरक्षण र प्रवर्द्धन गर्दै लैजाने उद्देश्यअनुसार समूहले स्थानीयस्तरमा पाइने झारपात, गोबर आदि कुहाएर वा गड्यौला मल प्रयोग गरी उत्पादन थाल्दा स्वाद र स्वास्थ्यमा ठूलो प्रगति भएको छ भने गाईको गहुँत, निम, बकैना, आरुको पात मिलाएर बनाइने झोल कीटनाशक औषधिले आधाभन्दा बढी हानिकारक किरालाई नियन्त्रण गरिरहेको छ । बाँकी बालीमा लाग्ने हानिकारक किरालाई नियन्त्रण गर्न बालिका वरिपरि सयपत्रीका फूल, तितेपाती, निम र वकैनाका बोट बिरुवा लगाउनाले ठूलो राहत मिल्ने गरेको छ ।

तारकेश्वर नगरपालिका निवासी पेसाले शिक्षिका कल्पना शर्मा स्कुलका बालबालिकालाई खाजासमेत हुनेगरी सिरौंलाको खट्टे, लोकल कुखुराको अण्डा, मस्यौरा आदि उत्पादन गरी सो हाटबजारमा राख्ने गर्दा लोपोन्मुख खानेकुराको पुनर्उत्थानमा टेवा पुगेको छ भने स्थानीय खान्कीको प्रवर्द्धनले आफ्ना बालबालिकालाई बजारको ‘जंक फुड’को कुलतबाट बचाउन सकिन्छ ।

यो अभियान सानै भए पनि यसको सकारात्मक प्रभाव दीर्घकालीन रहने स्पष्ट पार्दै इ. रमेश ढकाल अभियानले हाटबजार लगाउने मात्र कार्य गरिहेको नभई कृषि मल, बीउ, कीटनाशक औषधिको उत्पादन, अनुसन्धानसमेतमा टेवा पु¥याइरहेको बताउँछन् । खेती किसानीका लागि थोपा सिँचाइ, आकाशेपानी पुनर्भरण, लोप हुँदै जान थालेको राजकुलो वा वैकल्पिक सिँचाइको व्यवस्थापनका लागि पनि पहल रैथाने कृषि अभियानले थालेको छ । फर्पिङमा आफ्नै खेतबारीमा अर्गानिक कृषि उत्पादन गर्दै आइरहेका टुर गाइड केशव अर्याल भन्छन्, नेपाल विविध हावापानी, धरातलीय परिवेश र कृषि उत्पादन हुने पवित्र भूमि हो । यहाँ विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथासहितको हिमालय भूमिले विश्वको सबैभन्दा जाडो चाइनाको बरखोयानष्ट मरुभूमिको अनुभूति दिलाउँछ भने नेपालको सबैभन्दा होचो भूभाग विराटनगरको केचनालाई विश्वको सबैभन्दा गर्मी भूमि थार र गोपी मरुभूमिको अनुभूति दिलाउँछ ।

त्यसैगरी हामीले देशको सबैभन्दा बढी पानी पर्ने पोखरालाई विश्वकै सबैभन्दा धेरै पानी पर्ने ठाउँ भारतको चेहरापुञ्जीसँगको अनुभूति दिलाउन सक्छौं । आफूले पर्यटकहरुलाई गाइड गर्दा नेपाललाई जमिनको हिसाबबाट सानो मुलुक भए पनि विविधताको हैसियतबाट विश्वको सबैभन्दा विशाल मुलुक हो भन्ने गर्दा उनीहरुले हर्षोल्लासपूर्वक स्वीकार्ने गरेका उनको अनुभव छ । यसको तथ्य कुरा के हो भने नेपालको विकास भनेको कृषि, जलस्रोत र धार्मिक पर्यटन नै हो । यसका लागि हामी जनशक्तिलाई ती काममा तलिम, सीप र शिक्षा दिएर सक्षम बनाउँदै लाने र विश्वको हावापानीमा उत्पादन हुने कृषिलाई जैविक उत्पादनसहित आन्तरिक र बाह्य बजारीकरण गर्दै अगाडि बढ्नु पर्दछ । 

रैथाने बजार प्रवर्द्धनको कुरा गर्दा फर्पिङ दक्षिणकाली निवासी कुमार बलामीले अर्गानिक नस्पाती, ऐसेलु, चुत्रोबाट लोकल ब्राण्डी, सुकुटी, जाम, अचार आदि स्थानीय लप्सीबाट ल्यासेपाउँ, क्याण्डी उत्पादन गरी बजारीकरण गरिरहेका छन् । फर्पिङको नस्पाती, भक्तपुरको जुजु धौ दही, टोखाको चाकु, गोरखाको सुन्तला, मुस्ताङ र जुम्लाको स्याउ, सिन्धुलीको जुनार, सर्लाही लालबन्दीको गोलभेडा, ककनीको माछा, रानीपौवाको मुला, न्युरोडको गुँदपाक, चितवनको धान र तोरी, स्वयम्भू हल्चोकको अम्बा, काठमाडौंको मौलिक उत्पादन बकुला, हलुवाबेद, मयल आदिको रैथाने उत्पादन, बीउ विजनको संरक्षण र बजारीकरण गर्दै अगाडि बढ्नु अभियानको मूल लक्ष्य हो । 

तराई पहाडमा आदिकालदेखि प्रचलित साप्ताहिक हाटबजारलाई काठमाडौं उपत्यकामा कसरी प्रवर्द्धन गर्ने भनी रैथाने कृषि बजारका अध्यक्ष तिलक दाहालको अध्यक्षतामा गठित रैथाने हाटबजार थोरै समयमा नै धापासीबाट दरबारमार्ग, लाजिम्पाटहुँदै नागार्जुन नगरपालिकाको स्युचाटारमा पनि विस्तार हुन थालेको छ भने अर्गानिक रैथाने उत्पादक कृषकहरुको सहभागिता पनि बढ्दै जान थालेको स्थिति छ । 

कृषि बजारमा प्राचीन लोपोन्मुख कृषि सामग्रीदेखि ढिकी, जातो, ठेकी, राडीपाखीदेखि घामपानीमा ओड्ने घुमसम्म पनि बिक्री तथा प्रदर्शनमा राखिएका छन् । रैथाने खाना तथा वस्तुहरुको प्रवर्द्धनमा यो अभियानले थालेको प्रयास प्रशंसानीय छ । यस्तो अभियानको प्रवर्द्धनमा सहयोग गर्ने र अभियन्ताहरुलाई हौसला प्रदान गर्ने काम सरकारबाट हुनुपर्छ । यो अभियानमा युवाहरुलाई जोड्दै जाने हो भने बढ्दो बेरोजगारी समस्या केही हदसम्म हट्दै जाने निश्चित छ । यसले देशको अर्थतन्त्रलाई पनि ठूलो टेवा पु¥याउने छ । देशलाई समृद्धिको यात्रामा अगाडि बढाउन यसले भूमिका खेल्ने छ । 
 


प्रकाशित मिति: बुधबार, पुस २, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप विचार
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल 
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल  बुधबार, चैत ११, २०८२
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ बुधबार, चैत ११, २०८२
आत्महत्या रोकथाम तथा न्यूनीकरण
आत्महत्या रोकथाम तथा न्यूनीकरण मंगलबार, चैत १०, २०८२
मुखमा राम राम, बगलीमा छुरा !
मुखमा राम राम, बगलीमा छुरा ! मंगलबार, चैत १०, २०८२
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था  मंगलबार, चैत १०, २०८२
‘स्वर्णिम’ अर्थमन्त्रीको प्रतीक्षा
‘स्वर्णिम’ अर्थमन्त्रीको प्रतीक्षा बिहीबार, चैत ५, २०८२
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग बुधबार, चैत ४, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP