Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १६, २०८२
  • एसएमइको अध्ययनका अनुसार ५१.३ प्रतिशत रोजगारदाताले ई-९ भिजामा आएका विदेशी कामदारले प्रारम्भिक प्रतिबन्ध अवधि एक वा दुई वर्ष पूरा भएपछि कार्यस्थल परिवर्तन गर्न पाउनु उचित हुने बताएका छन्
  • हालको नियमअनुसार ई-९ भिसामा कोरिया पुग्नेहरुले पहिलो तीन वर्ष काम गरिसकेपछि मात्र रोजगार परिवर्तन गर्न सक्छन् । यस्तो सुविधा अन्यायपूर्ण व्यवहार, सम्झौता समाप्ति, श्रम कानून उल्लंघन लगायतका विषयमा स्थानान्तरणको लागि बलियो आधार प्रस्तुत नगरेसम्म प्रयोग गर्न पाइँदैन

काठमाडाैं- दक्षिण कोरियाका विदेशी कामदार आपूर्ति गर्ने करिब आधा साना र मध्य स्तरका कम्पनीले रोजगारदाता परिवर्तन गर्ने नियमको समर्थन गरेका छन् । कोरिया एसएमइ संघले बुधबार प्रकाशित गरेको सर्वेक्षणमा रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत आएकाको काम परिवर्तन गर्ने नियमको पक्षमा आधाभन्दा बढी कम्पनी रहेको देखिएको छ । 

एसएमई, कोरियाका साना व्यवसायलाई समर्थन गर्ने संगठन हो । एसएमइको अध्ययनका अनुसार ५१.३ प्रतिशत रोजगारदाताले ई-९ भिजामा आएका विदेशी कामदारले प्रारम्भिक प्रतिबन्ध अवधि एक वा दुई वर्ष पूरा भएपछि कार्यस्थल परिवर्तन गर्न पाउनु उचित हुने बताएका छन् । ४८.७ प्रतिशत रोजगारदाताले भने वर्तमान नियम कायम राख्नुपर्ने कुरामा जोड दिएका छन् । धेरैजसो कम्पनीले यो नियमले पहिले नै कमजोर रहेको श्रम आपूर्तिमा पार्ने प्रभावबारे सतर्क हुनुपर्ने बताएको उल्लेख गरिएको छ ।

हालको नियमअनुसार ई-९ भिसामा कोरिया पुग्नेहरुले पहिलो तीन वर्ष काम गरिसकेपछि मात्र रोजगार परिवर्तन गर्न सक्छन् । यस्तो सुविधा अन्यायपूर्ण व्यवहार, सम्झौता समाप्ति, श्रम कानून उल्लंघन लगायतका विषयमा स्थानान्तरणको लागि बलियो आधार प्रस्तुत नगरेसम्म प्रयोग गर्न पाइँदैन ।

Nada Auto Show 2026
Hardik health

संघले विदेशी कामदार भित्र्याउने ३१० व्यवसायमा सर्वेक्षण गरेको जनाएको छ । यति बेला कोरियाको श्रम तथा रोजगार मन्त्रालयले प्रणालीको परिमार्जनबारे समीक्षा गरिरहेको छ । श्रम अधिकारकर्मीले विद्यमान नियमले आप्रवासी कामदारको गतिशीलता धेरै सीमित गर्ने भन्दै जुनसुकै हालतमा परिमार्जन हुनुपर्नेमा अडानमा छन् । नियमले कामदारलाई एउटै रोजगारदातामा अत्यधिक निर्भर बनाउने दाबी गर्दै आएका छन् । 

उक्त सर्वेक्षणमा रोजगारदातामाझ कामदारको स्थानान्तरण आवश्यक रहेछ भन्ने बुझाइको विकसित हुन थालेको पाइएको उल्लेख गरिएको छ । यसप्रति उनीहरुको चासो पनि बढेको बताएको छ । सर्वेक्षण गरिएका कम्पनीमध्ये करिब तीन-चौथाईले कामदारले रोजगारी परिवर्तन गर्ने अनुमति मागेको बताएका थिए । कामदारका अनुरोधमध्ये ७० प्रतिशतभन्दा बढी पहिलो वर्षमा नै आएको जनाइएको छ । पहिलो तीन महिनाभित्रै रोजगारी परिवर्तन गर्न खोज्ने कामदार एक तिहाइ रहेको र यस्ता कामदार ग्रामीण भेगका बढी रहेको जनाइएको छ ।  

कम्पनी परिवर्तन गर्न पाउने नियमको चर्चा भइरहँदा साना व्यवसायमा कामदारको अभाव बढ्न सक्ने जोखिम औँल्याइएको छ । उक्त अध्ययनका अनुसार यसप्रति ६० प्रतिशतभन्दा बढी रोजगारदातादाले चिन्ता व्यक्त गरेका छन् । यस्तो चिन्ता विशेषगरी सोल महानगर क्षेत्रबाहिर बढी पाइएको जनाइएको छ । त्यस्ता क्षेत्रका रोजगारदाताले रोजगारी परिवर्तनले क्षेत्रीय श्रम असन्तुलनलाई थप बिगार्न सक्ने बताउँदै आएका छन् । 

प्रतिबन्ध हटेको अवस्थामा व्यवसायिक सुरक्षाका उपायहरु सुनिश्चित् गरिदिन रोजगारदाताको  माग छ । उनीहरुले समस्याग्रस्त कम्पनीमा जानेलाई प्राथमिकता दिइनुपर्ने र रोजगारदाताको कमजोरी बिना कम्पनी परिवर्तन गर्नेलाई जरिवाना लगाउनुपर्ने जस्ता विषय समेट्नुपर्ने बताएका छन् । रोजगारदाताले उक्त सर्वेक्षणमा धेरै कर्मचारी भएका कम्पनीको आवास खर्चमा सहयोग बढाउन र श्रमिकको जागिर परिवर्तनको रेकर्डलाई पारदर्शी बनाउन पनि आग्रह गरेको जनाइएको छ । विदेशी कामदारको अधिकार सुरक्षित गर्नु आवश्यक भए पनि नियम परिमार्जन गर्दा साना व्यवसाय र थोरै कामदार भएको क्षेत्रहरुको दिगोपनलाई समेत ध्यानमा राख्नुपर्ने अधिकारीहरुको भनाइ छ । 

हाल छलफल भइरहेको नीतिले न्यूनतम सेवा अवधि पूरा गरेपछि रोजगारदाताको दोष या असाधारण स्थीति प्रमाणित नगरी नयाँ जागिर खोज्न अनुमति दिनेछ । ईपिएस प्रणाली अन्तर्गत नेपालसहित १७ वटा मुलुकका कामदार कृषि, मत्स्य पालन, निर्माण, उत्पादन र केही सेवा क्षेत्रमा जाँदै आएका छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP