Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • काठमाडौंमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय
काठमाडौंमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १, २०८२
रोशनी अधिकारी

 

वायु प्रदूषण केवल वातावरणीय समस्यामात्र होइन, जीवनरक्षासँग सम्बन्धित राष्ट्रिय प्राथमिकता बन्न पुगेको छ । यस क्षेत्रमा यदि आजै प्रभावकारी कदम चालिएन भने आगामी दिनहरूमा स्वास्थ्य संकट, आर्थिक क्षति र सामाजिक समस्या गहिरिँदै जाने छ । तत्कालीन कदम तत्काल लागू गरेर र दीर्घकालीन कदम नीतिगत सुधारमार्फत यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ । तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक र सञ्चार क्षेत्रको सामूहिक भूमिकाले मात्र स्वच्छ हावा र सुरक्षित भविष्य सुनिश्चित हुनसक्छ ।


नेपाल हाल विश्वका ती देशहरूमध्ये पर्दछ, जहाँ वायु प्रदूषण तीव्रगतिमा बढ्ने क्रममा छ । काठमाडौं उपत्यकादेखि तराई, पहाड हुँदै हिमाली क्षेत्रसम्म प्रदूषणको प्रत्यक्ष असर देखिन थालेको छ । त्यसो त हरेक पल फेर्ने श्वासप्रश्वासदेखि पिउने पानीसम्मलाई प्रदूषणले प्रभाव पारिरहेको छ । यसको असरबाट नयाँ प्रकारका रोगहरू देखिने क्रममा छन् । अझ पछिल्लो दशक संसारमा नसर्ने रोगहरूको महामारी फैलनुमा पनि प्रदूषणको प्रभाव हो भन्ने कुरालाई प्रतिष्ठित अनुसन्धानमा संलग्न संस्था र व्यक्तिहरूले प्रमाणित गरेका छन् । हरेक सालझैँ यस साल पनि काठमाडौंमा वायु प्रदूषणको मात्रा बढ्न थालेको समाचारहरू आएका छन् । साधारणरूपमा हामीलाई हिँडडुल गर्दा पनि आँखा पिरो हुने, नाक पोल्ने, वाकवाकी लाग्ने, रिँगटा लागेजस्तो हुने, श्वासप्रश्वासमा असहजता हुनेजस्ता लक्षणहरू भोग्दै आएका छौं ।

संसारभर प्रदूषण बढ्नु हरेक देशका आ-आफ्ना प्रमुख कारणहरू छन् तर पनि मुख्य कारण भने १८औं शताब्दीमा भएको औद्योगिक क्रान्तिलाई मानिन्छ । एकपछि अर्को उद्योग स्थापना हुँदै जाने क्रममा त्यस्ता उद्योगले गर्ने प्रदूषण नियन्त्रणमा कसैले ध्यान दिएनन् । आर्थिक विकास गर्ने होडमा शक्तिशाली देशहरूले जनमानसको स्वास्थ्यमा पर्ने असरप्रति ध्यान दिएनन् । त्यसैगरी जनसंख्या वृद्धि, तीव्र सहरीकरण, सवारीसाधनको अनियन्त्रित विस्तार र प्रभावकारी नीतिको अभावले प्रदूषणको समस्या झन् पछि झन् जटिल बन्दै गयो । यसले क्रमशः बहुआयामिक प्रभाव पार्दै गयो । फलस्वरूप पर्यावरण, अर्थतन्त्र, पर्यटन, कृषि तथा समग्र जीवनयापनमै गम्भीर असर पार्न थाल्यो । त्यस्ता असरबाट नेपाल र मुख्यगरी यसको राजधानी काठमाडौं अछुतो रहने कुरै भएन ।

Hardik health

काठमाडौंमा वायु प्रदूषण
कचौराजस्तो भौगोलिक भू-बनोटले गर्दा काठमाडौं उपत्यकाभित्र जम्मा भएका वायु प्रदूषणलाई हावाले सजिलै बाहिर लान सक्दैन । अझ जाडोयाममा राति र बिहानीपख उपत्यकाको सतह नजिक चिसो हावाको एक तह बन्छ जसलाई तातो हावाको अर्को तहले ढकनीले जस्तै छोपेर राखेको हुन्छ; यसलाई वैज्ञानिक भाषामा इन्भर्सन भनिन्छ । यसले गर्दा जाडोयाममा प्रदूषण जमिनको सतह नजिक नै बसिरहन्छन् र वायु प्रदूषण अत्यधिक मात्रामा बढ्न जान्छ । वायु प्रदूषण बढी हुनुको अर्को कारण यहाँको उचाइ पनि हो । १३ सयदेखि १३ सय ५० मिटरसम्मको उचाइमा अवस्थित काठमाडौं उपत्यकामा गाडीले अन्य कम उचाइ भएका ठाउँभन्दा साधारणतया बढी धुवाँ फाल्ने गर्दछ । त्यस्तै अन्य निम्न कारणले पनि काठमाडौंमा वायु प्रदूषण बढ्ने गरेको छः

सवारीसाधनद्वारा अत्यधिक धुँवा उत्सर्जन
यसै त काठमाडौं उपत्यकाको भू-बनोट कचौरा आकारको छ । जसले गर्दा प्रदूषित हावा तल्लो तहमा थिग्रिएर बस्न पुग्छ । त्यही हावा श्वासप्रश्वासका माध्यमबाट मानिसको फोक्सोमा पुगेर संक्रमण गर्दछ । पुराना र मापदण्डविहीन सवारीसाधन, गुणस्तरहीन इन्धन, भिडभाडयुक्त तथा कच्ची सडक र ट्राफिक व्यवस्थापनको कमजोरीले उपत्यकाको प्रदूषणमा करिब ५० प्रतिशतसम्म योगदान गरेको देखिन्छ । सहरी क्षेत्रमा सवारीसाधन सञ्चालनको मापदण्डलाई कडाइ नगर्ने हो भने यसको हिस्सा बढ्दै जाने कुरामा कसैको दुई मत नहोला ।

सिमेन्ट र इँटा उद्योग
बढ्दो सहरीकरणसँगै उत्पादन बढाउँदै गएन भने देशको अर्थतन्त्र क्रमशः ऋणात्मक हुँदै जाने गर्दछ । तसर्थ, औद्योगिकीकरण कुनै पनि देशको प्रगतिको पहिलो मानक हो । तर त्यसता उद्योग बस्तीहरूबाट निश्चित दूरीमा हुनु आवश्यक छ । अझ धुलो र धुँवा उत्सर्जन गर्ने सिमेन्ट, इँटाजस्ता उद्योगहरूलाई त बस्तीभन्दा निकै टाढा राख्नुपर्ने हुन्छ । हामीकहाँ भने नियमनविना सञ्चालन हुने त्यस्ता उद्योगहरूले वातावरणमा धुलो, कार्बन-मोनोअक्साइड, सल्फरडाईअक्साइड जस्ता प्रदूषक तत्वहरू छरिरहेका हुन्छन् ।

निर्माण कार्यबाट उड्ने धुलो
हाम्रो जस्तो भौतिक विकासमा पछि रहेका देशहरूमा आधुनिक समयसँगै विभिन्न भौतिक संरचनाहरूको निर्माण कार्य तीव्र गतिमा हुँदै गरेका छन् । अझ पछिल्लो समय विकास भनेकै भौतिक निर्माण हो भन्ने भाष्य विकास हुँदै गएको छ । सडक विस्तार, घर निर्माण र सार्वजनिक संरचनाहरूको निर्माणस्थलहरूमा सुरक्षा मापदण्ड नअपनाइँदा जथाभावी धुलो उड्ने गरेको देखिन्छ । त्यो धुलोले मानव स्वास्थ्यमा पार्ने प्रभावका विषयमा सम्बन्धित पक्षहरू संवेदनशील नभइदिँदा प्रदूषण घट्नुको साटो झन् बढ्दो क्रममा रहेको छ ।

फोहोर दहन र डम्पिङ साइट
सामान्यतः घर वरपर, खेतबारीमा रहेका प्लास्टिक, सिमेन्टको बोरा, चाउचाउका खोल, गुट्खाका खोल, कागज, ढोड, पराल, छवाली, झिक्राझिक्रीहरूलाई हामी खुलारूपमा जलाउने प्रवृत्ति रहेको छ । त्यस्ता वस्तु जलाउँदा विषालु ग्यास उत्पन्न भई वातावरणमा मिसिन जान्छ । यसले गर्दा हामीले फेर्ने श्वासमा प्रदूषण मिसिन पुग्छ । त्यस्तो प्रदूषित हावा लिएर हाम्रो फोक्सो के स्वस्थ रहन्छ र !

प्राकृतिक तथा मौसमी कारणहरू
त्यसो त प्रदूषित वातावरणको कारण पृथ्वीको बढ्दो तापक्रम, हावाको कम गति, डढेलो र खाद्यबालीका अवशेषहरूलाई जलाउने गर्दा पनि वायु गुणस्तरलाई निरन्तर रूपमा बिगारी रहेका छन् ।

वायु प्रदूषणका प्रभावहरू
स्वास्थ्यमा प्रभावः वायु प्रदूषणको प्रमुख असर भनेको यसले मानिसको स्वास्थ्यमा एकपछि अर्को असर गर्दै जानु हो । यसले श्वासप्रश्वाससम्बन्धी रोग (दम, एलर्जी, सिओपिडी), फोक्सो क्यान्सर, मुटु तथा रक्तसञ्चार प्रणाली र प्रजनन स्वास्थ्यसम्बन्धी रोगहरू लाग्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यसो त यसले बालबालिका, वृद्धवृद्धा र गर्भवतीलाई उच्च जोखिममा पार्दछ ।

अर्थतन्त्रमा प्रभावः कुनै पनि अर्थतन्त्रको प्रमुख मेरुदण्ड भनेको जनशक्ति नै हो । प्रदूषणले मानव स्वास्थ्यमा प्रहार गर्न थालेपश्चात् जनशक्तिको उत्पादन क्षमता पनि हस आउन थाल्दछ । यसका कारण उत्पादन एवं सेवा क्षेत्रमा गम्भीर असर पर्न जान्छ । बिरामी जनशक्तिले न त उत्पादन गर्न सक्छ न त उपभोग नै गर्नसक्छ । त्यसैगरी प्रदूषणले स्वास्थ्य उपचार खर्च बढ्ने र पर्यटन क्षेत्रमा पनि नकारात्मक प्रभाव पारी समग्र आर्थिक चक्रलाई नै क्षति पु¥याई समग्र अर्थतन्त्रलाई शिथिलतातर्फ लाने सम्भावना रहन्छ ।

पर्यावरणीय प्रणालीमा प्रभावः प्रदूषणले पृथ्वीको तापक्रम बढाउँदा समग्र जीवहरूको पुनरुत्पादन प्रक्रियामा गम्भीर असर परिरहेको हुन्छ । त्यसरी प्रदूषण र तापमान बढ्दा हरियो वनस्पति कमजोर बन्ने, जैविक विविधतामा असर पर्ने, वर्षा ढाँचामा परिवर्तन हुनेजस्ता असर देखिँदै जाने छन् । यसले समग्र जीवको प्रणालीमै असर गरी नयाँ संकट बढाउने जोखिम दिनानुदिन बढ्दै गएको पाइन्छ ।

पर्यावरणीय प्रणालीमा रहेका समस्याहरुको तत्कालीन समाधानका विभिन्न उपायहरू हुन सक्छन् । धुलो नियन्त्रण अभियान कडाइका साथ सञ्चालन गर्न सकिन्छ । सडकलगायतका भौतिक संरचना निर्माणस्थलमा नियमितरूपमा पानी छर्कने र जिओ-टेक्सटाइल लेयर उपयोग गर्न सकिन्छ । पुराना सवारीसाधनहरू चरणबद्ध रूपमा हटाउने र विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्छ । सार्वजनिक यातायातलाई भरपर्दो र व्यवस्थित पार्दै निजी सवारीसाधनको प्रयोगलाई निरुत्साहित र इन्धन गुणस्तर नियमित अनुगमन एवं परीक्षणमा कडाइ गर्न सकिन्छ ।

त्यस्तै जथाभावी फोहोर जलाउने कार्यलाई पूर्णप्रतिबन्ध लगाउन आवश्यक छ । घरवर, खेतबारीमा रहेका फोहोरहरूलाई खुलारूपमा जलाउने कार्यलाई प्रतिबन्ध लगाउनुपर्छ । त्यस्ता कार्यलाई स्थानीय तहमार्फत नियमित निरीक्षण, दण्ड जरिवाना प्रणाली लागू गरिनुपर्छ । राष्ट्रिय तथा स्थानीयस्तरमा वायु गुणस्तर सूचकांक मापन र तत्क्षणिक सूचना प्रवाह गर्ने प्रणालीको विकास गरी त्यसलाई कडाइका साथ लागू गरिनुपर्छ । खुलारूपमा निर्माण सामग्रीको ढुवानी गर्ने कार्य रोक्न भौतिक निर्माणमा आवश्यक ढुंगा, बालुवालगायतका सामग्रीलाई ढाकेरमात्र ढुवानी गर्ने व्यवस्था गर्नुपर्छ ।

दीर्घकालीन समाधानका उपायहरूमा विद्युतीय सवारीसाधनको प्रयोगलाई रणनीतिकरूपमा प्रोत्साहित गर्दै ट्राफिक व्यवस्थापन सुधारमा गर्दै एमआरटी, बिआरटीजस्ता आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्नुपर्दछ । दैनिक जीवनमा नवीकरणीय ऊर्जा खपतलाई प्रोत्साहित गराउन आवश्यक छ । सबैभन्दा बढी प्रदूषण गर्ने सिमेन्ट र इँटा उद्योगमा आधुनिक प्रविधिको जडान गरी प्रदूषण कम गर्न सकिन्छ । त्यसका लागि ‘जिगज्याग’ प्रविधिलाई अनिवार्य गर्दै शून्य उत्सर्जन उद्योगको अवधारणामा रूपान्तरण गर्नुपर्दछ । त्यसैगरी त्यस्ता उद्योगलाई सहर बाहिर सर्नका लागि प्रोत्साहन गर्नुपर्दछ । सहरी क्षेत्रमा बढ्दो कंक्रिटका संरचनाले तापक्रम र प्रदूषण बढाउन मुख्य भूमिका खेलिरहेको वर्तमान परिप्रेक्ष्यमा स्थानीय सरकारले ‘ग्रिनबेल्ट’ क्षेत्रहरूको विकास गर्दै पार्कहरूको निर्माणमा जोड दिनुपर्ने छ । वृक्षरोपण अभियानलाई तीव्रता दिँदै जमिन उपभोगको नीतिमा निर्मम बन्नुपर्दछ ।

त्यसैगरी बढ्दो प्रदूषणलाई कम गर्नका लागि वातावरण संरक्षण वातावरण संरक्षण ऐनको पूर्णकार्यान्वयनमा ध्यान दिनुपर्ने छ । स्थानीय तहलाई वातावरणीय निगरानी अधिकार विस्तार गर्दै वातावरण प्रभाव मूल्यांकन (इआइए) र प्रारम्भिक वातावरणीय परीक्षण (आइई) को प्रावधानलाई प्रभावकारी बनाउनुपर्ने हुन्छ । विद्यालयदेखि समुदायस्तरसम्म वातावरण शिक्षालाई अनिवार्यरूपमा लागू गरिनुपर्छ । हरेक घर-परिवारमा धुलो नियन्त्रण, मास्क प्रयोग, हरियाली अभियान र खुला फोहोर दहन बन्द गर्ने विषयलाई प्रभावकारीरूपमा चलाउनुपर्छ ।

निष्कर्ष
प्राकृतिक र मानवीय कारणले गर्दा काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभाव अन्य सहरभन्दा बढी हुने गर्छ । हरेक वर्षको हिउँद र प्रि-मनसुन समय फागुनदेखि वैशाखसम्म उपत्यकामा वायु प्रदूषण बढ्ने गर्छ । वातावरण विभागको प्रतिवेदनमा काठमाडौं उपत्यकामा प्रदूषणको मुख्य स्रोत १० लाखभन्दा बढी सवारीसाधन नै हुन् । नेपालमा सन् २०३० सम्ममा वायु प्रदूषणको वित्तीय भार २५६ मिलियन अमेरिकी डलर (करिब तीन खर्ब) पुग्ने विश्व बंैकको अनुमान छ । वनजंगलमा लाग्ने डढेलो, किसानले खेतबारीमा जलाउने कसिंगर, धुलो, धँुवा र पश्चिमी तथा पूर्वीय वायु सक्रिय हुन नसक्दा काठमाडौंमा प्रदूषण बढ्दै गइरहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बताएको छ । यसरी बढ्दै गएको वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा पर्ने असर तथा सेवा प्रभावित हुँदा आर्थिक क्षति पनि बढ्ने गरेको छ ।

वायु प्रदूषण केवल वातावरणीय समस्यामात्र होइन, जीवनरक्षासँग सम्बन्धित राष्ट्रिय प्राथमिकता बन्न पुगेको छ । यस क्षेत्रमा यदि आजै प्रभावकारी कदम चालिएन भने आगामी दिनहरूमा स्वास्थ्य संकट, आर्थिक क्षति र सामाजिक समस्या गहिरिँदै जाने छ । तत्कालीन कदम तत्काल लागू गरेर र दीर्घकालीन कदम नीतिगत सुधारमार्फत यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ । तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक र सञ्चार क्षेत्रको सामूहिक भूमिकाले मात्र स्वच्छ हावा र सुरक्षित भविष्य सुनिश्चित हुनसक्छ ।
 


प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP