काठमाडौं- नेपाली कांग्रेसको सिन्धुली क्षेत्र नम्बर-१ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार खिलाकुमारी दाहाल ‘लक्ष्मी’ सिफारिस भएकी छिन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी दाहाल संगठनप्रतिको निरन्तर प्रतिबद्ध र स्थानीय तहमा बढ्दो प्रभावले उम्मेदवार सिफारिस भएकी हुन् ।
विद्यार्थी आन्दोलनको क्रममा उनी पटक-पटक प्रहरी नियन्त्रणमा परिन् । उनी महामन्त्री गगन थापानिकट नेतृ मानिन्छिन् । सिन्धुली-१ बाट उनीबाहेक ११ जना नेताको नाम पनि प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको छ । प्रतिनिधिसभाकै समानुपातिकतर्फ ४ जना र राष्ट्रिय सभातर्फ १ जनाको नाम सिफारिस गरिसकेको छ ।