काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बिहान साढे ९ बजेबाट जारी छ । । एजेन्डाबारे कुरा नमिलेपछि बैंठक लम्बिइरहेको हो ।
पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा दिउँसो एक बजेबाट बस्ने केन्द्रीय कार्यसमितिका एजेन्डाबारे छलफल हुने छ । एजेन्डाबारे कुरा नमिलेपछि बैठक लम्बिइरहेको नेताहरू बताएका छन् ।
कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा मङ्सिरमा नियमित महाधिवेशन हुनुपर्ने नभएमा विशेष महाधिवेशन गर्नुपर्ने भन्दै बुधबार ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको छ । डा. शेखर कोइराला नेतृत्वको इतर समूहले मंसिरमै विधि र प्रक्रिया पुर्याइ नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेको छ ।