Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • फर्पिङको हरिशंकर जात्रा
फर्पिङको हरिशंकर जात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १९, २०८२
पदम श्रेष्ठ

काठमाडौं उपत्यकामा परम्परागत प्राचीन बस्ती निर्माण गरिँदा नै कम्तीमा दुईवटा त्यो बस्ती नगरको पहिचान पुग्ने जात्रा पर्व सञ्चालन गरेको पाइन्छ । काठमाडौं महानगरको मौलिक पहिचानमुखी जात्रा इन्द्रजात्रा, पाहाँचह्रे (घोडेजात्रा), सेतो मच्छिन्द्रनाथको जात्रा हुन् भनिएझैं भक्तपुरको विस्का जात्रा, तायमचा जात्रा, पाटन ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा र इतिल्हने पञ्चदान, कृष्णाष्टमी मेला भव्य मनाइन्छ । काठमाडौं उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक बस्ती फर्पिङको पहिचान बोकेका जात्रा हुन् हरिशंकर जात्रा र बज्रयोगिनी जात्रा  । दसैंअघि भदौ कृष्ण द्वादशीदेखि आश्विन कृृष्ण एकादशीसम्म हरिशंकर जात्रा मनाइन्छ ।

आज भदौ १९ गतेदेखि ३३ कोटी देवीदेवताको प्रतीक झम्केश्वरी आह्वान गर्दै जात्रा सुरु हुँदै छ । गोपालेश्वर र दक्षिणकालीलाई मूल मानी पशुपतिबाट आउने कनफट्टानाथ गुरु श्रीसनाथको सामूहिक उपस्थितिमा ३३ कोटी देवीदेवताको पूजा र झम्केश्वरी दरवार गुह्येदेवी पीठ नजिक तलेजुमा द्वादशीको बिहानै दक्षिणकालीका पूजारी प्रकाशमान कर्माचार्यद्धारा बोका बलि दिइएपछि जात्रा सुरु भएको मानिन्छ । फर्पिङको पहिचानमुखी जात्रा बज्रयोगिनी जात्रा सम्पन्न भएलगतै दसैंको आगमन हुने हरिशंकर जात्रालाई देशका देवीदेवता जगाउने र देशमा शान्ति, समृद्धि कायम गर्ने पर्वका रुपमा लिइन्छ ।

भदौ १९ गते गोपालेश्वर खटलाई आगंछेबाट कोटाल पाटीमा ल्याएर रातभरि पूजा गरी राखिन्छ । चतुर्दशीको दिन २१ गते शेषनारायण र गोपालेश्वरका राजोपाध्याय र कर्माचार्य पुजारीले फर्पिङका देवीदेवताहरूलाई धागो (पुधिका) चढाएर रातभरि यज्ञ–होमादि गर्दछन् । अमात्यलाई यजमान राखिने यस परम्परालाई ‘पुच्छा यायगु’ भनिन्छ । भाद्रशुक्ल पूर्णिमा (२२ गते) हरिशंकर जात्राको प्रमुख पूजा दिउँसो १२ बजेदेखि गोपालेश्वरको खट तयार गरी अपराह्न ४–५ बजेतिर चतुर्मुखी शिवलिंगजस्तै सुनको जलप लगाएका गोपालेश्वर खटमा राखिन्छ । गहना–लुगाद्वारा सिँगारिएका देवतालाई राजप्रतिनिधि स्वरूप रीतिअनुसार थकु जुजूको थकालीद्वारा पूजा गराइन्छ । सेतो जामा सेतै फिता लगाई पूजा गर्ने थकु जुजूलाई राजोपाध्यायले पूजा गराउँछ । चारजना विसेतले ६० जनालाई खट बोकाउँछ र कोटालपाटीमा राखिन्छ सार्वजनिक पूजाका लागि ।

Hardik health

आश्विनकृष्ण चौथी (भदौ २६ गते) दिउँसो कोछु टोलमा कुमारी (तिलविक्रमेश्वर), थल्कु टोलमा नीलवाराही (अघोरेश्वर), यल्खुमा इन्द्रायणी (नन्दिकेश्वर), थथेप टोलमा शेषनारायणको खट, थैवटोलमा लमीद्यो (महालक्ष्मी) र टिपीमा कंग (दक्षिणकाली) खट तयार र जीवन्यास गर्न पूजारीद्वारा पीठबाट ‘जीवघट’ ल्याई स्नान गराइन्छ । अष्टमीका दिन बलि पूजा गरिन्छ । आश्विनकृष्ण नवमी (भदौ ३१ गते) नवमी छोयला बु का दिन देवीलाई राँगा बलि दिई मासु सातै टोललाई बाँडिन्छ । राति ९ बजे धिमेका साथ दक्षिणकाली खट टिपीटोलबाट जात्रा गर्दै कोछु, यल्खुहुँदै थल्खु टोल पु¥याउँछन् भने यल्खुको इन्द्रायणीलाई टिपी टोल, कोछु घुमाइन्छ । सोही रात कर्माचार्य र विसेत जातिद्वारा बौलोंह रक्त भैरवलाई कोछु टोलमा बोका बलि दिन्छन् । सो बोकाको खप्पर खुइल्याई श्रीकुमारी रथको टाकलमुनि भुजुंगोमा पकाएको भात सातै टोलका विसेतले दोबाटो-चौबाटोमा छर्दछन् । नायाखिं बाजाका साथ भात छर्ने प्रथालाई ‘भुया वनेगु’ भनिन्छ । भूतगणलाई पकाएको भात छर्ने र ‘छोयला बु’ खाइन्छ ।

आश्विनकृष्ण दशमीका दिन बिहानै कोर्पु टोलका स्वच्छन्द भैरवलाई कर्माचार्यद्वारा पूजा र बोका बलि दिइन्छ । भैरवको प्रसाद र तामाको घ्याम्पाभरि जाँड राखिन्छ । कोटाल टोलबाट रक्सीसहितको प्रचण्ड भैरव(क्वचाद्यो) सँगै त्रिशूल, डमरु लिएकाहरूले देश परिक्रमा गराउँछन् । क्वँचाद्यो जात्रा दसैं पञ्चमीको दिन काठमाडौंको पचलीभैरवमा गरिने भैरव जात्रासँग मिल्ने गर्दछ सोही दिन राति १०-११ बजे शेषनारायण र महालक्ष्मीको खट जात्रा नगर परिक्रमा गराइन्छ । जावु पूजाः असोज १ गते घर घरमा भात पाक्छ भोलि पल्टदेखि भात पकाएर जुठो पार्न हुँदैन भन्ने मान्यता रहेको हुन्थ्यो । मूल जात्राः असोज २ गते आश्विन एकादशी मुल जात्राको दिन, ज्वाइँ-चेलीलाई भोज खुवाइन्छ ।

चक्रपूजामा कोछु टोलमा नौवटा जाँडको घ्याम्पा राखिन्छ । साथै सात महिना सात दिनको राँगो र कालो वा रातो रङको भालेलाई पशुपति गोरक्षपीठका कनफट्टा जोगीले राति १० बजे जुगीचक्रमा एकैचोट काटिन्छ । लगतै कुमारी, गोपालेश्वर र महालक्ष्मीको तीन खट देश घुमाइन्छ । शेषनारायणको खट झम्केश्वरी परिक्रमा गराई ‘या लोहं’ नघाइन्छ । सो ढुंगा नाघ्यो भने ‘या न्यात्’ भनी भोलिपल्ट समापन पूजा हुन्छ । यसका लागि जिम्मावाल थकु जुजु, शेषनारायण, दक्षिणकाली, वज्रयोगिनीका पूजारीहरु, कौ, नौं, भाः बाजा खलःलाई एक-एक पाउ सिन्दूर बाँडेर द्वादशीको दिन पूजा सकिन्छ । हरिशंकर जात्राका खटहरू देश घुमाइ झम्केश्वरीमा गोपालेश्वर, इन्द्रायणी, कंग, नीलवाराही, महालक्ष्मी, कुमारी, शेषनारायण राख्ने गरिन्छ । 

आश्विन त्रयोदशीः असोज ३ गते दिउँसो १२ बजदेखि नै सिन्दुरे जात्रासहित बाजागाजाका साथ गोपालेश्वर खट फर्पिङको सातै टोल घुमाएर पोडे टोलमा योम्हरीले पूजिन्छ । नायखिं, मुहाली आदि बाजा बजाउने खडगी, पोडे, कुश्लेहरूलाई दही-चिउरा, योम्हरी फलफूल बाँडिसकेपछि गोपालेश्वर पुर्याई ‘नाङगोल’ पूजा हुन्छ । चतुर्मुखी देवतालाई गोपालेश्वर लिंगोमा चार दिनसम्म हवन-पूजा आगंछेमा राख्न लगिन्छ । यसरी यस वर्षको फर्र्पिङको मूल हरिशंकर जात्रा सम्पन्न हुने गर्दछ । हरिशंकर जात्राको सात्विक अर्थ शेषनारायण र गोपालेश्वर महादेवको नाउँबाट आएको हो तर यो जात्रामा मुख्य पूजा दक्षिणकालीको हुने गर्दछ । हरि भन्नाले शेषनारायणलाई लिइन्छ भने शंकर गोपालेश्वर महादेव तर पनि दक्षिणकाली मातालाई नै मूलरुपमा किन लिइन्छ भने काठमाडौं उपत्यकाका हरेक नेवार बस्तीजस्तै फर्र्पिङ पनि मातृशक्तिलाई मूल मान्ने बस्ती नै हो । फर्पिङको हरिशंकर जात्रालाई यस बस्तीको पहिचान दिने पर्वका रुपमा पनि लिइन्छ । 

आदिकालमा दसैंलाई भन्दा बढी देशको पहिचानमुखी हरिशंकर जात्रालाई विशेष प्राथमिकताका साथ मनाइन्थ्यो । वर्तमानमा यो जात्रालाई पर्यटन प्रवद्र्धनको माध्यमका रुपमा पनि मनाउने गरिँदै आएको पाइन्छ ।
 


प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP