Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ध्यान साधनाबाट प्राप्त हुन्छ बोध
ध्यान साधनाबाट प्राप्त हुन्छ बोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १५, २०८२

 

नेपाल योग र ध्यानका लागि उद्गम भूमि हो । धेरै शास्त्रहरुले नेपालमा आध्यात्मिक साधना गर्नका लागि थुप्रै ऋषिमुनिहरु, व्यक्तित्वहरुले समय खर्च गरेको हामी पढ्न पाउछौं तर दुःखको कुरा अहिले विश्वस्तरको आरोग्य नक्साले भने नेपाललाई समेटेको छैन । नेपाल योग र ध्यानको जन्मभूमि हो । जसरी आफ्नो आमालाई कमजोर देख्नु हुँदैन, त्यसैगरी नेपालको यो बृहत् सम्भावनालाई आरोग्य पर्यटनको बृहत् अवधारणाअन्तर्गत सदुपयोग गर्नुपर्दछ । 

योगासन, प्राणायम र ध्यान एकपछि अर्को गरी अभ्यास गरिन्छ । योग र प्राणायम ध्यानका लागि पूर्वतयारी हुन् । वास्तवमा ध्यान लागेपछि शरीर हलुका महसुस हुन्छ भने मनमा शान्ति छाउँछ । सही अर्थमा ध्यानबाट आनन्दको अनुभूति हुन्छ । जुनसुकै काममा पनि ध्यानस्थ हुने क्षमता विकास हुन्छ । भनिएको छ कि ध्यान आफ्नो लक्ष्यप्राप्तिको हुनुपर्दछ । आफूतिर नफर्की ध्यान हुँदैन । खोजेको आनन्द सम्बन्ध, सम्पत्ति, शान्ति, बुद्धि केमा हो सोहीअनुसार ध्यान लगाउनुपर्दछ ।

ध्यानको अभ्यासमा हामीहरु बाहिरी जगतभन्दा पनि भित्री आकाशमा मन लगाउँछौं । हामीभित्रको आकाश सच्चिनान्द स्वरुपमा छ । त्यसैले भनिएको होला निराकारमात्र पूर्ण छ । आकाशको सीमा नभएजस्तै निराकार पनि विस्तृत छ, पूर्ण छ । उपनिषद्मा उल्लेख भएको ‘ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।’ ले इंगित गरेको पूर्णता अक्षुण छ अर्थात् आकाशबाट आकाश घटाउँदा शेष पनि आकाश नै रहन्छ । यही पूर्णता प्राप्तितर्फको अभ्यास हो ध्यान । ध्यानका लागि कुनै आसनमा बसेर आँखा चिम्लनु पर्दछ भन्ने छैन । जुन काममा संलग्न छौं त्यसैमा ध्यान लगाउनु पनि ध्यान नै हो ।

Hardik health

विभिन्न आध्यात्मिक मार्गहरुले जीवन जिउनुको उद्देश्यलाई आफ्नै ढंगले व्याख्या गरेको पाइन्छ । जस्तो कि भगवान् शिवको भाषामा कैविल्य, महर्षि पतञ्जलिको भाषामा निर्विकल्प समाधी र बुद्धको भाषामा निर्वाण प्राप्ति । मानव जीवनको उद्देश्य भनेको दुःखबाट मुक्ति र परमानन्द प्राप्ति नै हो । जीवनको यही उद्देश्य प्राप्तिका लागि ऊर्जा आवश्यक पर्दछ र सो ऊर्जाको सिर्जना र उपयोगका लागि पनि ध्यान आवश्यक पर्दछ । त्यसो त समृद्धिको पूर्वाधार भनेको पनि जीवन ऊर्जा हो ।

शरीरमा ऊर्जाको कमी भयो भने समृद्धि प्राप्तिको विषय खोक्रो सावित हुन्छ । ध्यान गरे पनि धन आर्जन गरे पनि आधारभूत विषय भनेको ऊर्जा हो । ऊर्जामा मूलतः तीनवटा पक्ष सँगसँगै रहन्छन् । पहिलो हो- शारीरिक शक्ति, जुन हामीमा कायम गर्दै मजबुत हुनुपर्ने हुन्छ । दोस्रो हो- मानसिक शक्ति जुन शक्ति विचार, इच्छाशक्ति र सन्तुलनका लागि आवश्यक छ । तेस्रो हो- भाव शक्ति जसबाट केही प्राप्ति भएको अनुभूति हुन्छ । यी तीनवटै शक्तिको जग भनेको चेतना शक्ति हो । हामीले बोलीचालीको भाषामा यसलाई ‘होस’ पनि भन्दछौं । चेतना जागृत गर्ने र प्रयोग गर्ने कला नै ध्यान हो ।

ध्यान गर्ने प्रक्रिया र पूर्वःसर्त
धेरैले आफ्नो काममा एकाग्रता भएन भन्छन् । एकाग्रता भनेको एउटा विषयमा ध्यान लगाउनु हो । एकाग्रता हुनु कुनै कामका लागि अनिवार्य त छ तर पर्याप्त भने नहुन सक्छ । चेतना वा सजगता भने एकाग्रताभन्दा पनि उच्चस्तरको शक्ति हो । ध्यान सम्बन्धमा रचित गीतको लाइन ‘साक्षीपूर्ण चेतनाले जाने जति ज्ञान भयो, प्रेमपूर्ण भावनाले छानेजति ध्यान भयो’बाट ध्यानका लागि चेतना र प्रेम सँगसँगै चाहिन्छ भन्ने बुझ्न सकिन्छ । ध्यानलाई आनन्द प्राप्तको माध्यम वा बाटो मान्ने हो भने बोध भनेको आनन्द प्राप्तिको अवस्था वा गन्तव्य हो । बोध भनेको वास्तविक योग तथा ध्यान अभ्यासमात्र नभई त्यो भन्दा पनि गहिरो विषय रहेछ । ‘आफूप्रति सजग भई ध्यान गर्दै छु म, ध्यानप्रति सजग भई बोध गर्दै छु म’ भन्ने जीवन विज्ञानसम्बन्धी गीतको लाइनबाट पनि बोध भनेको ध्यान गहिरिँदै जाँदा पुगिने चरण र नतिजा रहेछ भन्ने बुझिन्छ ।

ध्यानका लागि आसनमा बस्दा पवित्रता, अभयता र सजगता यी तीन विषय ख्याल गर्नुपर्दछ । ध्यानका बखत आँखा खोल्दा अरुलाई देखिन्छ भने आँखा बन्द गरेपछि आफैंलाई देखिन्छ । ध्यान भनेकै भित्रबाट परिवर्तन गर्ने विधि हो । यसका माध्यमबाट जीवनमा सकारात्मकता, स्वस्थता र आनन्द प्राप्ति सम्भव हुन्छ । भनिन्छ कि सुख दुःखका कारण हामी आफैं हो र ध्यान आफूतिर फर्काएर नयाँ दृष्टिकोणका साथ सरल समाधान खोज्ने विधि हो । त्यसै भनिएको हैन ‘मनको ढोका खोलेर भित्र जाउँ, हृदयमा भेटिन्छ शान्त ठाउँ’ भनेर । जसरी खाना खाँदा अघाइन्छ र सन्तुष्टि प्राप्त हुन्छ, त्यसैगरी ध्यानबाट आनन्द प्राप्ति हुन्छ । तर पवित्रता, अभयता र सजगताको त्रिवेणीमा निष्ठा र धैर्यतापूर्वक साधना गर्न जरुरी हुन्छ ।

मभित्र के भइरहेको छ थाहा पाउन सुरु गर्नु ध्यानको पूर्वसर्त हो । ध्यानको ऊर्जाले नै ज्ञानको ऊर्जा सिर्जना गर्दछ । जे गर्न नि चेतना चाहिने र चेतनाको सहज प्राप्तिको बाटो नै ध्यान । चार अक्षरको शब्द सजगता ध्यानको पहिलो चरण हो यसले मनमा जे चलिरहेको छ थाहा पाउन मद्दत गर्दछ । सजगताका तीन गुण अहिले, अप्रतिक्रियात्मक र अध्ययन हुन् । सजगताका पाँच तह छन् । पहिलो सजगता श्वासप्रति, दोस्रो शरीरप्रति, तेस्रो आत्मगुफाप्रति, चौथो गुरुप्रति र पाँचौं सजगता ईश्वरप्रति हुनुपर्दछ । हामी ध्यान गर्दा आफैंले अनुभूत गर्दछौं, जबकि पुस्तक पढ्दा भने अरुको विचार पढिन्छ । ध्यानले जागेको ऊर्जालाई स्थिर बनाउँछ ।

जीवनमा सजगता टिकाउनका लागि पवित्रता आवश्यक पर्दछ । यसका लागि दिव्य नवव्रतको पालना आवश्यक पर्दछ । यदि यी नवव्रतमध्ये कुनै वा सबै कमजोर भयो भने सजगता तुहिन्छ वा चुहिन्छ । नौवटा गुणहरु रहेको दिव्य नवव्रत संकल्प साथसाथै पालनाको विषय पनि हो । ती गुणहरु भनेका सत्यता, स्वाध्याय, निहंगकारिता, क्षमाशीलता, सर्वकल्याण भाव, सेवाभाव, मधुरवाणी, लक्ष्यसँग एकाकार र मुमुक्षा हुन् ।

ध्यानबाट बोधतिर
बोधप्राप्तिका लागि ध्यान गरिरहँदा सजगताप्रति भन्दा मुख्य दुईपक्ष हुन सक्छन्– म कि अरु । अरुप्रतिको सजगतामा प्रेम जरुरी छ जहाँ भय रहँदैन । आफूप्रतिको सजगताका लागि स्वाध्याय आवश्यक पर्दछ जसको सरल अर्थ भनेकै आफ्नो अध्ययन हुन्छ । त्यस्तै आफूप्रतिको सजगता बढ्दै गयो भने ध्यान बोध बन्दछ ।

आफ्नो अध्ययन कसरी भन्ने प्रश्न उठ्न सक्छ । यसका दुई तरिका छन् । मेरो मन विचार कस्तो छ, राम्रा नराम्रा कस्ता कुरा खेल्छन् ? बानीव्यहोरा के छन् ? यो पहिले त आफैंले बुझ्न जरुरी छ । दोस्रो पक्ष भनेको अरुप्रति गरिने व्यवहार हो । आफूलाई जुनसुकै व्यवहार गर्ने किन नहोस् अरुप्रति व्यवहार गर्दा प्रतिक्रिया व्यक्त नगरेर त्यस्तो व्यवहार किन ग¥यो भन्ने पत्ता लगाउनु पनि स्वाध्याय हो । के बुझ्न जरुरी छ भने हामीलाई दुःखले जति सताएको छ, त्योभन्दा बढी सुखले पनि सताएको छ । सुख पनि दुःखमा परिवर्तन हुन्छ । जस्तो कि आफूलाई माया गर्ने व्यक्तिको देहान्त भयो भने हामी दुःखी हुन्छौं । आफैंमा समाहित हुनुमात्र आनन्द हो, यो मात्र स्थायी रहन्छ । आममानिस दुई प्रकारका हुन्छन् । पहिलो बाहिरतिर खोज्ने अर्थात् सांसारिक र दोस्रो ध्यानी ।

आफूप्रति सजग हुँदै गयो भने कुनै बिन्दुमा पुग्दा शून्यता फेला पर्दछ, त्यहाँ दुःख हुँदैन न त सुख नै हुन्छ । भनिन्छ कि सजग व्यक्ति जीवन जिउन जान्ने व्यक्ति हो । सजगतापश्चात् फेला पर्ने शून्यता नै बोध हो । अकम्पको अनुभवलाई शून्यता पनि भनिन्छ । शून्यताका तीन गुणका रुपमा निर्विचार, निराकार र निःशब्द रहेका छन् । आँखा बन्दा गर्दा दुई आँखीभौंका बीचमा जे देखिन्छ त्यो नै आत्मगुफा हो । यसलाई आन्तरिक आकाश पनि भनिन्छ । सुरुमा पूरै अँध्यारो र क्रमशः उज्यालो देखिन्छ । यसरी देख्ने भनेकै शिव नेत्रले, तेस्रो आँखाले हो । यसैलाई वेदमा व्योमा भनिन्छ ।

पुराणमा यसलाई बृन्दावन भनिन्छ भने शिवपुराणले कैलाश र मृगस्थली दुबै प्रयोग गरेको पाइन्छ । उपनिषदमा भने यसलाई अरण्य भनिन्छ । विज्ञानको जगत्मा यसलाई क्वान्टम फिल्ड, द युनिफाइड फिल्डजस्ता शब्द प्रयोग हुन्छन् । आत्मगुफालाई सन्ध्या पनि भनिन्छ । आत्मगुफा भनेको हाम्रो असली परिचय हो अनि मभित्रको म हो । म कै आध्यात्मिक नाम आत्मगुफा हो । आत्मागुफालाई सूक्ष्म शरीर, देह पनि भनिन्छ । मृत्युपश्चात् पनि आत्मगुफा मर्दैन । ‘आँखा छोपे अँध्यारो देखिन्छ, अँध्यारोमै मूल ज्योति भेटिन्छ’ भनेझैँ गहिरो साधनाबाट मात्र बोध प्राप्ति सम्भव हुन्छ ।

सेवाभाव र दृव्यदृष्टि प्राप्ति
अपेक्षा इच्छा पनि दुःखको कारण हो । इच्छा कम गर्नका लागि इच्छाप्रतिको जागरुकता/सजगता आवश्यक हुन्छ । चाहना दुई किसिमको हुन सक्छ– निजी चाहना र परोपकारी चाहना । जब जगतको हित गर्न थालिन्छ, स्वार्थी चाहना हराउँछन् । त्यसैगरी वेदले इन्द्रीयलाई गो भन्दछ भने इन्द्रीय दानलाई गोदान भनेको छ । वास्तवमा गोदान भनेको इन्द्रीयलाई बसमा राख्ने विषय हो । ऊर्जाको सदुपयोगको विषय हो । मन स्थिर राख्न सकेमात्र ध्यान लाग्दछ, बोध प्राप्तितर्फउन्मुख भइन्छ । बोध प्राप्त हुनु भनेको दिव्यदृष्टि हासिल हुनु पनि हो । सञ्जयले धृतराष्ट्रलाई कुरुक्षेत्रको घटना हस्तिनापुर बसेर सुनाउँदा पनि दिव्य तेस्रो आँखाको सहारा लिएका थिए । महर्षि व्यासले सञ्जयलाई सिकाएका थिए यो । दिव्यदृष्टिलाई तेस्रो नेत्र पनि भन्न सकिन्छ ।

गुरुप्रतिको सगताको पनि विशेष महŒव हुन्छ । गुरु भनेको हृदयमा आकाश, मुस्कानमा वैकुण्ठ, बोलीमा वेद र पुराण धारी हुन्छन् । त्यस्तै गुरुका लागि शिष्य भनेका एकमात्र देवता, एकमात्र प्रेम, एकमात्र भविष्य र एकमात्र आशा हुन् । अर्कोतर्फ शिष्यले आफूसँग भएको लोभ, रिस, इष्र्या, डर, तनाव, कुलत गुरुलाई अर्पण गर्दछ । त्यस्तै धनले किन्न नसकिने इमान्दारिता, समर्पण र निष्ठा पनि प्रकट गर्दछ । कसैले नलिने आँसु, अहंकार, असुरक्षा, अशान्ति पनि गुरुले लिन्छन् । सत्यता, सेवाभाव, मधुरवाणी, मुस्कान भए गुरु खुसी हुन्छन् । गुरुप्रतिको सजगतालाई नित्यावतार पनि भनिन्छ ।

साधना र सेवामा सहकार्यबाट शक्ति उत्पन्न हुन्छ । सफल जीवनका लागि ध्यानको गहिराई र सेवाको उचाइ दुवै आवश्यक पर्दछ । ध्यानको समुद्र र सेवाको सगरमाथा भएमा कर्मसिद्धि र सफल जीवन सम्भव हुन्छ । अनुसन्धानले पुष्टि गरेअनुसार योग ध्यान गर्नेको स्मरण क्षमता नगर्नेको तुलनामा १४ गुणासम्म बढी भएको अनुसन्धानले देखाएको छ । त्यस्तै ध्यान गर्ने व्यक्तिलाई ४८ प्रकारका रोग त लाग्नै पाउँदैनन् टाढैबाट भाग्छन् ।

अन्त्यमा
नेपाल योग र ध्यानका लागि उद्गम भूमि हो । धेरै शास्त्रहरुले नेपालमा आध्यात्मिक साधना गर्नका लागि थुप्रै ऋषिमुनिहरु, व्यक्तित्वहरुले समय खर्च गरेको हामी पढ्न पाउछौं तर दुःखको कुरा अहिले विश्वस्तरको आरोग्य नक्साले भने नेपाललाई समेटेको छैन । नेपाल योग र ध्यानको जन्मभूमि हो । जसरी आफ्नो आमालाई कमजोर देख्नु हँुदैन, त्यसैगरी नेपालको यो बृहत् सम्भावनालाई आरोग्य पर्यटनको बृहत् अवधारणाअन्तर्गत सदुपयोग गर्नुपर्दछ । विगत १४ वर्षअघि स्थापना भएर सक्रिय रहेको जीवन विज्ञानका कार्यक्रम लोकप्रिय हुँदै गएका छन् भने अन्तर्राष्ट्रियस्तरको साधना केन्द्रका रुपमा धादिङको थाक्रे गाउँपालिकामा जीवन विज्ञान धाम पनि निर्माण हुँदै छ । 


प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP