हामीले कुनै नवीनतम् उद्यम थाल्ने हो, कृषि गरिरहेका छौं भने त्यसलाई अझ विस्तारित र व्यावसायिक बनाउन लागि पर्ने हो, आन्तरिक बजारले आफ्ना उत्पादन खपत गरेनन् भने बाह्य बजारका लागि पहल गर्ने हो भने धेरै गर्न सकिन्छ । आजको सूचना, सडक सञ्जाल, हवाई सञ्जालको भूमण्डलीकरणको दुनियाँमा हामीलाई पनि विश्वव्यापी अवसर छ । तर त्यो अवसर चिन्नुपर्याे । आजको चीनमा उत्पादित मालवस्तुले विश्वबजारको करिब १० प्रतिशत हिस्सा ओगटेको छ । नेपालले चीनलेजस्तै आफ्ना अर्गानिक उत्पादनलाई विश्वमाझ पुर्याउन किन सक्दैन ?
देशको विकास, अर्थतन्त्रको वर्र्तमान अवस्था र भविष्यबारे व्याख्या विश्लेषण गर्दा धेरै विषय नियाल्न जरुरी देखिन्छ । मुख्यतः आजको विश्वव्यापीकरणको युगमा हामीले आन्तरिक अवस्थाको मूल्यांकन गरेरमात्र हुँदैन, बाह्य परिवेशलाई पनि हेर्न सक्नुपर्छ । नेपाल आफैंमा प्राकृतिक पर्यावरण, संस्कृति पर्यटन, जलविद्युत् र कृषिमा धेरै कुरामा सवल देश हो । हाम्रो जनसंख्या र भूगोलको संयोजन मिलेको छ । हामीसँग नभएको भनेको आत्मविश्वास र जाँगर हो ।
हामीले कुनै नवीनतम् उद्यम थाल्ने हो, कृषि गरिरहेका छौं भने त्यसलाई अझ विस्तारित र व्यावसायिक बनाउन लागि पर्ने हो, आन्तरिक बजारले आफ्ना उत्पादन खपत गरेनन् भने बाह्य बजारका लागि पहल गर्ने हो भने धेरै गर्न सकिन्छ । आजको सूचना, सडक सञ्जाल, हवाई सञ्जालको भूमण्डलीकरणको दुनियाँमा हामीलाई पनि विश्वव्यापी अवसर छ । तर त्यो अवसर चिन्नुपर्यो । आजको चीनमा उत्पादित मालवस्तुले विश्वबजारको करिब १० प्रतिशत हिस्सा ओगटेको छ । नेपालले चीनलेजस्तै आफ्ना अर्गानिक उत्पादनलाई विश्वमाझ पुर्याउन किन सक्दैन ? अवश्य सक्छ ।
१६औं योजनासँग आशा
राष्ट्रिय योजना आयोगले पाँच वर्षका लागि ल्याएको १६औं पञ्चवर्षीय योजना (आव २०८१/८२ देखि २०८५/८६) कार्यान्वयनको चरणमा छ । सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्न महत्वाकांक्षी लक्ष्यसहित आएको १६औं योजनाले नेपाली अर्थतन्त्रको सुदूर भविष्य राम्रै रहने संकेत गरेको छ । पाँच वर्षभित्रै नेपालले रोजगारी र उत्पादन क्षेत्रको वृद्धिमार्फत ५४ खर्बको जिडिपीलाई विस्तार गरेर १०३ खर्बको बनाउने लक्ष्य लिएको छ । त्यसैगरी आर्थिक वृद्धिदर सात प्रतिशतमाथि उकाल्ने लक्ष्य लिएको छ ।
यस योजनाले प्रतिव्यक्ति आय एक हजार ४५६ डलरबाट दुई हजार ३५१ डलरमा पुर्याउने, साक्षरता दर ८५ प्रतिशत पुर्याउने, बेरोजगारी दर पाँच प्रतिशतमा झार्ने, जलविद्युत् क्षमता हालको २८ सय मेगावाटबाट ११ हजार ७०० मेगावाटमा पुर्याउनेजस्ता महत्वाकांक्षी लक्ष्य लिएको छ । योजनाले लिएका यी लक्ष्य महत्वाकांक्षी भए पनि राज्यको सबै तप्का, निजी क्षेत्र र आमजनतासमेत इच्छाशक्ति देखाएरै लाग्ने हो भने पूरा गर्न सकिन्छ । नेपालमा बाटो, घाटो, बिजुली, इन्टरनेट, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा विगतमा प्राथमिकताका साथ लगानी भएका हुन् । आधारभूत पूर्वाधारको क्षेत्रमा देशले एक खालको फड्को मारिसकेको अवस्था छ । अबको खाँचो भनेको उद्यमशीलता वृद्धि, उत्पादन वृद्धि र रोजगारी सिर्जनामार्फत अर्थतन्त्र उकास्नु हो । त्यसका लागि राष्ट्रिय योजना आयोगले लिएको लक्ष्य र योजनालाई तादाम्यता मिलाउँदै तीनै तहका बजेट बन्नुपर्छ । केन्द्रीय योजना र सोहीअनुरुपको बजेटमार्फत मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सकिन्छ ।
सन्तुलित जनसंख्या
वि.सं. २०७८ को जनगणनाअनुसार नेपालमा अहिले दुई करोड ९१ लाख ६४ हजार जनसंख्या रहेको छ । २०६८ को तुलनामा पहिलोपटक नेपालको जनसंख्या वृद्धिदर एक प्रतिशतबाट घटेर ०.९२ प्रतिशत भएको छ । विश्वव्यापीरुपमै पछिल्ला वर्षमा जनसंख्या वृद्धिदर खुम्चिएको छ । बजार माग सिर्जना र आर्थिक गतिविधिको विस्तारको दृष्टिले जनसंख्या वृद्धिदर खुम्चनुलाई एलन मक्सजस्ता विश्वकै धनीहरूले चिन्ताको विषय मानिरहेका छन् । लगानी र वित्तीय सेवा प्रदायकको रूपमा विश्वप्रसिद्ध अमेरिकी संस्था गोल्डम्यान सर्चले गरेको भविष्यवाणीअनुसार सन् २०७५ मा पुग्दा अहिले बढी जनसंख्या भएका देशहरू नै क्रमशः धनी हुने सूचीमा छन् । गोल्डम्यान सचका अनुसार सन् २०७५ मा चीनको अर्थतन्त्र ५७ ट्रिलियन डलर, भारतको ५२.५ ट्रिलियन डलर, अमेरिकाको ५१.५ ट्रिलियन डलर, युरो एरियाको ३०.३ ट्रिलियन डलर र जापानको अर्थतन्त्र ७.५ ट्रिलियन डलरको हुने छ । जनसंख्यामा धनी देशहरू नै अबको विश्वमा आर्थिकरुपले सुपरपावर बन्दै छन् भनेर गोल्डम्यान सचजस्तो संसारभर आर्थिक अवसर खोज्ने, लगानी गर्ने कम्पनीको दाबी छ । त्यस हिसाबले हेर्दा नेपालको जनसंख्या वृद्धिदर घट्दै जानु चिन्ताकै विषय होला ।
वि.सं. २०७८ को जनसंख्याको संरचना हेर्दा नेपाल अहिले जनसांख्यिक लाभको अवस्थामा छ । अबको ३५ वर्ष नेपालको जानसांख्यिक अवस्थाबाट देशले अत्यन्तै लाभ लिन सकिने हिसाबको वयस्कहरूको वर्चश्वको अवस्था छ । छिमेकी मुलुक बंगलादेशको भूभाग एक लाख ४७ हजार ५७० वर्ग किलोमिटर रहेको छ । बंगलादेशको जनसंख्या भने १७ करोड नाघिसकेको अवस्था छ । तर लगभग त्यति नै भूभाग (एक लाख ४७ हजार १८१ वर्ग किलोमिटर क्षेत्रफल) रहेको नेपालको जनसंख्या तीन करोडभन्दा तलै हुनु उति नराम्रो त होइन तर समृृद्धिको हिसाबले पनि जनसंख्यालाई केही बढाउँदै लैजानुपर्ने आवश्यकता छ ।
जलविद्युत्मा उज्यालो दृश्य
जलविद्युत् नेपालको समृृद्धिका लागि सबैभन्दा ठूलो आधारशीला हो । खासगरी पछिल्ला दशकमा जलविद्युत् उत्पादनमा नै नेपालले भगिरथ प्रयत्नहरू गरिरहेको छ । वैंक तथा वित्तीय संस्थाको पनि जलविद्युत् कम्पनीहरूमा ठूलो लगानी गरिरहेका छन् । धेरैजसो वैदेशिक लगानी जलविद्युत् क्षेत्रमा नै केन्द्रित रहेको छ । अबको १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन हुने आधार तयार भएको ऊर्जा मन्त्रालयको भनाइ छ । १६औं योजनाले अबको पाँच वर्षमा ११ हजार ७०० मेगावाट बिजुली उत्पादनको लक्ष्य लिइसकेको छ । आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार ३६ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । देशले वार्षिक १६-१७ अर्ब रुपैयाँभन्दा बढी मूल्यको बिजुली निर्यात गर्न थालिसकेको छ । करिब ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेको नेपालका नदीनालाबाट अब एक दशकभित्र कम्तीमा १२-१५ हजार मेगावाट बिजुली उत्पादन गर्न अवश्य सकिन्छ । निर्माणाधीन केही आयोजना सम्पन्न हुने क्रममा छन् भने सयौं आयोजना निर्माणको क्रममा छन् ।कम्तीमा एक दशकबीच १५ हजार मेगावाट बिजुलीमात्रै उत्पादन हुँदा पनि नेपालको अहिलेको ४०-४२ अर्ब डलरको जिडिपीलाई ऊर्जा उत्पादनकै माध्यमबाट पनि ठ्याक्कै डबल अर्थात् ८०-८५ अर्ब डलरको बनाउन सकिने छ । आवधिक योजनाको लक्ष्यले गति लिए रोजगारी र उत्पादन क्षेत्रको वृद्धिमार्फत अर्थतन्त्रलाई थप गतिशील बनाउन सकिन्छ । फलस्वरुप हाल ६१ खर्ब रुपैयाँको कूल गार्हस्थ उत्पादनको आकारलाई वार्षिक औसत चारदेखि पाँच खर्ब रुपैयाँले बढ्दै आएको दरलाई बढाउन सकिन्छ ।
खासगरी ऊर्जा र पर्यटन क्षेत्रमा हुने बढ्दो आम्दानीमार्फत अबको चार वर्षमा २० खर्ब रुपैयाँले अर्थतन्त्रलाई विस्तार गरेर ८० खर्ब रुपैयाँको जिडिपी बनाउन सकिन्छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेको भारत भ्रमणका क्रममा आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजानेगरी दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । भारतले हालसम्म ठूला र साना आयोजना गरी ५२ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको र उसको जलविद्युत् उत्पादनको अरु विकल्प नगन्य रहेको बताइन्छ । चीनले पनि नेपालसँग विद्युत् खरिद गर्ने संकेत दिइसकेको छ । बंगलादेशसँग सन् २०४० सम्ममा १० हजार मेगावाट बिजुली खरिद गर्ने गरी कुरा अघि बढिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनसँगको व्यापारलाई सहजीकरण गर्नेगरी आफ्ना कार्यकालहरूमा दुई देशीय सम्झौता गरेका छन् । नेपालको निर्यात व्यापारको अबको बलियो खम्बा भनेको बिजुलीको व्यापार नै हो ।
राष्ट्रिय गौरवका आयोजना
नेपालमा हाल २४ वटा राष्ट्रियस्तरमा सघन महŒव राख्ने गौरवका आयोजना छन् । ती आयोजनामा वित्तीय स्रोत विनियोजनमा सरकारले प्राथमिकता दिएर कार्यान्वयनमा अनुगमन गर्दै आएको छ । समृद्धिमा ठूलो सरोकार राख्ने राष्ट्रिय गौरवका आयोजनाको निर्माणाधीनको अवस्थाले देशको सुदूर भविष्य उज्ज्वल देखिन्छ । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको लागत १८ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । मुलुकको आर्थिक सामाजिक रुपान्तरण, पुँजी निर्माण, रोजगारी सिर्जना र प्रादेशिक सन्तुलनमा ती आयोजना बहुआयामिक हिसाबले महŒव राख्छन् । पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत्, मेलम्ची आयोजना, काठमाडौं निजगढ फास्ट–ट्र्याक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सिक्टा र बबई सिँचाइजस्ता गौरवका आयोजनाले पनि नेपालको समृद्धिमा गतिलै प्रभाव पार्न सक्छन् ।
पर्यटनमा सम्भावना
नेपाल पर्यटकीय हिसाबले १० नम्बर भित्रैपर्ने गन्तव्यको रूपमा लिने गरिन्छ । तर पनि हामीले ठूलो संख्यामा पर्यटकलाई बोलाउन, आतिथ्यता गराउन सकेका छैनौं । संसारका २८ अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित १४ ठूला हिमशृंखला नेपालमै छन् । विश्वमै दुर्लभ मानिने ७५० भन्दा बढी प्रजातिका पक्षी नेपालमै पाइन्छ । दुर्लभ बाघ, भालु, चितुवा, हरिण, मृग, गैँडा हेर्न नेपालमै आउनुपर्छ । सयौं भाषा, वेष र संस्कृति यहीँ छन् । फरक-फरक जलवायु यहीँ छ । विश्वमा हाल पर्यटन क्षेत्रको अकार वल्र्ड ट्राभल्स एण्ड टुरिजम काउन्सिलको सन् २०२४ को तथ्यांकअनुसार १०.९ ट्रिलियनको डलर पुगिसकेको छ । खासगरी चीन र अमेरिकाले नै पर्यटन क्षेत्रमा करिब आधा लगानी गरेका बताइन्छन् । लगानी उच्च भएकै कारण चीनमा बर्सेनि १० करोड बढी मानिसले पर्यटक भएर भ्रमण गर्न थालिसकेका छन् । त्यस्तै भारतमा सन् २०२४ मा ९९ लाखभन्दा बढी मानिसले पर्यटन भित्रिएका थिए भने एक करोड हाराहारीलाई भारतमा यस क्षेत्रले रोजगारी दिइरहेको अवस्था छ ।
राजनीतिक स्थायित्वकै कारण भारतमा पर्यटक आगमन बढेको बताइन्छ । त्यस्तै फ्रान्स पर्यटकीय दृष्टिले पहिलो गन्तव्यस्थल नभए पनि सबैभन्दा बढी पर्यटक भित्र्याउने राष्ट्रमा पर्ने गर्छ । पर्यटनमैत्री वातावरण उसको प्राथमिकतामा पर्ने गर्छ । अमेरिका, इटाली, बेलायत पर्यटक आगमनमा दोस्रो, तेस्रो र चौथो मुलुकमा पर्दै आएका छन् । नेपालमा पनि पछिल्ला दशक पर्यटनमा सम्भावना देखेर होटल क्षेत्रमा ठूलो लगानी भइरहेको छ । होटल तथा पर्यटन पूर्वाधारमा भइरहेको लगानी विस्तारले नेपालमा पर्यटन क्षेत्रबाट समुद्धिको उज्यालो देखिएको छ ।