Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
द्विपक्षीय श्रम सम्झौता भएका मुलुक १३ पुग्यो साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १२, २०८२

काठमाडौं- नेपालले साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता गरेको छ । आइतबार साँझ साउदीको राजधानी रियादमा आयोजित एक विशेष समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

नेपालीहरुको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदीसँग लामो प्रयासपछि श्रम सम्झौतामा हस्ताक्षर भएको हो । योसँगै नेपालसँग द्विपक्षीय श्रम सम्झौता गर्ने मुलुकको संख्या १३ पुगेको छ । साउदी अरबसँग भएको सम्झौतामा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी अहमद विन सुलेमान अल–राजहीले हस्ताक्षर गरेका श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । सम्झौताका लागि नेपालबाट श्रममन्त्री भण्डारी, प्रवक्ता घिमिरे र सहसचिव प्रविण कोइरालासहितको टोली आइतबार साउदी पुगेको थियो ।

पहिलो श्रम सम्झौता भएकाले श्रमिकको हक हित र दुई देशबीचको श्रम कूटनीतिका आधारभूत विषयहरु समावेश रहेको मन्त्रालयले जनाएको छ । श्रमिकको भर्ना प्रक्रियाको पारदर्शिता, श्रमिकको पारिश्रमिक सुनिश्चितता, इजाजतप्राप्त संस्थाले लिने चर्को शुल्क नियन्त्रण, श्रमिकका समस्या समाधानलगायतका विषयमा सम्झौता केन्द्रित भएको जनाइएको छ ।

Nada Auto Show 2026
Hardik health

मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)को ऐनअनुसार श्रम सम्झौता भएको छ । साउदीसँग २०६५ सालमा तत्कालीन श्रममन्त्री लेखराज भट्ट र श्रम राज्यमन्त्री मोहम्मद अफ्ताव आलमले श्रम सम्झौताका लागि पहिलोपटक छलफल गरेका थिए । त्यसपछि नेपालपक्षको मागपछि साउदीले २०६८ सालमा नेपालमा आफ्नो दूतावास खोले पनि श्रम सम्झौताका लागि चासो देखाएको थिएन ।

विगतदेखि नै साउदी नेपालीहरुको प्रमुख रोजगार गन्तव्य बन्दै आएको छ । त्यहाँ हाल चार लाख नेपाली श्रमिक कार्यरत रहेको बताइन्छ । प्रत्येक वर्ष एक लाखभन्दा बढी कामदार जाँदै आएको अवस्थामा श्रम सम्झौताको प्रस्तावलाई साउदीले बेवास्ता गर्दै आएको थियो । सन् २०३४ को फिफा विश्वकप फुटबल आयोजना गर्ने तयारी गरिरहेको अवस्थामा बन्दै गरेका पूर्वाधारमा ठूलो संख्यामा कामदार आवश्यक र अन्तर्राष्ट्रियस्तरमासमेत श्रमिकको अधिकार हनन भएको भन्दै प्रश्नहरु उठिरहेको अवस्थामा सम्झौताको बाटो खुलेको हो । साउदीले आगामी १० वर्षसम्म ठूलो संख्यामा नेपाली कामदार लग्ने बताउँदै आएको छ ।

सरकारी विवरणअनुसार त्यहाँ ६० प्रतिशतभन्दा बढी नेपाली अदक्ष श्रमिकका रुपमा कार्यरत छन् । उनीहरु निर्माण, सफाइ, प्याकेजिङ, लोडिङ, ढुवानीजस्ता काममा जाने गरेका छन् । यसबाहेक सवारी चालक, मेसिन अपरेटर, सेल्स तथा उत्पादन क्षेत्रमा बढी कामदार जाँदै आएका छन् ।

प्रस्तावित मुलुकले देखाउँदैनन् चासो
प्रत्येक वर्ष नेपालीहरु विश्वका १५० भन्दा बढी मुलुकमा रोजगारीका लागि पुग्ने गरेका वैदेशिक रोजगार विभागको तथ्यांक छ । कुनै पनि मुलुकमा पाँच हजारभन्दा बढी कामदार गएको अवस्थामा उनीहरुको श्रम अधिकारको रक्षाका लागि श्रम सम्झौता गर्नु उपयुक्त मानिन्छ । तर सम्झौता भएका मुलुकको संख्या भने न्यून छ ।

सरकारले श्रमिकका लागि तुलनात्मकरुपमा राम्रो काम गर्ने वतावरण भएका र बढी कमाइ हुने गन्तव्यहरुलाई पहिचान गरी १५ वटा मुलुकलाई द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव गरेको छ । जसमा बोस्नीया र हर्जगोभिना, अल्बानिया, क्रोएसिया, लक्जम्बर्ग, माल्टा, साइप्रस, पोल्याण्ड, पोर्चुगल, सर्बिया, बेल्जियम, अस्ट्रिया, मोन्टेनेग्रो ब्रुनई, माल्दिभ्स र टर्की रहेका छन् । प्रस्ताव गरिएका अधिकांश मुलुक युरोपका छन् । पछिल्लो समय हङकङले भने सम्झौताका लागि चासो देखाएको श्रम मन्त्रालयका अधिकारीहरु बताउँछन् । 

हालसम्म कतार, दक्षिण कोरिया, बहराइन, जोर्डन, मलेसिया, जापान, मरिसस, युएई, इजरायल, बेलायत, रोमानिया र जर्मनीसँग नेपालले सम्झौता गरेको छ । जसमध्ये मलेसिया, कतार, दक्षिण कोरियालगायतका मुलुकसँगको श्रम सम्झौता नवीकरण गर्नुपर्ने अवस्थामा छ । सरकारले कुवेतसँग छिट्टै श्रम सम्झौता गर्ने र इजरायलसँगको सम्झौतामा दुई वटा प्रोटोकल थपेर नवीकरण गर्ने तयारी गरिरहेको छ ।
 


प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP