Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास
स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १४, २०८२
नवराज ढकाल

 

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकासका लागि स्वच्छ खाना पकाउने ऊर्जा, वितरित नवीकरणीय ऊर्जा, विद्युतीय सवारी (ई-मोबिलिटी), आधुनिक र कृषि क्षेत्रमा ऊर्जा दक्षतालगायत क्रियाकलापमा लगानीका सम्भावनाहरू रहेका छन् । अर्थतन्त्रको न्यून कार्बनीकरणका अवसर तथा चुनौतीहरू एवं मिश्रित लगानीबाट लिन सकिने लाभको पहिचान गर्न तथा स्वच्छ ऊर्जा क्षेत्रको लगानीलाई स्तरोन्नति गर्दै लैजानुपर्ने देखिन्छ । नेपालले राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूमा डिकार्बनाइजेसनलाई प्राथमिकतामा राखेको छ ।

विश्व तापमान वृद्धिको प्रमुख कारक तत्वका रूपमा रहेको हरितगृह ग्यास÷कार्बन उत्सर्जनसम्बन्धी अन्तर्राष्ट्रिय दृष्टिकोणलाई हेर्दा विश्वको कूल उत्सर्जनमा ऊर्जा क्षेत्रको हिस्सा करिब ७६ प्रतिशत रहेको पाइन्छ । जलवायु परिवर्तन तथा कार्बन वित्त परिचालन सम्बन्धमा अन्तर्राष्ट्रिय परिवेशलाई दृष्टिगत गर्दा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेञ्ज, आइपिसिसी) को प्रतिवेदन, २०२३ अनुसार तापमानलाई १.५ डिग्री सेल्सियस र दुई डिग्री सेल्सियसको बीचमा सीमित राख्नका लागि हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका उपायहरूलाई थप प्रभावकारी बनाउनु जरुरी देखिन्छ । 

विश्वव्यापीरूपमा खुद शून्य हरितगृह ग्यास उत्सर्जनको अवस्था हेर्दा सन् २०१९ को उत्सर्जन सन् २०१० को भन्दा १२ प्रतिशतले वृद्धि भएको पाइन्छ । हरितगृह ग्यास उत्सर्जनका सबै क्षेत्रबाट उत्सर्जन न्यूनीकरणलाई उच्च प्रभावकारिताका साथ अवलम्बन गरेरमात्र खुद शून्य कार्बन उत्सर्जन वा खुद शून्य हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणको लक्ष्य हासिल गर्न सकिन्छ । तसर्थ, विश्व तापमान वृद्धिले खतराको सीमा पार गर्नुअगावै यसको उचित नियन्त्रण गर्न तत्काल हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणसम्बन्धी कार्यहरूलाई द्रुत्ततर एवं गम्भीर ढंगले अघि बढाउनु अपरिहार्य देखिन्छ ।

Hardik health

ऊर्जा क्षेत्रमा न्यून कार्बनीकरण वा ‘डिकार्बनाइजेसन’ भन्नाले ऊर्जाको उत्पादन, वितरण तथा उपभोगबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई न्यूनीकरण गर्दै अन्ततः पूर्णरूपमा हटाउने प्रक्रियालाई बुझिन्छ । ऊर्जा क्षेत्रमा डिकार्बनाइजेसनका मुख्यतया तीनवटा उपाय रहेका छन्ः इन्धन रुपान्तरण (फ्युल स्विचिङ), राष्ट्रिय प्रसारण (ग्रिड) लाइनको सबलीकरण र ऊर्जा दक्षता । फ्युल स्विचिङ भनेको परम्परागत ऊर्जा र खनिज इन्धनबाट सञ्चालित प्रविधिहरू (सवारीसाधन, मेसिनरी, घरायसी उपकरण विशेषगरी खाना पकाउने प्रविधि) लाई स्वच्छ ऊर्जाबाट सञ्चालन गर्नु हो । फ्युल स्विचिङका प्रमुख क्षेत्रहरूमा घरायसी, यातायात, उद्योग र कृषि रहेका छन् ।

राष्ट्रिय प्रसारण (ग्रिड) लाइनको सबलीकरण भनेको मौसमी सन्तुलन, आयात न्यूनीकरण, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति, विद्युतीय पूर्वाधारहरूको स्तरोन्नतिको माध्यमबाट ग्रिडलाई हरितगृह ग्यास उत्सर्जनमुक्त बनाउनु हो । अर्थात् हामीले उपयोग गर्ने (स्वदेशमै उत्पादित विद्युत् वा आयात गरिएको) विद्युत् परम्परागत खनिज इन्धनमा आधारित नभई शून्य कार्बन स्रोत जस्तैः सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोतमा आधारित रहेको सुनिश्चितता गर्नु हो । ऊर्जा दक्षता भनेको ऊर्जा दक्ष उपकरण, ग्रिड र औद्योगिक मेसिनरीको उपयोगबाट कुनै वस्तु वा सेवाको उत्पादनमा लाग्ने ऊर्जाको परिमाणलाई कम गर्नु हो ।

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकासका लागि स्वच्छ खाना पकाउने ऊर्जा, वितरित नवीकरणीय ऊर्जा, विद्युतीय सवारी (ई-मोबिलिटी), आधुनिक र कृषि क्षेत्रमा ऊर्जा दक्षतालगायत क्रियाकलापमा लगानीका सम्भावनाहरू रहेका छन् । अर्थतन्त्रको न्यून कार्बनीकरणका अवसर तथा चुनौतीहरू एवं मिश्रित लगानीबाट लिन सकिने लाभको पहिचान गर्न तथा स्वच्छ ऊर्जा क्षेत्रको लगानीलाई स्तरोन्नति गर्दै लैजानुपर्ने देखिन्छ ।

नेपालले राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूमा डिकार्बनाइजेसनलाई प्राथमिकतामा राखेको छ । तेस्रो राष्ट्रिय निर्धारित योगदान, दिगो विकास लक्ष्य, खुद शून्य उत्सर्जनसम्बन्धी नेपालको दीर्घकालीन रणनीति, १६औं योजना, ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ लगायत दस्तावेजहरूमा डिकार्बनाइजेसनसम्बन्धी लक्ष्यहरू समेटिएका छन् ।

स्वच्छ ऊर्जा दिवसको आयोजना
संयुक्त राष्ट्रसंघले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणका लागि सचेतना जगाउने र सोहीबमोजिमका क्रियाकलापहरू सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२३ मा घोषणा गरी २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका रूपमा मनाउँदै आएको छ । यो दिवस विश्वभर विभिन्न कार्यक्रमहरू गरेर मनाउने गरिन्छ । नेपालमा यो दिवस मनाउने कार्य वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गर्दै आएको छ ।

केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरूको प्रवर्द्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने तथा ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरूसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको छ । यसका साथै नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन परियोजनाहरूको विकास तथा हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकायका रूपमासमेत कार्य गर्दै आएको छ ।

यसै सन्दर्भमा केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरूको सहयोगमा ‘स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन’ आयोजना गरेको छ । स्वच्छ ऊर्जा तथा जलवायु परिवर्तनसम्बन्धी लक्ष्यमा योगदान पु¥याउने उद्देश्यले आयोजित यस कार्यक्रम गत वर्ष आयोजना गरिएको ‘उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रुपान्तरणसम्बन्धी सम्मेलन’को निरन्तरता पनि हो ।

तथापि, यस वर्षको सम्मेलनले न्यून कार्बनीकरणको व्यावहारिक पक्षमा जोड दिँदै बहसलाई व्यवहारमा रुपान्तरण गर्ने उद्देश्य लिएको छ । सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारीरगैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमुलक÷प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ताहरू, यस क्षेत्रका अभ्यासकर्ता, निजी क्षेत्र, सञ्चारजगत्, नगारिक समाज एवं क्षेत्रगत विज्ञहरू एउटै मञ्चमा उपस्थित भई स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्रको विकासमा तीव्रता दिनका लागि रणनीतिक दृष्टिकोणसम्बन्धी छलफल÷अन्तरक्रिया गर्ने अवसर जुटाउने छ ।

स्वच्छ ऊर्जा प्रवर्द्धनमा केन्द्रको पहल
स्वच्छ ऊर्जाको माध्यमबाट नेपालको न्यून कार्बन विकास, सामाजिक आर्थिक समुन्नति र हरित अर्थतन्त्र विकासमा केन्द्रको महŒवपूर्ण योगदान रहँदै आएको छ । केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा हासिल गरेका उपलब्धिहरूले न्यून कार्बनीकरणमा महŒवपूर्ण योगदान पु¥याएको छ । सरकारले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र स्वच्छ ऊर्जा रुपान्तरणका कार्यहरूलाई अघि बढाउन बलियो कानुनी आधार खडा गर्ने उद्देश्यका साथ नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अघि बढाएको छ । यस क्षेत्रमा हासिल गरेका उपलब्धिहरूलाई संस्थागत गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ऐनको रुप दिने कार्यलाई निर्वाचित संसद्ले पारित गर्ने विश्वास गरिएको छ ।
केन्द्रले हालसम्म लघु तथा साना जलविद्युत्, सुधारिएको पानीघट्ट, सौर्य/सौर्य-वायु मिनिग्रिड, घरेलु सौर्य विद्युत् प्रणाली, संस्थागत सौर्य विद्युत् प्रणाली, सौर्य सडक बत्ती, मठमन्दिर तथा होमस्टेमा सौर्य ऊर्जा प्रणाली, घरायसी बायोग्यास, संस्थागत, सहरी तथा व्यावसायिक बायोग्यास, सुधारिएको चुलो, विद्युतीय चुलोलगायत परिविधि विस्तारबाट समग्रमा देशको करिब ३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुर्‍याएको छ ।

कूल विद्युत् पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करिब छ प्रतिशत रहेको छ । विद्युत् पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको क्षेत्रमा केन्द्रले विशेष जोड दिँदै आएको छ । नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरू क्रियाशील रहेका छन् जसबाट प्रत्यक्ष र अप्रत्यक्षरूपमा ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ ।

साथै, केन्द्रले सन् २००५ देखि नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन व्यापारसम्बन्धी कार्यको थालनी गरेको हो । केन्द्रले स्वच्छ विकास संयन्त्रअन्तर्गत आठवटा आयोजनाबाट हालसम्म कूल ६६ लाख ८० हजार मेट्रिकटन युनिट प्रमाणित कार्बन उत्सर्जन न्यूनीकरण उत्पादन गरी कार्बन व्यापारमार्फत करिब ३६.०११ मिलियन अमेरिकी डलर आम्दानी गरेको छ भने यी कार्बन परियोजनाको सञ्चालनबाट भविष्यमा थप आम्दानी हुने सुनिश्चित गरेको छ ।

नेपालको संविधानले लिएको समावेशी आर्थिक सामाजिक विकासको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जाको विस्तार र ऊर्जा दक्षताको बाटो अवलम्बन गरी स्वच्छ ऊर्जा रुपान्तरणको बाटो अपनाउनु अपरिहार्य रहेको छ । यसका लागि प्रभावकारी र परिणाममुखी सहकार्य जरुरी देखिन्छ ।
 


प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP