काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुन मुल्य सामान्य घटेको छ । सुनको मूल्य आज तोलामा ३०० रुपौयाँले घटेर १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आईतबार सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । साथै तेजाबी सुनको मूल्य पनि घटेको छ । आईतबारको तुलनामा २५५ रुपैयाँले घटेर प्रतितोला १ लाख ६९ हजार ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । नेपाली बजारमा ५ रुपैयाँले बढेर चाँदी आज २ हजार ३५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा २ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।