Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
रोजगार वार्ता ‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २, २०८२
Energy Drink Energy Drink

सधैं अस्तव्यस्त रहने वैदेशिक रोजगार विभागमा पछिल्लो समय सुधार देखिन थालेको छ । विभागको महानिर्देशकमा कमलप्रसाद भट्टराईको आगमनसँगै सुधार देखिन थालेको हो । भट्टराईले २२ वैशाखमा महानिर्देशकको कार्यभार सम्हालेका हुन् । उनले आउनेबित्तिकै हप्तौं कुर्नुपर्ने श्रम स्वीकृतिलाई दुई मिनेटमै गर्ने व्यवस्था कार्यान्वयनमा ल्याए । त्यसपछि विभागमा हुने भीडभाड हटेको छ । विभागको अन्य सेवामा पनि विस्तारै सुधार हुन थालेको सेवाग्राहीले बताउने गरेका छन् । खराब छवि बनिसकेको विभागमा चुनौती लिएर नै आफू आएको उनी बताउँछन् । उनको अठोट छ, विभागको छविमा सुधार ल्याउने । सोही अठोटका साथ काम गरिरहेका महानिर्देशक भट्टराईसँग प्रभाव संवाददाता ममता थापाले गरेको कुराकानीः    

वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएको केही महिनामात्रै भयो, यहाँ आएपछि विभागको अवस्था कस्तो पाउनुभयो ?
यहाँको जिम्मेवारीलाई मैले चुनौतीको रुपमा लिएको छु । आउनुअघि निकै सोचेँ, किनकि विभागको छवि बाहिर त्यति राम्रो थिएन । तर, म अहिलेसम्म जहाँ गएँ, त्यहाँ केही न केही ‘रिफर्म’ गरेको छु । समस्या भएको ठाउँको सुधार हामीले नगरे कसले गर्छ भनेर हिम्मत गरेरै आएको हुँ ।
यहाँ आउँदा सोल्टीमोडदेखि नै माछा बजारजस्तो ‘श्रम गर्ने हो ?’ भन्दै तानातान गरेको देखियो । विभागको कम्पाउण्डभित्र बिचौलियादेखि सेवाग्राहीको उत्तिकै भीडभाड । राहत शाखा, मुद्दा शाखामा झै–झगडा, कुटाकुट ! यस्तो समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि चुनौती लिएर आएको हुँ । अहिले त्यो अवस्था हटिसकेको छ । धमिलो छवि भएको विभाग सङ्लीसकेको जस्तो लाग्छ । अबको डेढ–दुई महिनाभित्र यसले नयाँ रुप धारण गर्छ ।

विभाग आएपछि सुधारका काम के–के गर्नुभयो ?
श्रम स्वीकृतिका लागि विगत १० वर्षदेखि अनलाइन एप्लिकेसन सुरु गरे पनि कम्तीमा पनि दुई हप्ताभन्दा बढी लाग्ने अवस्था थियो । गरिबको छोराछोरी विदेश जान काठमाडौं आएर बस्नुपर्छ । यातायातमा ओहोरदोहोर गर्नुपर्छ, काम नभए बिचौलियाकहाँ पुग्नुपर्छ । यसले उसको बसाइँ महँगिदै जान्छ । तुरुन्तै सुधार गर्नुप¥यो भनेर कानुनमा हेर्दा तीन दिनभित्र दिनुपर्छ भनेको रहेछ । त्यसपछि कति जना कर्मचारी छन्, एक जनाको प्रोसेसिङ गर्न कति समय लाग्छ, र दिनमा कति जनाको प्रोसेसिङ गर्दा पर्खाइमा रहेका कोटालाई क्लियर गर्न सकिन्छ भनेर हिसाब गरेँे । त्यसरी हेर्दा जुन दिन आवेदन दियो, सोही दिन स्वीकृत गर्न सम्भव देखेँ । म आएको सात दिनभित्रै आवेदन लिएकै दिनमा श्रम स्वीकृति दिने निर्णय गरेँ । अहिले एउटा श्रम स्वीकृति दिन दुई मिनेट पनि लाग्दैन ।अर्को, संस्था नवीकरण गर्न आउँदा फाइल बोकेर मान्छे आफैं आउनुपर्ने अनि करिब १० दिन लाग्दो रहेछ । त्यसलाई पनि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस)को सिस्टमबाटै नवीकरण गर्ने व्यवस्था रहेछ । सबैलाई पत्राचार गरेर डकुमेन्ट र निवेदन अपलोड गर्नू भनेर सूचित गरायौं । अहिले नवीकरण आजको आजै हुन्छ । क्यासलेस, फेसलेस र पेपरलेस सेवा कार्र्यान्वयनमा ल्याएका छौं ।

तेस्रो, थुनुवा बोकेर लैजाने गाडी थिएन । भएका साना तीन–चार वटा गाडी पाँच जना जतिमात्रै बोक्ने थिए तर मान्छेहरु २५–३० जनासमेत बोक्नुपर्ने । एउटा ठूलो गाडी किन्न हामीसँग बजेट थिएन । मैले भन्सारसँग समन्वय गरेर रसुवामा जफत भएको ३० जना बोक्न मिल्ने गाडी ल्याएँ । अहिले त्यही गाडी प्रयोग गरिरहेका छौं ।
त्यसैगरी विभागको वातावरण कर्मचारीमैत्री र सेवाग्राहीमैत्री बनाइएको छ । मुद्दा शाखा पनि यत्रतत्र छरिएर रहेको थियो । त्यसका लागि अलग्गै ‘सी ब्लक’ बनायौं । अहिले सबै कामका लागि टोकन प्रणाली लागू गरेका छौं ।

Ncell
Hardik health

विभागका कर्मचारीको काम गर्ने प्रवृत्तिमा धेरै गुनासो आउने गरेको छ, यसमा सुधार गर्न के गर्दै हुनुहुन्छ ?
योभन्दा अगाडि सिस्टम जाम भएर ह्याङ हुँदो रहेछ अनि सिस्टम चलेन, राति चाप कम हुन्छ अनि काम गर्ने भन्दा रहेछन् । अहिले उही दिनमा, कार्यालय समयमै काम हुन्छ । कर्मचारीहरुलाई पहिले कुन बेला अख्तियार आउँछ कि, सिआइबी पो आउँछ कि भन्ने डर थियो । त्यस्तो प्रवृत्ति अहिले हटिसकेको छ । पारदर्शी काम गरेपछि कोही आउँदैन भनेर ढुक्कसँग काम गर्ने वातावरण बनेको छ । अनुगमन गर्दा बोली वचन अत्यन्त नरम, शिष्ट भाषामा अनुगमन गर्ने तर कानुनचाहिँ कडाइका साथ पालना गर्ने भनेर कर्मचारीहरुलाई अभिमुखीकरण गराएको छु ।

विभागबाट अनुगमनमा जाँदा अनावश्यक दुःख दिने गुनसो व्यवसायीहरुबाट व्यापक आउने गरेको छ नि ?
त्यसमा सत्यता छैनन् । अनुगमनमा गएन भने कुरो मिलेको हुनाले अनुगमनमा गएन भन्ने अनि अनुगमनमा जाँदा दुःख दियो भन्छन् । दराज खोल्यो, रजिस्टर खोल्यो, विभिन्न प्रश्न सोध्यो भनेर उहाँहरु गुनासो गर्नुहुन्छ । अनुगमनमा फूलपाती, धूप लिएर पूजा गर्ने हो र ? अनुगमन गर्दा तीन पेजको चेक लिस्ट बनाएका छौं । त्यत्तिकै गएका छैनौं । तपाईंहरुको संस्थामा यो–यो कुरा हेर्छौं । अपडेट भएर बस्नुपर्छ । जुनसुकै बेला आउन सक्छौं भनेर संघको मान्छे बोलाएर छलफल ग¥यौं, वेबसाइटमा राख्यौं । यसमा कमी कमजोरी भयो भने कानुनबमोजिम कारबाही हुन्छ भनेर सचेत गराएका छौं । जानकारी गराउँदा पनि आफ्नो तयारीको काम नगरी बस्ने अनि विभागले दुःख दियो भन्ने ?

त्यसोभए व्यवसायीहरुको चाहना अनुगमन नहोस् भन्ने नै देखिन्छ हो ?
क्षणिक स्वार्थका लागि हामीचाहिँ बद्मासी गरिरहन पाउँ भन्ने हुनसक्छ । तर, नेपाल सरकारले तोकेको ऐन, नियम, कानुनअनुसार दर्ता भएर व्यापार व्यवसाय गर्ने भएपछि तोकिएको कानुन तथा मापदण्ड प्रयोग गर्नुपर्छ । बेलाबेलामा अनुगमन, छड्के हुनसक्छ । ऐन, नियमबमोजिम अपडेट भएर बस्नुपर्छ भनेर व्यवसायी आफैंले बुझ्नुपर्छ ।

विभागले म्यानपावर कम्पनीको कार्यसम्पादनको पनि छुट्टै अध्ययन गरिरहेको भन्ने छ, के को लागि र कसरी हुँदै छ ?
हो, अध्ययन गरिरहेका छौं । सायद अब हामी चाँडै नै सार्वजनिक गर्छौं । एक वर्षभरिको तथ्यांक निकालेर सार्वजनिक गरौं भनेर लागिपरेका थियौं । तर म आउनुभन्दा अघि छ–सात महिना म्यानुअल्ली काम भएको रहेछ । त्यस्ता फाइलहरु हेरेर के विषयमा कस्तो उजुरी आएको थियो भन्ने संकलन गर्ने काम हुँदै छ । कामको चापका कारण सबै तयारी गर्न भ्याइनसके पनि अब त्यो कम्पाइल गरिसकेपछि सार्वजनिक गर्छौं । यद्यपि, व्यापार व्यवसायको हकमा फलानो म्यानपावरले यस्तो गल्ती गरेको रहेछ भनेर सार्वजनिक गर्ने विषय अनुसन्धानको दायराभित्र पर्ने भएकाले संस्थाको नाम नै सार्वजनिक गर्न भने मिल्दैन । सबैभन्दा बढी गल्ती गर्ने, औसत गल्ती गर्ने र न्यून गल्ती गर्ने म्यानपावरको संख्या निकालेर सार्वजनिक गर्छौं ।
 
विभागमा व्यवसायीको पहुँच हुँदा पीडितले राहत, क्षतिपूर्ति पाउनै कठिन हुन्छ भनिन्छ, किन यस्तोे हुन्छ?
यो गलत हो । पछिल्लो अवस्थामा हरेक क्रियाकलाप प्रभावकारी, पारदर्शी रुपले जनता केन्द्रित भएर अघि बढेको छ । उजुरी आएको हकमा म्यानपावर व्यवसायीलाई काउन्सेलिङ गरेर क्षतिपूर्ति दिलाउने काम गरिरहेका छौं ।

मुद्दा फाँटको अस्तव्यस्तता अझै उस्तै देखिन्छ, कहिले हुन्छ यसको सुधार ?
अव्यवस्थित रुपमा रहेका फाइलहरुलाई राम्रो लाइबे्ररीजस्तो अवस्थामा ल्यायौं । जनशक्तिको अनुपातमा मुद्दाको संख्या विगत लामो समयदेखिको ठूलो संख्यामा भएकाले अझै पनि व्यवस्थित बनाउन सकिरहेका छैनौं । हामी ‘पोलिसी ट्रान्सफर्म’को प्रक्रियामा छौं । त्यसपछि यहाँ भएका सीमित जनाशक्तिले ती मुद्दालाई राम्रो व्यवस्थापन गर्नसक्छ, डिजिटल्ली म्यानेज गर्नसक्छ । अब आगामी दिनमा हामी ‘ब्युरोक्रेटिक हर्डल’बाट होइन, ‘डिजिटोक्रेटिक सिस्टम’बाट ह्याण्डल गर्ने अवस्थामा छौं । 
 
पछिल्लो समय व्यक्तिगत ठगीको ग्राफ बढ्दो छ । यसको नियन्त्रण सरकारको हातबाहिरको कुरा हो ?
सरकारको नियन्त्रणबाहिर कुनै पनि कुरा हुँदैन । विशेषगरी युरोपेली मुलुक जाने क्रममा ठग्ने, ठगिने बढेको हो । यसलाई लिएर सचेतना जगाउने काम गरिरहेका छौं । पछिल्लो अवस्थामा नेपाल सरकारको सबैभन्दा ठूलो एप भनेको नागरिक एप हो, श्रम मन्त्रालयले तर्जुमा गरेको सबैभन्दा ठूलो एप श्रम संसार हो । र, हामीले चलाउँदै गरेको सिस्टम फेमिस सिस्टम हो । विदेशबाट आएको जुनसुकै रोजगारीको सूचना फेमिस सिस्टममा आउँछ । यो सिस्टम श्रम संसार र एनआइडी दुवैतिर इन्टिग्रेट भएको छ । यसमा आएको विज्ञापनमा मात्र भर पर्नुहोला । ‘क्रस भेरिफाइ’ गर्न मन लाग्यो भने विभागको वेबसाइट, मन्त्रालयको वेबसाइट हेर्नुहोला । भिसा, टिकट सबै कन्फर्म भएपछि मात्र पैसा बुझाउने काम गर्नुहोला ।
 
व्यक्तिगत ठगीका घटना सन्बन्धित जिल्लाबाटै हेर्ने व्यवस्था मिलाउने भन्नुभएको थियो, कहिलेबाट सुरु हुन्छ ?
यसको नीतिगत सम्बोधनका लागि लागिसकेका छौं । दूरदराजको मान्छेको उजुरी गर्ने ठाउँ विभागमात्र भयो भने आउन र उजुरी हाल्न लाग्ने समय, पैसा सबै खर्च गर्दा अन्तिममा आफ्नै पक्षमा न्याय पाउला तर उसले वास्तविक न्याय पायो त ? ऐन संशोधनको काम अगाडि बढेको छ । हामीले यहाँबाट लेखेर पठाएका छौं । मन्त्रालय पनि ‘कन्भिन्स’ भइसकेको छ । केही दिनभित्र विधेयकको रुपमा संशोधन गरेर जान्छ । संसद्मा गएपछि बढीमा तीन महिनाभित्र यसले निकास पाउला भन्ने लाग्छ । त्यसपछि यस्ता ठगी हेर्ने जिम्मा सम्बन्धित जिल्लाका प्रहरीले अनुसन्धान गर्ने, जिल्लाका सरकारी वकिल कार्यालयले अभियोजन गर्ने र सम्बन्धित अदालतले न्याय सम्पादन गर्छन् । अदालत जाँदा पीडितले थप खर्च गर्नुपर्दैन ।
 


प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ११:२५
#कमलप्रसाद भट्टराई महानिर्देशक
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
'संविधान संशोधनको मूल थलो सदनलाई बनाउनुपर्छ'
'संविधान संशोधनको मूल थलो सदनलाई बनाउनुपर्छ' शनिबार, असोज ३, २०८३
'राष्ट्रिय सहमतिमै संविधान संशोधन हुन्छ, पुनर्लेखनको बहसमा छैनौं'
'राष्ट्रिय सहमतिमै संविधान संशोधन हुन्छ, पुनर्लेखनको बहसमा छैनौं' शनिबार, असोज ३, २०८३
‘बालेन सरकार सिण्डिकेटधारीको प्रभावमा पर्छ भन्ने लाग्दैन’ [भिडियोसहित]
‘बालेन सरकार सिण्डिकेटधारीको प्रभावमा पर्छ भन्ने लाग्दैन’ [भिडियोसहित] आइतबार, भदौ २८, २०८३
‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा द्विविधा छैन’
‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा द्विविधा छैन’ बुधबार, भदौ २४, २०८३
‘बेत्रावतीका सेन्सर नै बगाउने बाढीको आकलन सकिएन, अब चीनसँग ‘रियल टाइम’ सूचना प्रणाली बनाउनुपर्छ’
‘बेत्रावतीका सेन्सर नै बगाउने बाढीको आकलन सकिएन, अब चीनसँग ‘रियल टाइम’ सूचना प्रणाली बनाउनुपर्छ’ शुक्रबार, भदौ १९, २०८३
सिण्डिकेटको त्रास अन्त्य भएको छैन
सिण्डिकेटको त्रास अन्त्य भएको छैन मंगलबार, भदौ ९, २०८३
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’ सोमबार, साउन ११, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP