Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भ्रष्टाचारको थलो स्थानीय तह !
भ्रष्टाचारको थलो स्थानीय तह !
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ११, २०८२

मुलुकमा भ्रष्टाचार नियन्त्रणको नारा नलगाउने कुनै दल छैन । नयाँ होस् या पुरानो दल, उसको मूल नारा नै हुन्छ भ्रष्टाचार नियन्त्रण । तर, जब सरकारको नेतृत्वमा पुग्छ त्यो नारालाई कुल्चेर आफैं भ्रष्टाचारमा लिप्त हुन्छ । भ्रष्टाचारका विभिन्न प्रकरणमा नेताहरुको संलग्नाका पछिल्ला उदाहरणहरुले पनि यसलाई पुष्टि गर्छ । त्यसो त मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै निकाय छ, कानुन छ । तर, ती निकायमा आफूनिकटलाई नियुक्त गरी आफ्नो अनुकूलतामा काम गर्न लगाउने प्रवृत्ति हटेको छैन । आफ्ना विरोधीलाई सिध्याउन सोही निकाय प्रयोग गरी भ्रष्टाचारको मुद्दा चलाउन लगाउने गरिएको आरोप केही तथ्यहरुले सत्य नजिक रहेको देखाउँछ ।

मुलुकमा संघात्मक व्यवस्था कार्यान्वयनमा आएदेखि तीन तहको सरकार क्रियाशील छ । सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुर्याउने भन्दै स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइएको छ । यसरी अधिकार प्रत्यायोजन गर्दा जनताले सरकारको सेवासुविधा पाउन धेरै हदसम्म सहज भएको छ । जनतासँग प्रत्यक्ष काम गरिरहेका स्थानीय सरकारहरुले धेरै राम्रा कामहरु गरिरहेका छन् । तर, सिंहदरबारको अधिकारसँगै विकृत प्रवृत्ति पनि स्थानीय सरकारले अँगालेका छन् । जसकारण केन्द्रमा रहेको भ्रष्टाचार गाउँगाउँसम्म फैलिएको छ ।     

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गत आर्थिक वर्ष २०८१/८२ को विवरणमा उक्त आवभित्र आयोगमा दर्ता भएका भ्रष्टाचारसम्बन्धी उजुरीमध्ये आधाभन्दा बढी स्थानीय तहसँग सम्बन्धित छन् । स्थानीय तहसँग सम्बन्धित उजुरी ५३.८४ प्रतिशत रहेको आयोगको विवरणमा उल्लेख छ । उक्त आर्थिक वर्षमा दर्ता भएका कूल २८ हजार ५९७ उजुरीमध्ये १९ हजार ९३३ स्थानीय तहसँग सम्बन्धित देखिएका हुन् । संघीय सरकारसँग सम्बन्धित १२ हजार ४७५ (३३.६९ प्रतिशत) र प्रदेश सरकारसँग सम्बन्धित चार हजार ६१८ (१२.४७ प्रतिशत) उजुरी रहेका छन् ।

Hardik health

उपरोक्त तथ्यांकले प्रस्ट पार्छ, स्थानीय तहमा कसरी मौलाउँदै छ भ्रष्टाचार । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारमा यसरी भ्रष्टाचार मौलाउनु अत्यन्त गम्भीर विषय हो । यसले समग्र व्यवस्थामाथि प्रश्न उठ्ने अवस्था सिर्जना गरेको छ । भ्रष्टाचार नियन्त्रणको नारा लिएर चुनाव जित्ने अनि सोही ठाउँमा पुगेपछि उल्टै भ्रष्टाचारलाई मलजल पर्ने नेतृत्वमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन जरुरी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा काम गरिरहेको भए पनि पूर्णप्रभावकारी बन्न सकेको छैन । यसको मूल कारण राजनीतिक स्वार्थ नै हो । त्यसैले यस्ता निकायलाई राजनीतिक स्वार्थबाट मुक्त गरी स्वतन्त्र बनाइनु जरुरी छ । 
 


प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP