Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राहदानी वितरण सहज बनाऊ
राहदानी वितरण सहज बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १, २०८२

एउटा उखान छ– सरकारी काम, कहिले जाला घाम । अहिले राहदानी सेवामा ठ्याक्कै लागू भएको छ यो । कारण, जेन–जी विद्रोहपछि राहदानीको माग उच्च भएको छ । सरकारले भने अत्यावश्यकमात्रै आउन् भनेर सेवा नै ठप्प पारेको छ । हरेक संक्रमणलाई देखाएर सरकार आफैंले सेवा अवरुद्ध पार्ने प्रयास गरेको यो अर्को शृंखला हो । सवारी चालक अनुमतिपत्रदेखि जग्गाधनी पुर्जामा सरकारले पछिल्लो विद्रोहलाई देखाउँदै काम अवरुद्ध पार्ने प्रयास गरेको छ ।

यो समय विदेशमा घुम्न, पढ्न जाने सिजन हो । त्यसैले पनि अघिल्लो वर्षहरुमा यो समयमा राहदानी बनाउनेहरुको चाप लाग्थ्यो नै । तर यसपटक भने राहदानी विभागले छपाईमा समस्या देखाउँदै राहदानी वितरणमा गोलमाल गर्न थालेको महिना दिन नाघिसक्यो । विभागले फागुनपछिमात्र अर्को कम्पनीले राहदानी सहजसँग छापिने जनाएको छ । अहिले दोब्बर दस्तुर तिरेर सजिलैसँग राहदानी बनिरहेको छ । तर त्यो पनि बिचौलियालाई रकम पोसेरमात्र सम्भव छ । जिल्ला–जिल्लामा साधारण दस्तुर तिरेर आवेदन दिएको राहदानी दुई महिना पुग्दा पनि पुगेको छैन । सामान्यतया १५ दिनमा छापेर जिल्ला सदरमुकाम पुग्ने गरेको राहदानीमा सरकारी कार्यालयबाटै सर्वसाधारणलाई दुःख दिने काम गरेको हो ।

यो नियतबश नै गरेको देखिन्छ । काठमाडौंमा अत्यावश्यक परेका व्यक्तिले राहदानी बनाउन आउने गर्छन् । उनीहरुले दोब्बर रकम तिर्नुपर्छ । काठमाडौंबाट राहदानी फाराम भर्ने लाइन लिन निकै मुस्किल हुन्छ । त्यसमा राहदानी विभाग काठमाडौंका कर्मचारीले बिचौलियालाई विशेष सूचनामार्फत खाली ‘स्लट’ रहेको ठाउँहरुको जानकारी गराउने गर्छन् ।

Hardik health

ती ठाउँको समय लिन बिचौलियामार्फत राहदानी बनाउन पुग्नुपर्छ । जसका लागि राहदानी बनाउन पुगेकाहरुले पाँच हजार रुपैयाँसम्म बढी रकम बुझाउनुपर्ने हुन्छ । यो राज्यको हदैसम्मको ठगी हो । एक त दोब्बर रकम तिरेर राहदानी बनाउनुपर्ने बाध्यता, त्यो पनि पालो लिन पनि घूस रकम तिर्नुपर्ने बाध्यता । सुशासनको नारा घन्काएर जेन–जी आन्दोलनको बलमा बनेको सरकारका लागि यो अशोभनीय विषय हो । काठमाडौंबाट पालो नपाउने, अरु जिल्लाबाट मिलाउने, यसरी सेटिङ गरी नागरिकलाई दुःख दिने नियतलाई निको मान्न सकिन्न । यस्तो भ्रष्टाचारलाई मलजल गर्ने गरी गरिएको व्यवस्था तुरुन्त हटाएर राहदानी वितरण सहज बनाऊ ।  
 


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP