Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राहदानी वितरण सहज बनाऊ
राहदानी वितरण सहज बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १, २०८२

एउटा उखान छ– सरकारी काम, कहिले जाला घाम । अहिले राहदानी सेवामा ठ्याक्कै लागू भएको छ यो । कारण, जेन–जी विद्रोहपछि राहदानीको माग उच्च भएको छ । सरकारले भने अत्यावश्यकमात्रै आउन् भनेर सेवा नै ठप्प पारेको छ । हरेक संक्रमणलाई देखाएर सरकार आफैंले सेवा अवरुद्ध पार्ने प्रयास गरेको यो अर्को शृंखला हो । सवारी चालक अनुमतिपत्रदेखि जग्गाधनी पुर्जामा सरकारले पछिल्लो विद्रोहलाई देखाउँदै काम अवरुद्ध पार्ने प्रयास गरेको छ ।

यो समय विदेशमा घुम्न, पढ्न जाने सिजन हो । त्यसैले पनि अघिल्लो वर्षहरुमा यो समयमा राहदानी बनाउनेहरुको चाप लाग्थ्यो नै । तर यसपटक भने राहदानी विभागले छपाईमा समस्या देखाउँदै राहदानी वितरणमा गोलमाल गर्न थालेको महिना दिन नाघिसक्यो । विभागले फागुनपछिमात्र अर्को कम्पनीले राहदानी सहजसँग छापिने जनाएको छ । अहिले दोब्बर दस्तुर तिरेर सजिलैसँग राहदानी बनिरहेको छ । तर त्यो पनि बिचौलियालाई रकम पोसेरमात्र सम्भव छ । जिल्ला–जिल्लामा साधारण दस्तुर तिरेर आवेदन दिएको राहदानी दुई महिना पुग्दा पनि पुगेको छैन । सामान्यतया १५ दिनमा छापेर जिल्ला सदरमुकाम पुग्ने गरेको राहदानीमा सरकारी कार्यालयबाटै सर्वसाधारणलाई दुःख दिने काम गरेको हो ।

यो नियतबश नै गरेको देखिन्छ । काठमाडौंमा अत्यावश्यक परेका व्यक्तिले राहदानी बनाउन आउने गर्छन् । उनीहरुले दोब्बर रकम तिर्नुपर्छ । काठमाडौंबाट राहदानी फाराम भर्ने लाइन लिन निकै मुस्किल हुन्छ । त्यसमा राहदानी विभाग काठमाडौंका कर्मचारीले बिचौलियालाई विशेष सूचनामार्फत खाली ‘स्लट’ रहेको ठाउँहरुको जानकारी गराउने गर्छन् ।

Hardik health

ती ठाउँको समय लिन बिचौलियामार्फत राहदानी बनाउन पुग्नुपर्छ । जसका लागि राहदानी बनाउन पुगेकाहरुले पाँच हजार रुपैयाँसम्म बढी रकम बुझाउनुपर्ने हुन्छ । यो राज्यको हदैसम्मको ठगी हो । एक त दोब्बर रकम तिरेर राहदानी बनाउनुपर्ने बाध्यता, त्यो पनि पालो लिन पनि घूस रकम तिर्नुपर्ने बाध्यता । सुशासनको नारा घन्काएर जेन–जी आन्दोलनको बलमा बनेको सरकारका लागि यो अशोभनीय विषय हो । काठमाडौंबाट पालो नपाउने, अरु जिल्लाबाट मिलाउने, यसरी सेटिङ गरी नागरिकलाई दुःख दिने नियतलाई निको मान्न सकिन्न । यस्तो भ्रष्टाचारलाई मलजल गर्ने गरी गरिएको व्यवस्था तुरुन्त हटाएर राहदानी वितरण सहज बनाऊ ।  
 


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
अमेरिकाको दादागिरी खेदजनक
अमेरिकाको दादागिरी खेदजनक सोमबार, पुस २१, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP