Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ३०, २०८२

लामो राजनीतिक तथा आर्थिक संक्रमणबाट गुज्रिएको नेपालमा अर्थतन्त्रलाई धान्ने मुख्य खम्बाको रुपमा वैदेशिक रोजगार रहँदै आएको सबैलाई जानकार नै छ । मुलुकको अर्थतन्त्रको करिब ३० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरुले पठाउने रेमिट्यान्सबाट धानेको सरकारी तथ्यांक नै छ । मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक गतिविधि चलायमान हुन नसक्दा रोजगारीको अवसर सिर्जना हुन सकेन । जसको परिणाम युवाहरु रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता छ । अहिले देशको कुनै गाउँ होला, जहाँबाट वैदेशिक रोजगारीमा नगएको । अझ कतिपय गाउँमा त प्रत्येक घरका कम्तीमा एक जना वैदेशिक रोजगारीमा गएकै हुन्छ ।

मुलुकभित्रै रोजगारीको अवसर नपाएर विदेसिने युवाहरुलाई विभिन्न प्रलोभनमा पारेर ठगिने गरिएको छ । वैदेशिक रोजगारीको यात्रा सुरु गर्दादेखि नै ठगिने उनीहरु कार्यस्थलमा पनि उही समस्या भोग्न बाध्य हुन्छन् । उनीहरु आर्थिक, मानसिक र भौतिक शोषणमा पर्छन् । यो विडम्बनापूर्ण अवस्था आजसम्म अन्त्य हुन सकेको छैन । यद्यपि, उनीहरुले विदेशी भूमिमा बगाएको पसिनाको कमाइले नै आजसम्म मुलुक धानेको छ । यही अर्थतन्त्र धान्ने क्षेत्र बनेको वैदेशिक रोजगारमा आर्थिक चलखेल र ठगीको विषय नौलो रहेन ।

यहीबीच म्यानपावर कम्पनीको अनुगमन गर्ने नाममा वैदेशिक रोजगार विभागका कर्मचारीसमेत आर्थिक लाभ लिन लागिपरेको वैदेशिक रोजगार व्यवसायीहरुले आरोप लगाएका छन् । अनुगमनमा गएर कागजात नियन्त्रणमा लिने र आर्थिक लाभ लिएर फिर्ता गर्ने गरेको उनीहरुको दाबी छ । संस्थाको त्रुटि नभए पनि अनुगमनमा आएका विभागका कर्मचारीले पैसामा मिलाउन सकिने प्रस्ताव गर्ने गरेको गम्भीर आरोप लागेको छ । अनुगमनमा खटिएका कर्मचारीले रकमको बार्गेनिङ गर्न त्रुटि नै नभए पनि पासपोर्ट तथा अन्य कागजात लिएर हिँड्ने गरेको उनले आरोप लगाए ।

Hardik health

विभागका कर्मचारीमाथि लागेको यो आरोप गम्भीर छ । यदि यो सत्य हो भने कानुनी शासन पालना गराउने जिम्मेवार निकायका कर्मचारीबाट हुने यस्तो हर्कतले सुशासनलाई खिल्ली उडाउने तथा भ्रष्टाचार र बेथितिलाई संस्थागत गर्दछ । विभागले आफ्ना कर्मचारीमाथि लागेको यो आरोपको छानबिन गरी यस्ता विकृति नियन्त्रण गर्न जरुरी छ । व्यवसायीहरुले आरोप लगाए जसरी कर्मचारीहरु अनुगमनको नाममा आर्थिक लाभ लिन लागेको पाइए उनीहरुमाथि कारबाही गरियोस् ।
a


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
अमेरिकाको दादागिरी खेदजनक
अमेरिकाको दादागिरी खेदजनक सोमबार, पुस २१, २०८२
चिसोबाट जोगिऔं
चिसोबाट जोगिऔं आइतबार, पुस २०, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP