Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
विभागले भन्यो– तथ्यहीन आरोप, प्रमाण भए बुझाउनू म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
ममता थापा
ममता थापा बुधबार, कात्तिक २६, २०८२

संस्थाको त्रुटि नभए पनि अनुगमनमा आएका विभागका कर्मचारीले पैसामा मिलाउन सकिने प्रस्ताव गर्छन् । विगतमा पनि व्यवसायीसँग लाखौं माग्ने गरेका थिए, त्यो प्रवृत्ति अझै हटेन ।
व्यवसायी 

काठमाडौं– म्यानपावर कम्पनीको अनुगमन गर्ने नाममा वैदेशिक रोजगार विभागका कर्मचारी आर्थिक लाभ लिन लागिपरेको वैदेशिक रोजगार व्यवसायीहरुले आरोप लगाएका छन् । अनुगमनमा गएर कागजात नियन्त्रणमा लिने र आर्थिक लाभ लिएर फिर्ता गर्ने गरेको उनीहरुको दाबी छ । 

विभागबाट हालै भएको अनुगमनका क्रममा मापदण्ड पालना नगरेको भन्दै केही संस्थाको कागजात नियन्त्रणमा लिएको थियो । अनुगमनमा परेका ती व्यवसायी मंगलबार विभाग पुगेर कर्मचारीबाट अनावश्यक दुःख दिने काम भएको भन्दै विरोध जनाएपछि कागजात फिर्ता गरिएको एक व्यवसायीले बताए ।

‘संस्थाको त्रुटि नभए पनि अनुगमनमा आएका विभागका कर्मचारीले पैसामा मिलाउन सकिने प्रस्ताव गर्छन्,’ ती व्यवसायीले प्रभावसँग भने, ‘विगतमा पनि व्यवसायीसँग लाखौं माग्ने गरेका थिए, त्यो प्रवृत्ति अझै हटेन ।’ अनुगमनमा खटिएका कर्मचारीले रकमको बार्गेनिङ गर्न त्रुटि नै नभए पनि पासपोर्ट तथा अन्य कागजात लिएर हिँड्ने गरेको उनले आरोप लगाए ।

Hardik health

व्यवसायीले पालना गर्नुपर्ने ५१ बुँदे मापदण्ड बनाएर पठाएको छ । ‘अप टु डेट’ भएर बस्ने व्यवसायीहरुलाई हप्तैपिच्छे अनुगमन भए पनि समस्या हुँदैन ।
कमलप्रसाद भट्टराई
महानिर्देशक, वैदेशिक रोजगार विभाग

यता विभागले भने व्यवसायीहरुको आरोप अस्वीकार गरेको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले कर्मचारीले बदमासी गरेको प्रमाणसहित आए कानुनबमोजिम कारबाही गर्ने बताए । ‘यो आरोपमा सत्यता छैन । मैले कर्मचारीहरुलाई सचेत गराएको छु । त्यस्तो गरेका पनि छैनन्,’ भट्टराईले भने, ‘कर्मचारीले यस्तो गरेको रहेछ भने प्रमाणसहित आउन आग्रह गर्छुु । ठाउँको ठाउँ कानुनबमोजिम कारबाही हुन्छ ।’

कतिपय व्यवसायीहरुमा मनपरि गरिरहन पाए हुन्थ्यो भन्ने मानसिकता रहेकाले यस्ता विषयहरु आइरहने उनको भनाइ छ । तोकिएको मापदण्ड पालना गर्ने व्यवसायीलाई अनुगमनको डर नहुने भट्टराईले बताए । ‘अनुगमन गर्न नआए हुन्थ्यो, मनपरि गरिरहन पाए हुन्थ्यो भन्ने व्यवसायीको मनसाय होला । पछिल्लो अवस्थामा अनुगमन पनि एकदम कम र उजुरीका आधारमा मात्र गर्ने गरेको छ,’ भट्टराईले भने, ‘विभागले व्यवसायीले पालना गर्नुपर्ने ५१ बुँदे मापदण्ड बनाएर पठाएको छ । अप टु डेट भएर बस्ने व्यवसायीहरुलाई हप्तैपिच्छे अनुगमन भए पनि समस्या हुँदैन ।’ 

विभागले अनुगमनको रेकर्ड राखेको कागजात गत भदौको जेन–जी आन्दोलनमा विभागमा आगजनी हुँदा जलेर नष्ट भएको कारण पछिल्लो अनुगमनको तथ्यांक विश्लेषण गरेर नियम पालना गर्ने र नगर्ने संस्थाहरु छिट्टै सार्वजनिक गरिने पनि जानकारी दिएको छ ।
अनुगमन टोली परिचालन कार्यविधि–२०७६ अनुसार विभागले वैदेशिक रोजगारीमा आबद्ध व्यवसायीहरुको अनुगमन गर्दै आएको छ । गैरकानुनी तवरले वैदेशिक रोजगारीसँग सम्बन्धित रकमको लेनदेन, कागजात तयारी र अन्य क्रियाकलप गरेको उजुरी आए आकस्मिक अनुगमन टोली परिचालन हुने व्यवस्था कार्यविधिमा छ । 

यस्तै, यससँग सम्वद्ध निकायहरुले वैदेशिक रोजगारसम्बन्धी ऐन, नियम, निर्देशिका र निर्देशनको पालना गरे÷नगरेको अनुगमन गर्ने व्यवस्था छ । त्यस्तै, अनुगमनमा जानेहरुले अनुगमन गर्ने संस्थाका तर्फबाट कुनै पनि दान, उपहार आदि लिन नहुने पनि कार्यविधिमा भनिएको छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध शुक्रबार, मंसिर २६, २०८२
१३ वर्षमा वैदेशिक रोजगारीमा पुगे ७६ लाख युवा 
१३ वर्षमा वैदेशिक रोजगारीमा पुगे ७६ लाख युवा  शुक्रबार, मंसिर २६, २०८२
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने बिहीबार, मंसिर २५, २०८२
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ बुधबार, मंसिर २४, २०८२
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ मंगलबार, मंसिर २३, २०८२
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन मंगलबार, मंसिर २३, २०८२
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP