Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • फुटेर होइन जुटेर अघि बढौं
फुटेर होइन जुटेर अघि बढौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २७, २०८२

यतिबेला नयाँ दल दर्ता गर्ने लहड नै चलेको छ । निर्वाचन आयोगमा धमाधम दल दर्ताका लागि पुगिरहेका छन् । जेन–जी विद्रोहपछि २१ नयाँ दल यो प्रक्रियामा सामेल भएका छन् । यो बीचमा केही दल दर्ता भइसकेका छन् भने केही दलले सनाखत सुरु गरेका छन् । आइतबारसम्ममा दलको संख्या अझ बढ्ने देखिन्छ । कात्तिक २ सम्म निर्वाचन आयोगमा १२४ दल दर्ता थिए । तीमध्ये दुई दल यो वर्षको असोजमा दर्ता भएको देखिन्छ ।

जेन–जी विद्रोहको मुख्य मुद्दा हो देशमा सुशासन स्थापित गर्नु । मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य र स्थिरता स्थापना गर्नु विद्रोहको अर्को माग हो । यसका लागि जरा गाडेर बसेका पुराना दलहरुलाई परास्त गर्न सक्ने शक्ति आजको आवश्यकता हो । तर दल दर्ताको लाम हेर्दा परिवर्तनकारी शक्तिहरु एक भएको देखिन्न । जेन–जी समूह विभिन्न गुटमा टुक्रिएर फरक–फरक दल दर्ताको चरणमा प्रवेश गरेको देखिन्छ ।

अहिलेको राजनीतिक संक्रमणलाई समाधानतिर लैजाने शक्ति युवा नै हुन् । राजनीतिमा युवाको चासो र मतदानमा सहभागी हुने आकांक्षाले यो देखाउँछ । तर दल दर्ता प्रक्रियामा जुन किसिमको तीव्रता छ, यसले परिवर्तनलार्ई संस्थागत गर्न उनीहरु तयार देखिन्नन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र (अहिले नेपाली कम्युनिस्ट पार्टी) नेपालका मुख्य शक्तिशाली दल हुन् ।

Hardik health

यी दलकै कारण जेन–जी विद्रोह भएको थियो । तर अहिले जेन–जीको टुटफुट हेर्दा आउँदो निर्वाचनबाट यिनै शक्ति पुनः उदय हुने संकेत देखिन थालेको छ । माओवादी केन्द्र आफूलाई शक्तिशाली बनाउन विभिन्न शक्तिसँग एकता गरेर नेपाली कम्युनिस्ट नाममा आउँदै छ । यो परिवर्तनकारी शक्तिका लागि ‘थ्रेट’ हो । 

नेतृत्वमा तीनै दलका पुराना नेताहरु पुनः आउने देखिन्छ । पछिल्लो परिवर्तनलाई संस्थागत गर्न उनीहरु फिटिक्कै सकारात्मक देखिन्नन् । भदौ २३ गतेको विद्रोहलाई छोपेर तीन दल भदौ २४ को घटनालाई मात्र ‘प्रोभोक’ गरिरहेका छन् । यो विद्रोहमा भएको सरकारी दमनलाई निष्पक्ष अनुसन्धान गर्न गठन भएको उच्चस्तरीय आयोगलाई कर्मचारीले सहयोग गरिरहेको छैन ।

यसैले पनि आन्दोलनमा एकजुट भएकाहरु फेरि एकजुट हुनुपर्ने अवस्था आएको छ । एकतामै बल हुन्छ भन्ने विषय सबैलाई थाहै छ । यस्तो नभए यसअघिका साना दलहरुकै हबिगत नयाँ दलको हुने छ । जसले शक्तिका लागि पुरानै दलसँग झुक्नुपर्ने र विद्रोहबाट प्राप्ति खेर जाने पक्का छ । यसरी दल खोलेर नयाँ जोगी बन्नुभन्दा सबै एकजुट भएर बलियो शक्ति निर्माण गरी सुशासन कायम गर्ने कार्यदिशा बनाएर अघि बढेको धेरै राम्रो ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं शुक्रबार, मंसिर २६, २०८२
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP