Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ
नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २४, २०८२

काठमाडौंको दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा यती समूहलाई लिजमा दिँदा कौडीको भाउमा दिएको चर्चा उतिबेलै चलेको थियो । कारण काठमाडौंको केन्द्र मानिएको दरबारमार्गमा रहेको एक रोपनी १४ आना जग्गालाई ३० वर्षका लागि जम्मा एक अर्ब ४० करोड रुपैयाँ भाडामा । यती समूहमा नेतृत्व गरिरहेका आङछिरिङ शेर्पाको थामसेर्कु ट्रेकिङ प्रालिले सुरुमा छ अर्ब २६ करोड रुपैयाँको प्रस्ताव बुझाएकोमा पछि एक अर्ब ४० करोडको प्रस्ताव पारित भएको थियो । १४ असार २०७३ मा बोलपत्रको सूचना जारी भएपछि वैशाख २०७४ मा थामसेर्कुको प्रस्ताव स्वीकृत भएको थियो ।

यो प्रतिस्पर्धामा थामसेर्कुसहित छ कम्पनीले भाग लिएका थिए । अरु कम्पनीले कम भाडा प्रस्ताव गरेको सूचना ट्रस्टले थामसेर्कुलाई दिएपछि कम रकम कबोल गर्न लगाइएको देखिन्छ । यो सम्झौतामा चार अर्ब ८६ अर्ब रुपैयाँ घोटला भएको अनुमान प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)को छ । यसै आरोपमा ट्रस्टका पूर्वसचिव लेखबहादुर कार्कीलाई सिआइबीले पक्राउ गरेको छ ।

महालेखापरीक्षकको कार्यालयले उतिबेलै नियमसंगत नदेखिएको भन्दै प्रतिवेदनमा भने पनि त्यतिबेला शक्तिको आडमा उक्त प्रकरणलाई गुपचुप राखिएको थियो । खासगरी यती समूहका सञ्चालक एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट व्यवसायी मानिन्छ । यो समूहका नेता आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि अहिले थामसेर्कु उनका भाइ लक्पासोनाम शेर्पाले सञ्चालन गर्दै आएका छन् ।

Hardik health

थामसेर्कुले यो सम्झौतामा कुनै पनि भ्रष्टाचार नभएको विज्ञप्तिमार्फत दाबी गरेको छ । तर ट्रस्टका पूर्वसचिव कार्कीलाई खआठ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले पाइसकेको छ । पूर्वराजा वीरेन्द्र शाह र उनका परिवारको नाममा रहेको जग्गा गणतन्त्रपछि नेपाल ट्रस्टको नाममा ल्याइएको थियो । सोही जग्गा बुट प्रणाली (सम्झौता अवधि सकिएपछि दोस्रो पक्षले निर्माण गरेको संरचनासहित जग्गा स्वतः पहिलो पक्षको अधीनमा आउने) गरी लिजमा लिइएको थियो ।

नेपाल ट्रस्टको नाममा गएको अधिकांश जग्गा यती होल्डिङसले भाडामा पाएको छ । गोकर्ण फरेस्ट रिसोर्टको विषयमा पनि त्यस्तै निर्णय गर्दा ओली नेतृत्वको सरकारको चौतर्फी विरोध भएको थियो । तर त्यतिबेला राजनीतिक शक्तिका कारण सामसुम पारिएको थियो । अहिले जेन–जी विद्रोहपछि बनेको सरकारले पुरानो फाइल पल्टाएसँगै यो प्रकरणमा अनुसन्धान हुने भएको छ । यो फाइल खोलेसँगै सिआइबीको नेतृत्वमा रहेका एआइजिपी मनोज केसीले ओलीसँग शनिबार साँझ दुई घण्टा भेटेका छन् । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने दौडमा केसीले यो केससँग पद नसाटोस् । छानबिन निष्पक्ष होस् ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं शुक्रबार, मंसिर २६, २०८२
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP