Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सांसद पदको गरिमा नघटाऊ
सांसद पदको गरिमा नघटाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ९, २०८२

सांसदलाई विधायक पनि भनिन्छ । यसको अर्थ हो- प्रतिनिधिसभामा उनीहरु निर्वाचित भएर पठाउनुको कारण कानुन बनाउनु । देश र जनताका लागि सुशासनको अनुभूति दिन परिपक्व कानुन बनाउन अक्षर अक्षरको अध्ययन गर्नुपर्छ । तर पछिल्लो समस सांसदहरुको काम ताली बजाउने सिवाय अरु देखिन्न ।

यसको पछिल्लो उदाहरण हुन् संघीय निजामती सेवा विधेयकको संशोधनमा भएको छलछाम थाहा नहुनु र संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति कार्यालयमा पुगेर फेरि प्रतिनिधिसभामै फिर्ता हुनु । निजामती सेवा विधेयकमा कर्मचारीहरुलाई ‘कुलिङ पिरियड’मा पठाउनुपर्छ भन्ने व्यवस्था थपिएको थियो । तर संसदीय समिति हुँदै प्रतिनिधिसभाबाट यो पारित भएर गयो-जहाँ कुलिङ पिरियड निष्प्रभावी बनाइएको थियो । त्यो पनि एउटै अक्षर ‘बाहेक’ राखेर । यस्तो व्यवस्था हुँदा पनि प्रतिनिधिसभाका सांसदहरुले टेबल ठोकेर विधेयक पारित गरेर पठाए । 

तर यो शब्दमा गोलमाल गरेको भन्दै राज्य व्यवस्था समितिका सभापति र संसद्का कर्मचारीहरुमाथि बयान लिन संसद्ले संसदीय छानबिन समिति बनाएको छ । जबकि यो विधेयक सरासर पारित हुनुमा सम्पूर्ण सांसदहरु दोषी छन् । यसैगरी संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई  संसोधन गर्न बनेको विधेयकमा पनि सांसदहरु चिप्लिएका छन् । विधेयकमा संविधानको मर्मभन्दा ठीक उल्टो व्यवस्था हुँदा पनि अध्ययनविनै टेबुल ठोकेर पठाइएको देखिएको छ । त्यो पनि दुवै सदनबाट ।

Hardik health

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष र सदस्यहरुमा प्रधानन्यायाधीश, विपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख गरी छ जना सदस्य हुने संवैधानिक व्यवस्था छ । यस्तो हुँदा परिषद्को बहुमत पुग्न चार जना अनिवार्य चाहिन्छ । तर संसद्बाट राष्ट्रपतिकहाँ पुगेको संशोधन विधेयकमा तीन जनाको उपस्थितिमा अध्यक्षसहित अर्को एक जनामात्र भए पुग्ने व्यवस्था गरिएको पाइयो । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्श लिएर विधेयक पुनः प्रतिनिधिसभामै पठाइदिए । 

यो पुनर्विचारका लागि पठाइएको हो । यसमा प्रधानमन्त्री र शीर्ष नेताहरुले चलाखी गरेको भए पनि सांसदहरु भने पूरै ‘हुस्सु’ बने । संसद्मा मच्चीमच्ची एकअर्कालाई गाली गर्ने सांसदहरुले विधेयकका बुँदाहरु पढ्न जानेनन् । त्यसै त जनताका प्रतिनिधि बनेर सदनमा पुगेकाहरुले पढ्दैनन्, हावादारी गफमात्र गर्छन् भन्ने परेको बेला यस्ता गल्ती गर्दै जाँदा सांसद पदको गरिमा घट्दै जाने देखिएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP