Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सामाजिक सुरक्षा कोषले सुधार्नैपर्ने विषय
सामाजिक सुरक्षा कोषले सुधार्नैपर्ने विषय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ८, २०८२

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ । तर यसका लागि अझै चार वर्ष लाग्ने देखिएको छ । पाँच वर्ष अघिदेखि नै यो विषयमा सरोकारवालाहरुले सुझाव दिँदै आएपछि कोष यस्तो जिम्मा लिन तयार भएको हो । ढिलै भए पनि यो स्वागतयोग्य कदम हो । अब यसलाई कार्यान्वयनमा जोड दिनुपर्छ ।

पछिल्ला दिनहरुमा निजी क्षेत्रका कामदार र वैदेशिक रोजगारीमा जानेहरुको कोषमा आबद्धता बढ्न थालेको छ । यसमा आबद्ध हुन चाहने रोजगारदाताको संख्या पनि बढ्दो छ । तर नियमित योगदान नहुँदा भने योगदानकर्ता कोषबाट पाउने सुविधाबाट बञ्चित हुन थालेका छन् । कोषले नियमित योगदान नगर्नेलाई सेवासुविधा नदिने नीति लिएको देखिन्छ ।

राज्यले शुरु गरेको कोषले पैसा हुँदा सेवासुविधा दिने नहुँदा नदिने यस्तो विभेदकारी नीति अपनाउनु नजायज हो । यसरी योगदानकर्ताले लिएको रकम काममा आबद्ध भएपछि लिन मिल्ने व्यवस्था अघि बढाउनुपर्छ । किनभने कतिपय अवस्थामा रोजगारदाताले योगदान गर्दैनन् । यसका लागि रोजगारदातालाई पनि प्रोत्साहनका कार्यक्रमहरु अघि बढाउनुपर्ने देखिन्छ । 

Hardik health

यता वैदेशिक रोजगारीमा जानेहरुलाई कोष अनिवार्य गरिएसँगै १८ लाख श्रमिक यसमा आबद्ध भइसकेका छन् । तर उनीहरुले नियमित योगदान गर्न सकिरहेका छैनन् । वैदेशिक रोजगारीमा जानेहरुले कनेक्ट आईपीएस, खल्ती एप, इसेवा, फोन पे लगायतको माध्यमबाट रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी विदेशमा सक्रिय रहेका र नेपालमा पनि शाखा रहेका रेमिट कम्पनीहरुको माध्यमबाट पनि योगदानमा आधारित रकम सिधै कोषको खातामा जम्मा गर्न सकिने व्यवस्था छ । उक्त रकम जम्मा गर्ने बेलामा श्रमिकहरुले हरेक महिना ‘सब्मिसन नम्बर’ र भौचर नम्बर पाउँछन् ।

त्यो भौचर नम्बर र सामाजिक सुरक्षा नम्बर खल्ती, फोन पे, कनेक्ट आईपीएस लगायतका भुक्तानीका माध्यमहरुमा उल्लेख गरेपछि हरेक महिना श्रमिकले तिनुपर्ने रकम देखाउँछ । यो श्रमिकहरुका लागि झन्झटिलो प्रक्रिया हो । डिजिटल लिटेरेसीको कमी तथा इन्टरनेट तथा कतिपय असहजताले गर्दा श्रमिकले हैरानी खेप्दै आएका छन् । यसैले विदेशमा रहेकाको हकमा योगदान प्रक्रियालाई अझै सहज बनाउनुपर्ने देखिन्छ ।

यसका लागि योगदानकर्ताकै बैंक खाताबाट पनि सीधै रकम लिन सकिने व्यवस्था वा दूतावासमा सहजकर्ता नै राखेर यो कार्यक्रमलाई अझै सहज बनाउन सकिन्छ । यसैगरी कोषले दिने सेवासुविधाको विषयमा पनि प्रष्ट पार्ने खालका भिडियो सामग्रीहरु बनाएर आफ्नै सामाजिक सञ्जाल एकाउन्टमा राख्नुपर्ने देखिन्छ । 


प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ मंगलबार, मंसिर २, २०८२
राहदानी वितरण सहज बनाऊ
राहदानी वितरण सहज बनाऊ सोमबार, मंसिर १, २०८२
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर आइतबार, कात्तिक ३०, २०८२
शक्तिलाई पुज्ने आयोगको चाला
शक्तिलाई पुज्ने आयोगको चाला शुक्रबार, कात्तिक २८, २०८२
फुटेर होइन जुटेर अघि बढौं
फुटेर होइन जुटेर अघि बढौं बिहीबार, कात्तिक २७, २०८२
ओलीको बोलीमा लगामको खाँचो
ओलीको बोलीमा लगामको खाँचो मंगलबार, कात्तिक २५, २०८२
नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ
नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ सोमबार, कात्तिक २४, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP