Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सामाजिक सुरक्षा कोषले सुधार्नैपर्ने विषय
सामाजिक सुरक्षा कोषले सुधार्नैपर्ने विषय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ८, २०८२

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ । तर यसका लागि अझै चार वर्ष लाग्ने देखिएको छ । पाँच वर्ष अघिदेखि नै यो विषयमा सरोकारवालाहरुले सुझाव दिँदै आएपछि कोष यस्तो जिम्मा लिन तयार भएको हो । ढिलै भए पनि यो स्वागतयोग्य कदम हो । अब यसलाई कार्यान्वयनमा जोड दिनुपर्छ ।

पछिल्ला दिनहरुमा निजी क्षेत्रका कामदार र वैदेशिक रोजगारीमा जानेहरुको कोषमा आबद्धता बढ्न थालेको छ । यसमा आबद्ध हुन चाहने रोजगारदाताको संख्या पनि बढ्दो छ । तर नियमित योगदान नहुँदा भने योगदानकर्ता कोषबाट पाउने सुविधाबाट बञ्चित हुन थालेका छन् । कोषले नियमित योगदान नगर्नेलाई सेवासुविधा नदिने नीति लिएको देखिन्छ ।

राज्यले शुरु गरेको कोषले पैसा हुँदा सेवासुविधा दिने नहुँदा नदिने यस्तो विभेदकारी नीति अपनाउनु नजायज हो । यसरी योगदानकर्ताले लिएको रकम काममा आबद्ध भएपछि लिन मिल्ने व्यवस्था अघि बढाउनुपर्छ । किनभने कतिपय अवस्थामा रोजगारदाताले योगदान गर्दैनन् । यसका लागि रोजगारदातालाई पनि प्रोत्साहनका कार्यक्रमहरु अघि बढाउनुपर्ने देखिन्छ । 

Hardik health

यता वैदेशिक रोजगारीमा जानेहरुलाई कोष अनिवार्य गरिएसँगै १८ लाख श्रमिक यसमा आबद्ध भइसकेका छन् । तर उनीहरुले नियमित योगदान गर्न सकिरहेका छैनन् । वैदेशिक रोजगारीमा जानेहरुले कनेक्ट आईपीएस, खल्ती एप, इसेवा, फोन पे लगायतको माध्यमबाट रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी विदेशमा सक्रिय रहेका र नेपालमा पनि शाखा रहेका रेमिट कम्पनीहरुको माध्यमबाट पनि योगदानमा आधारित रकम सिधै कोषको खातामा जम्मा गर्न सकिने व्यवस्था छ । उक्त रकम जम्मा गर्ने बेलामा श्रमिकहरुले हरेक महिना ‘सब्मिसन नम्बर’ र भौचर नम्बर पाउँछन् ।

त्यो भौचर नम्बर र सामाजिक सुरक्षा नम्बर खल्ती, फोन पे, कनेक्ट आईपीएस लगायतका भुक्तानीका माध्यमहरुमा उल्लेख गरेपछि हरेक महिना श्रमिकले तिनुपर्ने रकम देखाउँछ । यो श्रमिकहरुका लागि झन्झटिलो प्रक्रिया हो । डिजिटल लिटेरेसीको कमी तथा इन्टरनेट तथा कतिपय असहजताले गर्दा श्रमिकले हैरानी खेप्दै आएका छन् । यसैले विदेशमा रहेकाको हकमा योगदान प्रक्रियालाई अझै सहज बनाउनुपर्ने देखिन्छ ।

यसका लागि योगदानकर्ताकै बैंक खाताबाट पनि सीधै रकम लिन सकिने व्यवस्था वा दूतावासमा सहजकर्ता नै राखेर यो कार्यक्रमलाई अझै सहज बनाउन सकिन्छ । यसैगरी कोषले दिने सेवासुविधाको विषयमा पनि प्रष्ट पार्ने खालका भिडियो सामग्रीहरु बनाएर आफ्नै सामाजिक सञ्जाल एकाउन्टमा राख्नुपर्ने देखिन्छ । 


प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP