Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शुद्धीकरण अध्यागमनमात्र हैन गृहमै आवश्यक
शुद्धीकरण अध्यागमनमात्र हैन गृहमै आवश्यक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ७, २०८२


गृह मन्त्रालयले सोमबार एकैचोटि ४४ जना नयाँ शाखा अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सरुवा गर्यो । ‘मालदार’ कार्यालयको रुपमा हेरिने अध्यागमनमा प्रायः रकम असुलीका काण्ड बाहिर आइरहन्छ । विदेश जाने नेपालीलाई दुःख दिने गरी रकम असुल गर्ने बेथिति धेरै अघिबाटै हो । अझ वैदेशिक रोजगारीमा जानेहरुलाई नियतबश दुःख दिने गरिन्छ ।

हालै तीर्थराज भट्टराई प्रमुख हुँदा भिजिट भिसाका रकम असुली प्रकरण बाहिर आयो । त्यसपछि गृहले मनोमानी तवरले विमानस्थलको अध्यागमनमा दरबन्दीबाट बढी अधिकृत खटाएको विषय पनि बाहिर आयो । सोही क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह र सामान्य प्रशासन मन्त्रालयलाई यसको कारण खुलाउन निर्देशन दिएको थियो । गृहले उक्त निर्देशनको जवाफ के दियो बाहिर आएको छैन । तर यहीबीचमा अध्यागमन प्रमुख र महानिर्देशक नै फेरियो । असार ३१ गते गृहले तीर्थराजको ठाउँमा गएका विष्णुप्रसाद कोइरालालाई ५४ दिनमै सरुवा गरेको हो । महानिर्देशकमा सोही दिन गोविन्दप्रसाद रिजालको ठाउँमा गृहका प्रवक्ता रामचन्द्र तिवारीलाई पठाएको थियो । त्यसको एक हप्ता नबित्दै गृहले ४४ नयाँ अधिकृतलाई अध्यागमनमा खटाएको हो ।

गृहले अध्यागमनमा खटिएका पुराना ४४ जनालाई मन्त्रालयअन्तर्गतका अन्य निकायहरूमा पठाउने भनेको छ । विमानस्थलको अध्यागमनमा कर्मचारी सरुवाका लागि यसअघि सिण्डिकेट हुन्थ्यो । यसरी विमानस्थलमा पुग्न लाइन लागेर लामो समय पर्खनुपर्थ्यो वा गृहमन्त्री वा मन्त्रालयका उच्च तहका कर्मचारीलाई मनाउनुपर्थ्यो । यसपटक भने एकैसाथ नयाँ अधिकृतलाई खटाएको छ ।

Hardik health

मन्त्रालयले अध्यागमन प्रणालीमा सुधार ल्याउने उद्देश्यसहित शुद्धीकरण प्रक्रिया थालेको प्रतिक्रिया दिएको छ । हुन त सेटिङ, घुस, रकम असुलीमा कर्मचारीमात्र दोषी छैनन् । यसमा सेवाग्राही, बिचौलिया पनि उतिकै दोषी छन् । नयाँ अधिकृत भन्दैमा उनीहरु यस्ता प्रकरणमा मुछिन्नन् भन्न सकिन्न । किनभने माथिल्लो निकायको ‘कोड भाषा’ अनेकन सांकेतिक भाषामा पनि घुस र रकम असुली गरिन्छ । यस्तो अवस्थामा अघिकृतहरुलाई घुस वा रकम असुलीमा अभ्यस्त नबनाउने र यस्तो शुद्धीकरण जारी राख्नुपर्छ । तर शुद्धीकरणको नाममा कर्मचारीलाई हतोत्साही हुनेगरी छिनछिनमै सरुवा गर्ने काम भने गृहले गर्नुहुँदैन । सुरुमा गृह आफू शुद्ध हुनुपर्छ । गृहमन्त्री, गृहसचिव र अरु उच्च तहका कर्मचारी शुद्ध भएमात्र शुद्धीकरण अभियान प्रभावकारी हुन्छ । नभए अधिकृत फेरिएर अध्यागनमा हुने ‘डिल’, ‘सेटिङ’ रोकिने सम्भावना न्यून रहन्छ । 
 


प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ मंगलबार, मंसिर २, २०८२
राहदानी वितरण सहज बनाऊ
राहदानी वितरण सहज बनाऊ सोमबार, मंसिर १, २०८२
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर आइतबार, कात्तिक ३०, २०८२
शक्तिलाई पुज्ने आयोगको चाला
शक्तिलाई पुज्ने आयोगको चाला शुक्रबार, कात्तिक २८, २०८२
फुटेर होइन जुटेर अघि बढौं
फुटेर होइन जुटेर अघि बढौं बिहीबार, कात्तिक २७, २०८२
ओलीको बोलीमा लगामको खाँचो
ओलीको बोलीमा लगामको खाँचो मंगलबार, कात्तिक २५, २०८२
नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ
नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ सोमबार, कात्तिक २४, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP