Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘कर्मकाण्डी’मा सीमित नहोस् बजेट मार्गदर्शन
‘कर्मकाण्डी’मा सीमित नहोस् बजेट मार्गदर्शन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ४, २०८२

साउन १ बाट आर्थिक वर्षको सुरुआतसँगै नयाँ बजेटको कार्यान्वयन सुरु हुन्छ । विगतमा विभिन्न कारणले समयमा बजेट प्रस्तुत हुन नसक्दा आर्थिक वर्षको सुरुआतबाटै बजेट कार्यान्वयन गर्न नपाउने समस्याले मुलुकको अर्थतन्त्र नराम्ररी पिरोलेको थियो । तर, नयाँ संविधानमा बजेट प्रस्तुत गर्ने मिति नै तोकियो । संविधानमै जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएपछि नयाँ आर्थिक वर्षको पहिलो दिनबाटै बजेट कार्यान्वयन सुरु गर्न सम्भव भएको हो । तर, आर्थिक वर्षको अन्तिममा आउने बजेट कार्यान्वयनको नतिजा भने अझै पनि निराशाजनक रहँदै आएको छ । 

त्यसो त अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि हरेक आर्थिक वर्षको सुरुमै मार्गदर्शन जारी गर्दै आएको छ । तर, त्यसको प्रभावकारी पालना सरोकारवाला मन्त्रालय र निकायहरुबाट नहुँदा नतिजामा अपेक्षाकृत सुधार आउन नसकेको अवस्था छ । अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यान्वयनका लागि बिहीबार यस्तै मार्गदर्शन जारी गरेको छ । अर्थले ९५ बुँदे मार्गदर्शन कार्यान्वयनका लागि सबै विषयगत मन्त्रालय, विभाग तथा निकायलाई परिपत्र गरेको छ ।

मार्गदर्शनमा विकास आयोजनाको कामलाई तीव्रता दिन भन्दै तीन सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बजेटको अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, आयोजनाको हस्तान्तरण तथा कार्यान्वयन, रकमान्तर तथा कार्यक्रम संशोधनलगायतका विषयमा के गर्न हुने र के गर्न नहुने भनेर स्पष्ट पारिएको छ । वित्तीय पारदर्शिता, जवाफदेहिता र अनुगमनसम्बन्धी व्यवस्थाका लागि जिम्मेवार भएर काम गर्न पनि मन्त्रालयले परिपत्र गरेको छ ।

Hardik health

चालु आर्थिक वर्षको बजेटमा परेका योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि यही साउन मसान्तभित्र कार्यविधि तयार पारिसक्न भनिएको छ । त्यस्तै, आयोजनाको प्रभावकारी कार्यान्वयन गरी तोकिएको समयमा नै सम्पन्न गर्न आन्तरिक प्रतिस्पर्धाको आधारमा आयोजना प्रमुख छनोट गर्ने व्यवस्था मिलाउन भनिएको छ ।  कार्यसम्झौतामा तोकिएको न्यूनतम अंक हासिल नगरेको अवस्थामाबाहेक आयोजना अवधिभर आयोजना प्रमुखको सरुवा नगर्ने गरी मापदण्ड तयार गरी कार्यान्वयन गर्न भनिएको छ । आयोजना कार्यान्वयन गर्दा समयमै निर्णय नगरेका कारणले लागत बढ्न गएमा सम्बन्धित पदाधिकारीलाई जवाफदेही बनाउनुपर्ने पनि बजेट कार्यान्वयन मार्गदर्शनमा उल्लेख छ ।

मार्गदर्शनमार्फत यस्तो निर्देशन दिनु नयाँ कुरा होइन । त्यसैले यसको पालना गराउन अर्थ स्वयंले प्रभावकारी भूमिका खेल्नुपर्ने देखिन्छ । मार्गदर्शनमा भनिएका कुराहरु कति पालना भइरहेको छ वा छैन नियमित अनुगमनको खाँचो छ । मार्गदर्शन पालनामा सरोकारवाला अधिकारीहरुलाई जिम्मेवार नबनाएसम्म अपेक्षित नतिजा नआउने निश्चित छ । त्यसकारण मार्गदर्शन विगतमा जस्तो ‘कर्मकाण्डी’मा सीमित नबनोस् ।
 


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ मंगलबार, मंसिर २, २०८२
राहदानी वितरण सहज बनाऊ
राहदानी वितरण सहज बनाऊ सोमबार, मंसिर १, २०८२
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर आइतबार, कात्तिक ३०, २०८२
शक्तिलाई पुज्ने आयोगको चाला
शक्तिलाई पुज्ने आयोगको चाला शुक्रबार, कात्तिक २८, २०८२
फुटेर होइन जुटेर अघि बढौं
फुटेर होइन जुटेर अघि बढौं बिहीबार, कात्तिक २७, २०८२
ओलीको बोलीमा लगामको खाँचो
ओलीको बोलीमा लगामको खाँचो मंगलबार, कात्तिक २५, २०८२
नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ
नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ सोमबार, कात्तिक २४, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP