Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बलियो सरकारको उपलब्धिविहीन एक वर्ष 
बलियो सरकारको उपलब्धिविहीन एक वर्ष 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १, २०८२

सुशासन र संविधान संशोधन मूल मुद्दा लिएर बनेको दुईतिहाइको सरकारले वर्ष दिन पुग्यो । नेपाली कांग्रेस र नेकपा एमालेजस्तो शक्तिशाली दल मिलेर बनेको सरकार । कमजोर प्रतिपक्षी । यस्तो अवस्थामा केपी शर्मा ओली नेतृत्वको सरकारले युवाहरुप्रति आशा जगाउनुपर्ने थियो । ठीक उल्टो निराशा र बदनामबाहेक यो सरकारले अरु काम खासै गरेको देखिएन । गत असार मसान्तमा यो सरकार बनेको केही समयमै असोजमा बाढीपहिरोले बितण्डा मच्चायो । काभ्रे र ललितपुरमा बाढीपहिरोले गरेको असरमा जनताले सरकारको साथ पाएनन् ।


नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई पटक–पटक स्पष्टीकरण सोधेर बर्खास्त गर्नु यो सरकारको प्रमुख काम बन्यो । अहिले जनता लोडसेडिङ हुन्छ कि भन्ने आतंकमा छन् । नियुक्तिहरुमा पनि यो सरकारले बदनामी नै कमायो । नेपाल बिमा प्राधिकरणमा योग्यता नै नपुग्ने शरद् ओझालाई अध्यक्ष नियुक्त गरेर चार महिनामै निलम्बन गर्नुप¥यो । गभर्नरमा कांग्रेस नेता डा. विश्व पौडेललाई नियुक्त ग¥यो । गभर्नर पौडेल दलको नेता भएर पनि गठबन्धनको सरकारले जबरजस्ती उनलाई नै राष्ट्र बैंकको बागडोर सुम्पिदियो ।


सरकार भिजिट भिसा प्रकरणमा उत्तिकै विवादित बन्यो । गृहमन्त्री रमेश लेखक यो प्रकरणमा संलग्न भएको भनिए पनि उनी राजीनामा नदिई सरकारमै छन् । उनकै निर्देशनमा भिजिट भिसा प्रकरणमा रकम असुली प्रकरणमा संलग्न अधिकृत सामान्य सोधपुछपछि अख्तियारले छाडिदियो । बजेटमा मनपरिले व्यवस्थामाथि आक्रोश बढायो । शक्तिशाली नेताहरुको क्षेत्रमा बजेट जानेमात्र हैन, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो बुवा गणेशमानको नाममा करोडौं बजेट बाँडे । सरकार गठन भएबाटै प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले यो सरकार आफ्नै भारले ढल्ने दाबी गरिरहे । यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकार ढल्दैन भन्दै प्रतिवाद गरिरहे ।

Hardik health


वर्षान्तको समयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ७८ लाख ‘घुस डिल’ प्रकरणमा सरकारबाट बिदा भए । यता भूमिमन्त्री बलराम अधिकारीलाई पनि ३२ लाख घुस डिल प्रकरणमा दाग लागिसकेको छ । प्रधानमन्त्री ओली आफैं स्पेन प्रकरणमा मुछिएका छन् । यो १२ महिनामा सुशासन र संविधान मुद्दाका विषयमा केही काम नभए पनि कम्तीमा पनि सरकारले यस्ता खालका काण्ड मच्चाएका छन् । कहिले अध्यादेश त कहिले ५२ संवैधानिक आयोगका पदाधिकारीसम्बन्धी सर्वोच्च अदालतको आदेशले पनि गणतन्त्रलाई गिज्याइदिएको छ ।

यस्तै खाले क्रियाकलापले संघीयतामाथि प्रश्न उठ्न थालेको छ । संघीयताविरोधीले टाउको उठाउन थालिसकेको छ । सरकार छिटो सुध्र, नभए व्यवस्थाप्रतिको आक्रोश अझै बढ्ने छ । सरकार सञ्चालनको क्यालेण्डरभन्दा काम र जनविश्वास ठूलो विषय हो । त्यसैले सुशासन र संविधान संशोधनको विषयमा तत्काल ध्यान देऊ । 
 


प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ मंगलबार, मंसिर २, २०८२
राहदानी वितरण सहज बनाऊ
राहदानी वितरण सहज बनाऊ सोमबार, मंसिर १, २०८२
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर आइतबार, कात्तिक ३०, २०८२
शक्तिलाई पुज्ने आयोगको चाला
शक्तिलाई पुज्ने आयोगको चाला शुक्रबार, कात्तिक २८, २०८२
फुटेर होइन जुटेर अघि बढौं
फुटेर होइन जुटेर अघि बढौं बिहीबार, कात्तिक २७, २०८२
ओलीको बोलीमा लगामको खाँचो
ओलीको बोलीमा लगामको खाँचो मंगलबार, कात्तिक २५, २०८२
नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ
नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ सोमबार, कात्तिक २४, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP