Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • अनिच्छुक 'टाइम ट्राभलर' : भविष्यमा बिउँझिएका एक मानिस
अनिच्छुक 'टाइम ट्राभलर' : भविष्यमा बिउँझिएका एक मानिस
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ३१, २०८२

एजेन्सी - डाक्टर पियर्दाँ दि पिचोनी एक अनिच्छुक 'टाइम ट्राभलर' बनेका छन् ।  उनको जीवनको १२ वर्षपछिबिउँझिएका छन् । 

 उनको स्मृतिबाट पूर्ण रूपमा मेटियो जब सन् २०१३ मा उनी एउटा कार दुर्घटनामा परे र मस्तिष्कमा क्षति पुग्यो।दुर्घटनाको दोस्रो दिन जब उनी अस्पतालमा बिउँझिए, उनलाई लाग्यो त्यो सन् २००१ हो र उनले आफ्नै पत्नी र अहिले लक्का जवान भइसकेका छोराहरूलाई चिन्न सकेनन्।

यस्तो अवस्थाका कारण आश्चर्यमा परेका उनी चिकित्सकीय काम गर्न सक्ने थिएनन्। आफ्ना निकटस्थसँग पियरका रूपमा चिनिने पियर्दाँले आफू कस्तो मानिस थिए भन्ने जान्ने कोसिस गरे। हजारौँ इमेलहरू खोज्दै जाँदा उनले आफूले आफ्नो अँध्यारो पाटो पत्ता लगाए।

उनको अनुभव दुर्लभ थियो जसले एउटा इटालियन टिभी शोलाई प्रभावित पारेको थियो। उनी एक युवा चिकित्सक थिए जसलाई गोली लागेको थियाे र उनले आफ्नो स्मृतिका १२ वर्ष गुमाएका थिए।

Ncell
Hardik health

सन् २०१३ को मे ३१ तारिखमा उनले आफ्नो चेतना पुनः प्राप्त गरे। उनी अस्पतालको सघन कक्षमा शय्यामा पल्टिरहेका थिए र त्यो इटलीको लोडी सहरमा थियो।

"मैले पहिला देखेको भनेको सेतो प्रकाश थियो - त्यो सघन कक्षको प्रकाश थियो जहाँ दुर्घटनापछि मेरा सहकर्मीहरू मलाई अस्पतालको शय्यामा राखिरहेका थिए। म करिब ६ घण्टाका लागि कोमामा रहेँ र जब बिउँझिएँ मैले मेरा सहकर्मीका आँखा मात्रै देखेँ।"जब उनीहरूले सोधेँ, 'आज कुन मिति हो?' मैले ५/६ सेकेन्डका लागि सोचेँ र जवाफ दिएँ, 'आज सन् २००१ को अक्टोबर २५ तारिख हो।"

त्यसपछि, उनले आइप्याडमा सहकर्मीजस्तै कोही देखे। सन् २००१ मा आइप्याडजस्तो कुनै उपकरण नै थिएन। फोनमा पनि केवल कल गर्न र सन्देश पठाउन अनि साधारण समाचार थाहा पाउन सकिन्थ्यो। तर सबैभन्दा ठूलो खुलासा हुनै बाँकी थियो।"उनीहरूले सोधे, 'तिमी आफ्नो श्रीमती हेर्न चाहन्छौ?' "पक्कै पनि: 'म मेरी श्रीमती हेर्न चाहन्छु', मैले प्रतिक्रिया जनाएँ।"र, मेरो दिमागमा मेरो श्रीमती कोठामा छिर्ने छिन् र १२ वर्ष अगाडिकी देखिनेछिन् भन्ने ठानेको थिएँ। तर कोठामा छिर्ने महिला मेरी श्रीमती जस्ती देखिँदैन थिइन्। उनको अनुहारमा थुप्रै धर्साहरू देखिन्थे।"

पियरले आफ्ना सन्तानहरू पनि हुर्किएर युवा अवस्थामा पुगिसकेको देखे।"मैले उनीहरूलाई तिमीहरू को हो भनेर सोधेँ? मेरा सन्तान खोइ? किनभने उनीहरू मेरा छोरा हुन् भनेर मैले विश्वास नै गरिनँ।"त्यसपछि मेरी श्रीमतीले उनलाई झट्का दिने खबर सुनाइन्: उनकी आमा जो उनको मस्तिष्कमा स्वस्थ थिइन्, उनको तीन वर्षअगाडि नै मृत्यु भइसक्यो।"जब म बिउँझिएँ, मलाई लाग्यो म ५३ वर्षको भएँ। तर मैले पछि थाहा पाएँ र महसुस गरेँ म त ६५ वर्षको भएको छु।"

प्रिन्स अफ बास्टर्ड
उनको स्मृतिबाट मेटिएका १२ वर्ष खोतल्दै जाँदा पियर त्यो समयमा आफू हार्दिक मानिस नभएको थाहा पाउँदा छक्क परे।"मैले मेरा साथीहरू, सहकर्मी, श्रीमतीलाई आफू कस्तो मानिस थिएँ भनेर सोधेँ। के म असल मानिस थिएँ वा खराब थिएँ?"मेरा सहकर्मीहरूले भने जब म आकस्मिक विभागको प्रमुख बने त्यति बेला मेरो मातहतमा काम गर्ने मानिस करिब २३० जना थिए।"

"मेरो नाम उनीहरूले प्रिन्स अफ बास्टर्ड राखेका थिए।"काममा डक भनेर चिनिने पियरले यो विश्वास गर्न सम्भव नभएको बताए किनभने उनी विगतमा त्यति खराब भएको ठान्दैन थिए।"उनीहरूले मलाई भने, 'तपाईँ असाध्यै अँध्यारो हुनुहुन्छ। एकदमै बलियो हुनुहुन्छ... तर अन्य मानिसका लागि एकदमै कठोर हुनुहुन्छ।'"

पियरका हराएका वर्षहरू: आफ्नो वास्तविकता खोतल्दै
जब पियरले उनका हराएका वर्षहरूमा विश्व कसरी परिवर्तन भयो भन्ने थाहा पाए उनले विगतका आफ्ना पत्रहरू सबै हेर्न थाले।"मैले सबै इमेलहरू पढेँ - ७६,००० भन्दा धेरै थिए - आफू को हुँ भन्ने बुझ्न कोसिस गरेँ... केही इमेलहरूमा मैले एउटा खराब मानिस, खराब हाकिम र घातक मानिस भेटेँ।

उनले आफ्ना सहकर्मीहरूले आफूबारे सत्य बोलेको थाहा पाएको बताए: "ती इमेलहरू पढ्दा मैले आफूलाई धेरै धेरै दुःखी पाएँ।"
सैले पियरले आफू असल मानिस बन्ने निर्णय गरे। "मैले दैनिक डायरी लेख्न थालेँ। मैले आफ्नो दिनको वा जीवनको चाहे महत्त्वपूर्ण होस् वा नहोस्, जे महसुस गर्थेँ त्यही लेख्न थालेँ।"म गलत समयमा गलत व्यक्ति थिएँ। त्यो मेरो समय थिएन।

"मैले नबुझ्ने संसारमा म अपरिचित व्यक्ति जस्तै थिएँ। म आफैँमा एक्लो महसुस गर्थेँ। मलाई कसैले बुझ्दैनन् जस्तो लाग्थ्यो।"पियर अन्धकारमा पुगे।"मैले लामो समय एक्लो महसुस गरेँ। किनभने मेरी आमा बितिसक्नुभएको थियो, मलाई मेरो बच्चा मरेजस्तो लाग्यो।"त्यसो भए किन बाँच्नु? मैले त्यो बेला आत्महत्या गर्ने सोचेँ किनभने मलाई त्यो मेरो संसार हो जस्तो लाग्दैन थियो।"तर पियरले यी नकारात्मक भावनाबाट आफैँलाई सम्हाल्ने उपाय पत्ता लगाए।

तस्बिरको क्याप्शन,पियरका बिर्सिएका वर्षहरू: अमेरिकामा हमला भएको एक महिनापछि पियरको सन् २००१ मा सडक दर्घटना भएको थियोपुन: प्रेममा पर्दैपियर कार दुर्घटना भएर १२ वर्षको स्मृति गुमाउनुअघि दिनमा १५ देखि १६ घण्टा काम गर्ने गर्थे।उनकी श्रीमतीले उनी त्यति बेला आकस्मिक विभागका प्रमुख रहेको र मुस्किलले घर आउने गरेको बताइन्।"उनले मलाई भनिन्, 'मलाई साँच्चै थाहा छैन तिम्रो एउटा वा त्यो भन्दा बढी केटी साथीहरू थिए... किनभने तिमी एकदमै काम भनेपछि मरिमेट्ने थियौँ।"

'प्रत्येक तीन मिनटमा एक जनाको ज्यान जान्छ': भारतका सडकहरू घातक हुनुका कारणकसरी एक पर्यटकीय आकर्षण बन्न पुग्यो ‘मृत्युको पुल’ पियरले श्रीमान्‌को आफ्नो भूमिका पुनः जागृत गर्ने निधो गरे जब छोटो समयको कोमापछि उनी आफ्नी श्रीमतीको प्रेममा पुन परे।

"जब मेरी श्रीमती कोठाबाट बाहिर जाँदा फर्किएर हेरिन् मैले उनलाई हेरेँ। म पुनः प्रेममा परेँ। त्यो साँच्चै आहा समय थियो।"उनले आफैँलाई भने, उनी आफूले सम्झिए जस्ती उनलाई लागेन।"मलाई लाग्छ म मात्रै त्यस्तो मानिस हुँ जसले भन्न सक्छु: 'मैले मेरी श्रीमतीलाई आफ्नी श्रीमतीका लागि धोका दिएँ।' किनभने उनी फरक व्यक्ति थिइन् र म पुनः उनको प्रेममा परेँ।"

तस्बिरको क्याप्शन,सडक दुर्घटनापछि पियरले जीवनको नयाँ पाटो फेला पारे पियरले आफ्नो नयाँ वास्तविकता उज्यालो र आशाले भरिएको भएको बताए।"मेरो व्यक्तिगत आरोहका कारण मात्रै म गर्व गर्दिनँ, तर... विश्वभरि नयाँ र सुन्दर सम्झना बनाउन सक्ने भएकाले म गर्व गर्छु।"यो नै मेरो मन्त्र हो।"

- बीबीसीबाट


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरी भाषा- संस्कृतिका स्रष्टा वीरगन्जमा सम्मानित
भोजपुरी भाषा- संस्कृतिका स्रष्टा वीरगन्जमा सम्मानित आइतबार, वैशाख ६, २०८३
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता मंगलबार, कात्तिक २५, २०८२
अनौठो ‘स्काई केभ’
अनौठो ‘स्काई केभ’ बिहीबार, कात्तिक २०, २०८२
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार बुधबार, कात्तिक १९, २०८२
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के?
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के? मंगलबार, कात्तिक १८, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP