Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
विश्व
  • Home
  • विश्व
  • सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १९, २०८२

टोकियो -  जापानी अनुसन्धानकर्ताहरूले सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार गर्न सफल भएका छन् । जापानी अनुसन्धानकर्ताहरूले तेज गतिमा विघटन गराउने जैविक प्रक्रिया (bio-based innovation)काे  प्लास्टिकलाई विकास गरेका हुन् । 

प्लास्टिक प्रदूषणबाट ग्रस्त विश्वका लागि जापानका वैज्ञानिकहरूले एउटा उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।जापानको रिकेन‌‌(RIKEN) विश्वविद्यालयमा रहेकाे अनुसन्धान केन्द्रका वैज्ञानिकहरूले वातावरणमै पुरै विघटन हुने नयाँ प्रकारको जैविक प्लास्टिक विकास गरेका छन्, जसले प्लास्टिक प्रदूषण नियन्त्रणमा ठूलो मोड ल्याउने सम्भावना देखाएकाे छ । यो खोजले भविष्यमा प्लास्टिकसँगको हाम्रो सम्बन्धलाई पूर्ण रूपमा परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ।

साधारणतया प्लास्टिक माटोमा सैकडौँ वर्षसम्म नबिग्रने समस्याले पृथ्वीमा ठूलो वातावरणीय संकट सिर्जना गर्दै आएको छ।सामान्य प्लास्टिक माटो वा समुद्रमा सयकराेडौँ वर्षसम्म बिग्रँदैन जसका कारण पृथ्वी प्रदूषण संकटमा फस्दै आएको छ। तर यस नयाँ प्लास्टिकले भने समुद्री पानीमा केही घण्टाभित्रै गल्न सुरु गर्ने र माटोमा जम्मा १० दिनभित्रै पूर्ण रूपमा विघटन हुने जनाइएकाे छ ।

Hardik health

यो प्लास्टिक खाद्य-ग्रेड, रासायनिक रूपमा सुरक्षित सामग्रीबाट बनेको वैज्ञानिकहरुले बताएका  छन् र विघटन भएपछि वातावरणलाई हानि नगर्ने बताइएकाे  छ।याे प्लास्टिकले  उल्टै माटोमा पोषक तत्व बढाउने र कार्बन मात्रा सुधार गर्ने  पनि भनिएको छ, जसले माटोको उर्वरता पुनर्स्थापना गर्न सघाउँछ।

अनुसन्धानकर्ताहरूका अनुसार, यो नवप्रविधि लागू भएमा समुद्रमा रहेको प्लास्टिक फोहोरमा कमी आउने,भूमिमा लामो समयसम्म थाकिने प्लास्टिक प्रदूषण नियन्त्रणमा जाने,र दिगो फोहोर व्यवस्थापन प्रणाली बलियो हुने सम्भावना छ। विशेषज्ञहरूले यसलाई भविष्यको वातावरणीय संकट समाधानतर्फको महत्वपूर्ण कदमको रूपमा हेरिरहेका छन्।

नयाँ प्रविधिले भने प्लास्टिकलाई प्राकृतिक जीवाणु (microbes) को सहायताले छोटो समयमै विघटन गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ। यदि यो प्रविधि औद्योगिक रूपमा लागू गरियो भने,प्लास्टिक फोहोरको मात्रा ठूलो दरमा घट्ने,समुद्र तथा नदीमा भइरहेको सूक्ष्म प्लास्टिक प्रदूषण कम हुने,र वातावरणीय क्षतिहरू दीर्घकालीन रूपमा नियन्त्रणमा आउने वैज्ञानिकहरूको विश्वास छ ।

विशेषज्ञहरू भन्छन्, “यो केवल प्रविधि मात्र होइन, भविष्यको ग्रहलाई जोगाउने कदम हो।” यस खोजले अहिले विश्वभरको वैज्ञानिक समुदाय, वातावरणविद् तथा टेक उद्योगको ध्यान तानिरहेको छ।


प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता मंगलबार, कात्तिक २५, २०८२
अनौठो ‘स्काई केभ’
अनौठो ‘स्काई केभ’ बिहीबार, कात्तिक २०, २०८२
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के?
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के? मंगलबार, कात्तिक १८, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP