Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कमिसनको जालो कहिले तोड्ने ?
कमिसनको जालो कहिले तोड्ने ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ८, २०८२

चुनावमा नेताहरुको नारा हुन्छ– गाउँमै रोजगारी सिर्जना । दलका घोषणापत्रमा प्रमुखताका साथ लेखिएका हुन्छन्– मिसन रोजगारी । दलका विभागहरुले रोजगारीका लागि अनेकन सभागोष्ठी पनि गर्न भ्याएकै छन् । तर नेपाली युवाहरु भने कतार कि दुबई, माल्टा कि रोमानिया भन्दै दैनिक बिचौलियाको पछि लाग्न बाध्य छन् । देशमा रोजगारी सिर्जना गर्न नसकेको सरकारले यी युवाहरु विदेश छिर्छन् भनेर सर्तरुपी अनेक जञ्जिर लगाइदिएको छ, हातगोडामा । ती छिचोल्दै विदेशी भूमिमा पसिना निकाल्नु आजका युवाको बाध्यता हो ।

तर सहज छैन विदेशमा कमाउन जान पनि । उनीहरुलाई राज्यले विभिन्न अवरोधहरु खडा गरिदिएको छ । ती अवरोध खुलाउन राज्यकै तलब खाएकाहरुदेखि बिचौलियासँग मोलमोलाइ गर्नुपर्छ । कामविहीन भएर देशमा बस्नुभन्दा बिचौलियालाई कमिसन खुवाएर विदेश जान बाध्य हुन्छन् युवाहरु । यसरी नै बाध्यतामा विदेश उड्नेहरुबाट कमिसन खाने गरेको आरोपमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निवर्तमान प्रमुख एवं गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा परे । सेटिङ गरेर कमिसन कुम्ल्याउने रोग ‘ओपन सेक्रेट’ नै हो । यहाँ प्रहरी प्रशासन होस् या सरकार, अख्तियार होस् या अन्य प्रशासनिक निकाय । आँखा चिम्लेर भइरहेको सेटिङ पनि देखेर पनि नदेखेझैं गर्छ ।

बरु आफ्नो सरकार आउनसाथ आफूसँग गति र मति मिल्ने कर्मचारीलाई खटाउँछ । मालदार विभागको रुपमा चिनिने यो ठाउँमा जान कर्मचारीहरु पनि तँछाडमछाड गर्छन् । जब सेटिङमा केही तलमाथि हुन्छ, तब सेटिङ मिलाउनेहरुबीच नै विवाद हुन्छ र उनीहरु अख्तियारको फन्दामा परेजस्तो हुन्छ । वैदेशिक रोजगारीका लागि देशहरु खुला गरिएसँगै भिजिट भिसामा यसरी नै डरलाग्दो गरी कमिसनको खेल सुरु भएको हो । यसरी लाखौं युवाहरु विदेश पुगेका छन् । राजनीतिक दलका नेताहरु घोषणापत्रमा मिठा कुरा लेखे पनि, कीर्तिपुरको डाँडामा बसेर लाखौं कमाउनसक्ने मिठा सपना बाँडे पनि विमानस्थल कटाउने बेला भने कमिसनमा ¥याल काढ्न पछि पर्दैनन् । 

Hardik health

यसैले पनि पछिल्लो समय सरकारप्रति जनआक्रोश बढ्न थालेको हो । तर यसलाई सरकारले नजरअन्दाज गरिरहेको छ । भन्सारदेखि हरेक नाका र अध्यागमनमा सेटिङबाट कमाउने धन्दा सरकारी कर्मचारीदेखि बिचौलियाले गर्दै आएका छन् । घुम्न जान पनि अवरोध, सामान्य सामान ल्याउँदा पनि अवरोध गर्ने सरकारी पाराले जनता आजित भएका छन् । जसरी पनि कमाउ भन्ने मानसिकताबाट ग्रस्त कर्मचारीतन्त्रको कमिसनको जालो तोड्नैपर्छ । यसो नभए जुनैबेला फेरि जनआक्रोश फैलिन सक्छ । सरकारी संयन्त्रले यसबारे बेलैमा सोचोस् ।
 


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP