Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २, २०८२

पछिल्लो तीन दशक नेपाली राजनीति तीन शीर्ष नेताको वरपर घुमिरह्यो । पहिलो कांग्रेस सभापति शेरबहादुर देउवा, दोस्रो एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । २०५२ बाट सुरु भएको जनयुद्ध रोकिएसँगै सबैभन्दा पहिले शक्तिमा आएका व्यक्ति हुन् माओवादी अध्यक्ष दाहाल । संविधानसभाको निर्वाचनपछि सबैभन्दा शक्तिशाली बनेका दाहाल लगातार तीनपटक प्रधानमन्त्री बनिसके । २०७९ को निर्वाचनपछि उनी कांग्रेस र एमालेको काँधमा चढेर पटक-पटक प्रधानमन्त्री बने ।

राजतन्त्र छँदै कांग्रेसबाट विद्रोह गरी प्रधानमन्त्री बनेका देउवा सबैभन्दा पाका नेताका रुपमा चिनिन्छन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धनका कारण कमजोर बनेको कांग्रेसलाई देउवाले माओवादीसँग तालमेल गरी विघटित प्रतिनिधिसभामा पहिलो बनाउन सफल भए । उनी पाँचपटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । ओली यसरी नै चारपटक प्रधानमन्त्री बनिसकेका व्यक्ति हुन् । तीनै नेताले आफ्नो दल र शासनमा चरम शक्ति प्रयोग गरिसकेका छन् । उनीहरुले जनताबाट पाउनुपर्ने आदर पनि पाइसकेका छन् । यद्यपि, यही शक्तिको उन्मादमा पार्टीभित्रैका दोस्रो पुस्ताका नेताहरुले उनीहरुलाई विश्राम लिन आग्रह झक्झकाएकै हुन् ।

तर दोस्रो पुस्ताका नेताहरुको स्वर उनीहरुले सुन्नै चाहेनन् । अहिले यही स्वर जेन-जी पुस्ताले बुलन्द पारेका छन् । तीन नेताको ‘म्युजिकल चियर’ बनेको सत्ता खोस्ने प्रयास गरेका छन् । तीन नेताको रजगजका कारण संघीय लोकतान्त्रिक गणतन्त्रसमेत खतरामा पर्न थालेको छ । राजावादीहरु राजतन्त्रको पक्षमा उत्रिन सुरु गरेका छन् । अतिवादी धार्मिक अभियन्ताहरुको माग उस्तै छ । महँगी बढेका कारण देशको अर्थतन्त्र संकटमा फस्दै गएको छ । उत्पादन बढाउन सकेको छैन । युवाहरु रोजगारीका लागि विदेश जाने शिवाय देशमा आयातमात्र बढ्दो छ । यही युवाले भित्र्याउने रेमिट्यान्समा रमाएर बस्ने बानी पर्दा देशको हाल बेहाल भएको छ ।

Hardik health

यही कारण बेथिति मौलाएको छ । भ्रष्टाचार बढ्दो छ । नीतिगत भ्रष्टाचारदेखि चरम असन्तुष्टि फैलिएको छ । वैज्ञानिक विकासकै कारण संसारका अरु देशहरुले प्रगति गर्दा नेपाल गफको केन्द्र बनेको छ । यसको श्रेय पक्कै तीन नेतामा जान्छ नै । यसैले अहिले आक्रोश बढेको हो । अब शीर्ष दलका तीन शीर्ष नेताले यो कुरालाई मध्यनजर गर्दै विश्राम लिनु नै आजको पहिलो र उत्तम विकल्प हो ।
 


प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP