Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ३०, २०८२
Hardik health

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की जेन-जी विद्रोहको बलमा प्रधानमन्त्री बनेकी छन् । प्रधानमन्त्री बनेसँगै उनको काँधमा चुनाव गराउनुपर्ने जिम्मेवारी आएको छ । प्रतिनिधिसभा विघटन भएकोले चुनाव गराउनैपर्ने उनको दायित्व हो । तर उनको सत्तारोहण जेन-जीको बलिदानीपूर्ण विद्रोहको जगमा उभिएको छ । 

भदौ २४ गते भएको सरकारी दमनका क्रममा १९ जना जेन-जी युवा मारिए । त्यसको आक्रोश जेठ २४ गते देशभर पोखियो । देशभर आगजनी र तोडफोड भए । शितलनिवासदेखि सिंहदरबार र अदालतसम्म जलेर खरानी भए । प्रमुख नेताका घर, विभिन्न व्यावसायिक प्रतिष्ठान र सञ्चारगृहसम्म आगो लगाएर ध्वस्त पारियो ।  देश आर्थिक संकटको चरम बिन्दुमा पुगेको बेला थप क्षति पुगेको छ । युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य छन् । राजनीतिक दलहरुप्रति घृणा बढ्दो छ । उनीहरुमाथि निवासमा भएको आक्रमण डरलाग्दो छ । उनीहरुको परिवारको मानसिक अवस्थाप्रति सरकारले उपचार प्रदान गर्नुपर्ने देखिन्छ । यतिमात्र हैन व्यवसायीलाई लयमा फर्काउन सरकारले उत्तिकै काम गर्नुपर्ने देखिन्छ । यसका लागि भरोसायोग्य सरकार बनाउनु आजको आवश्यकता हो । अर्को विषय हो प्रशासनलाई सबल बनाउनु । अहिले प्रशासनतन्त्रमाथि पनि उत्तिकै द्वेष फैलाउने क्रम जारी छ । यस्तो अवस्थामा कसरी सम्हाल्ने हो ? कार्की नेतृत्वको सरकारलाई निकै सकस पर्ने देखिन्छ । विश्वमै अब्बल मानिने आर्थिक नियामक संस्था एफएटिएफले नेपालको अर्थतन्त्र बिग्रँदो भन्दै ‘ग्रे लिस्ट’मा राखेको छ । 

अर्को विषय भनेको जेन-जी आन्दोलनको मुख्य माग भ्रष्टाचार अन्त्य हो । पछिल्लो सरकार आफ्नो सम्पत्ति सार्वजनिक नगरी सुशासनको खिल्ली उडाउँदै थियो । अबको सरकारको पहिलो काम सम्पत्ति सार्वजनिक गर्नु पनि प्रमुख बन्ने छ । सुशासनको प्रत्याभूति दिन नसके यो सरकार फेरि उही औपचारिकतामा सीमित हुने देखिन्छ । यसैले पनि आन्दोलनको जगमा उभिएको सरकारले आशा र भरोसा जगाउने खालको काम आजैबाट थाल्नुपर्छ । यी कामका साथै समयमै चुनाव गराउन सके कार्की नेतृत्वको सरकार त सफल बनेको ठानिने छ । यसले मुलुकलाई विद्यामान राजनीतिक अस्थिरतालाई चिर्दै नयाँ युगमा अगाडि बढाउने छ । यति गर्न सकेमात्र आन्दोलनमा ज्यान गुमाएका जेन–जीहरुको सपना साकार बन्ने छ ।
 


प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP