Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
राजु योञ्जन तामाङ
राजु योञ्जन तामाङ बिहीबार, असोज २, २०८२

मनलाई शिक्षित गरेर हृदयलाई शिक्षित नगरेसम्म शिक्षा अधुरो रहन्छ । -अरिस्टोटल

कन्फ्युसियसले भनेका छन्- शिक्षाले आत्मविश्वास दिन्छ, आत्मविश्वासले आशा दिन्छ र आशाले शान्ति ल्याउँछ ।

शिक्षालाई शक्तिशाली हतियार मानिन्छ, जसले समाजलाई रूपान्तरण पनि गर्न सक्छ वा नष्ट पनि गर्न सक्छ । यसै प्रसंगमा फ्रेइरे (१९७०) ले शिक्षा प्रयोगको स्वरूपअनुसार मानिसलाई स्वतन्त्र पनि बनाउँछ, दमन पनि गर्छ भन्ने तर्क गरेका छन् । यसरी हेर्दा शिक्षा बहुमूल्य हीराजस्तै हो जसको प्रत्येक पाटो फरक-फरक आयामलाई प्रतिनिधित्व गर्छ- दार्शनिक, संज्ञानात्मक, सामाजिक, प्रविधिक, आलोचनात्मक, रूपान्तरणकारी र भावनात्मक ।

दार्शनिक आयाम
शिक्षा केवल ज्ञान दिने कुरामात्र होइन, यसले जीवनलाई मूल्य, अर्थ र दृष्टिकोण दिन्छ । यसले मानिसलाई किन शिक्षा आवश्यक हो, शिक्षाले जीवनलाई कस्तो बनाउँछ भन्ने कुरामा गहिरो विचार गर्न लगाउँछ । युनेस्को (२०२३) ले शिक्षालाई ‘मूलभूत मानवअधिकार र दिगो विकास, स्वास्थ्य र स्वतन्त्रताको आधार’ भनेको छ । यसैगरी, ड्युयी (२०१८) ले शिक्षा जीवनको तयारीमात्र नभई जीवन नै हो भनेका छन् । नेपाल सरकारले ल्याएको शिक्षा नीति (२०७६) ले पनि शिक्षा रोजगारका लागिमात्र नभई नैतिकता, संस्कृति र राष्ट्रिय पहिचान निर्माण गर्ने आधार हो भन्ने मान्यता दिएको छ । यसरी दार्शनिक दृष्टिकोणका आधारमा शिक्षाले मानिसलाई नैतिक मूल्य, जीवन दृष्टि र सामाजिक भूमिकाबारे आत्मअन्वेषण गर्न प्रेरित गर्छ ।

Hardik health

नेपालमा अहिले सार्वजनिक विद्यालयहरूमा पनि कम्प्युटर, प्रोजेक्टर र इन्टरनेट सुविधा पुग्न थालेका छन् । केही विद्यालयमा स्मार्टबोर्ड प्रयोग गरेर डिजिटल सामग्री पढाइ भइरहेको छ । यसले केवल सिकाइलाई सहजमात्र बनाएको छैन, बरु सहर र गाउँबीचको शैक्षिक असमानता घटाउने सम्भावना पनि देखाएको छ । प्रविधिक आयामले शिक्षालाई समावेशी, आधुनिक र भविष्यमुखी बनाउन मद्दत गर्छ ।

संज्ञानात्मक आयाम
शिक्षा केवल तथ्य र ज्ञान जम्मा गर्ने प्रक्रियामात्र होइन, सोच्ने, तर्क गर्ने र प्रश्न गर्ने क्षमता विकास गर्ने साधन हो । ड्युयी (१९१६) ले लोकतान्त्रिक समाजलाई बलियो बनाउन सोच्ने, प्रश्न गर्ने र विवेचना गर्ने विद्यार्थी आवश्यक छ भनेका छन् । त्यस्तै, फ्रेइरे (१९७०) ले शिक्षाले विद्यार्थीलाई समाजसँग आलोचनात्मक रूपमा संलग्न हुन सिकाउनुपर्ने उल्लेख गरेका छन् । तर, नेपालमा अझै पनि कक्षाकोठा परीक्षा केन्द्रित र रटन्ते अभ्यासले भरिएका छन् । धेरैजसो शिक्षक र अभिभावकको विश्वास छ कि रटन्ते अभ्यासले विद्यार्थीलाई बढी ज्ञान दिन्छ ।

यद्यपि, नेपालले क्षमताआधारित पाठ्यक्रम विकास गरेको भए पनि त्यसलाई व्यवहारमा लागू गर्न अझै कठिन छ । यसले देखाउँछ कि शिक्षा केवल ज्ञानमूलक नभई विवेकी, समस्या समाधान गर्न सक्ने र लोकतान्त्रिक चेतनायुक्त नागरिक बनाउनुपर्ने हो ।

सामाजिक आयाम
शिक्षा सामाजिक सम्बन्ध निर्माण गर्ने प्रक्रिया हो । विद्यार्थी विद्यालयमा केवल किताब पढ्दैनन्, उनीहरू साथीहरूसँग सहकार्य गर्छन्, संवाद गर्छन्, विविधतालाई सम्मान गर्न सिक्छन् । भायगोत्स्की (१९७८) ले सिकाइलाई सामाजिक अन्तरक्रिया र सहकार्यसँग जोड्दै, शिक्षा संवाद र सहकार्यमार्फत सम्भव हुन्छ भनेका छन् । ड्युयी (२०१८) ले पनि शिक्षा ज्ञानसँगै सामाजिकीकरणको प्रक्रिया हो भनेका छन्- मानिससँग मिलेर बस्न, सहयोग गर्न र एकअर्काको सम्मान गर्न सिकाउने ।

नेपालमा शिक्षा विविध जातीय, भाषिक र सांस्कृतिक समूहबीच सामाजिक एकता ल्याउने साधनका रूपमा प्रयोग हुँदै आएको छ । नेपालको संविधान (धारा ३१.५) ले मातृभाषामा शिक्षा पाउने अधिकार सुनिश्चित गरेको छ । यद्यपि, नीतिस्तरमा विविधतालाई सम्मान गर्ने प्रयास भए पनि स्रोतसाधनको कमी, भौगोलिक अवरोध र कमजोर नेतृत्वका कारण यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विद्यालयमा विद्यार्थीले केवल शैक्षिक विषयमात्र होइन, सामाजिक जीवन जिउने तरिका पनि सिक्छन् । यसरी शिक्षा समाजमा सहअस्तित्व र सहकार्यको अभ्यास गराउने आधार हो ।

प्रविधिक आयाम
२१औं शताब्दीमा शिक्षा प्रविधिविना अपूर्ण छ । ओइसिडी (२०२४) ले डिजिटल सीपलाई शिक्षाको आधारभूत उद्देश्य भनेको छ भने श्यग (२०२५) ले भविष्यको शिक्षा प्रविधिमै आधारित हुने बताएका छन् । सबैले सम्झेको कोभिड-१९ महामारीले शिक्षा क्षेत्रमा ठूलो चुनौती ल्यायो । विद्यालय बन्द हुँदा विद्यार्थी घरमै थुनिनुपर्‍यो । तर, यसले नयाँ अवसर पनि ल्यायो- अनलाइन शिक्षा र डिजिटल पूर्वाधार विकासको आवश्यकता स्पष्ट भयो ।

नेपालमा अहिले सार्वजनिक विद्यालयहरूमा पनि कम्प्युटर, प्रोजेक्टर र इन्टरनेट सुविधा पुग्न थालेका छन् । केही विद्यालयमा स्मार्टबोर्ड प्रयोग गरेर डिजिटल सामग्री पढाइ भइरहेको छ । यसले केवल सिकाइलाई सहजमात्र बनाएको छैन, बरु सहर र गाउँबीचको शैक्षिक असमानता घटाउने सम्भावना पनि देखाएको छ । प्रविधिक आयामले शिक्षालाई समावेशी, आधुनिक र भविष्यमुखी बनाउन मद्दत गर्छ ।

आलोचनात्मक आयाम
शिक्षाले विद्यार्थीलाई केवल ज्ञान दिनु हुँदैन, बरु प्रश्न गर्न, बहस गर्न र समस्यालाई आलोचनात्मक दृष्टिले विश्लेषण गर्न प्रेरित गर्नुपर्छ । बटेस (२०२५) ले असाइनमेन्ट, बहस, समस्या समाधान र वास्तविक जीवनका अभ्यासमार्फत आलोचनात्मक सोच विकास हुन्छ भनेका छन् । तर नेपालमा शिक्षक-विद्यार्थीबीचको पदानुक्रमले विद्यार्थीलाई प्रश्न गर्न हतोत्साहित गरेको छ ।

यदि आलोचनात्मक शिक्षण नेपालमा लागू गर्न सकियो भने विद्यार्थीले वैदेशिक रोजगारी, वातावरणीय संकट, संघीयता वा बेरोजगारीजस्ता सामाजिक मुद्दाबारे बहस गर्न सक्ने छन् । यसले विद्यार्थीलाई प्रश्न गर्न, नयाँ दृष्टिकोण विकास गर्न र लोकतन्त्रलाई बलियो बनाउन योगदान पुर्‍याउने छ ।

शिक्षाको सम्पूर्ण सम्भावना उपयोग गर्न शिक्षक तालिममा सुधार, सांस्कृतिक विविधताको सम्मान, र प्रविधिक पूर्वाधारमा लगानी गर्न आवश्यक छ । शिक्षा केवल व्यक्ति होइन, समाज रूपान्तरण गर्ने साधन हो भन्ने कुरा हृदयमा राखेर अघि बढ्नुपर्छ । 

रूपान्तरणकारी आयाम
शिक्षाले मानिसलाई मात्र होइन, समाजलाई पनि रूपान्तरण गर्ने शक्ति बोकेको छ । मिडियम (२०२४) ले शिक्षालाई समाज परिवर्तन गर्ने शक्तिशाली एजेण्ट भनेको छ भने ग्रीन (२०२२) ले शिक्षा, कल्पना र विचारहरूले व्यापक सामाजिक रूपान्तरण ल्याउन सक्छन् भनेका छन् ।

नेपालको इतिहासमै शिक्षाले रूपान्तरणकारी रूपमा कार्य गर्दै आएको छ । राणाकालमा शिक्षा सीमित वर्गका लागिमात्र थियो । उनीहरूको डर थियो कि जनता शिक्षित भएमा शासनको विरुद्धमा उठ्ने छन् । २००७ सालमा प्रजातन्त्र आएपछि विद्यालय स्थापना हुँदै गए र शिक्षा जनसाधारणसम्म फैलन थाल्यो । सुरुमा विद्यार्थीलाई पढ्ने ठाउँ र शिक्षकलाई पढाउने पूर्वाधारको कमी थियो । तर अहिले स्मार्टबोर्ड, इन्टरनेट र डिजिटल सामग्रीको प्रयोगले शिक्षणलाई सजिलो र प्रभावकारी बनाएको छ । यसरी शिक्षा समाजलाई निरन्तर रूपान्तरण गर्दै आएको छ ।

भावनात्मक आयाम
शिक्षा केवल मस्तिष्कको कुरा होइन, हृदयको पनि कुरा हो । मुनीओज-ओलिभर (२०२२) ले भावनात्मक रूपमा दक्ष शिक्षकले विद्यार्थीको भावनात्मक आवश्यकतालाई सम्बोधन गर्न सक्ने बताएका छन् । प्याटी र स्टर्न (२०२५) ले भावनात्मक बुद्धिमताले नेतृत्व, स्थायित्व र सामूहिक कल्याण बढाउने बताएका छन् ।

तर नेपालमा विद्यार्थीको भावनात्मक पक्षलाई सामान्यतया बेवास्ता गरिन्छ । विद्यार्थीहरूलाई परीक्षा तनाव, प्रतिस्पर्धा र सामाजिक दबाबले मानसिक स्वास्थ्यमा असर गर्छ । अहिले जीवनकौशल शिक्षा कार्यक्रममार्फत सहानुभूति, आत्मचेतना र लचिलोपनजस्ता विषयलाई अलिकति जोड दिइएको छ । तर शिक्षक तालिममा यो पक्ष अझै न्यून छ । यदि भावनात्मक शिक्षा पाठ्यक्रममा व्यवस्थित रूपमा समावेश गरियो भने विद्यार्थीको शैक्षिक उपलब्धिमात्र होइन, सम्पूर्ण जीवन नै सुदृढ हुने छ ।

निष्कर्ष
यसरी शिक्षा बहुमूल्य हीराजस्तै हो, जसका सात पाटो (दार्शनिक, संज्ञानात्मक, सामाजिक, प्रविधिक, आलोचनात्मक, रूपान्तरणकारी र भावनात्मक)ले मात्र यसको सम्पूर्णता सुनिश्चित गर्छन् । नेपालमा नीतिस्तरमा प्रगतिशील दृष्टिकोणहरू भए पनि कार्यान्वयनमा चुनौती रहँदै आएको छ ।

शिक्षाको सम्पूर्ण सम्भावना उपयोग गर्न शिक्षक तालिममा सुधार, सांस्कृतिक विविधताको सम्मान, र प्रविधिक पूर्वाधारमा लगानी गर्न आवश्यक छ । शिक्षा केवल व्यक्ति होइन, समाज रूपान्तरण गर्ने साधन हो भन्ने कुरा हृदयमा राखेर अघि बढ्नुपर्छ । 

महात्मा गान्धीले भनेजस्तै- भोलि मर्ने भएझैँ जिउ, तर सधैं बाँच्ने भएझैँ सिक ।


प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०७:१४
#राजु योञ्जन तामाङ #शिक्षा
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP