Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २, २०८२

हेटौंडा । बागमतीका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले तामाङ पत्रकार संघ, बागमती प्रदेश समितिलाई अक्षयकोष स्थापनार्थ २ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल तामाङ पत्रकार संघ, बागमती प्रदेश र मकवानपुर जिल्ला समितिको संयुक्त आयोजनामा आइतबार हेटौंडामा आयोजित ३१ औं तामाङ प्रसारण दिवसको अवसरमा मुख्यमन्त्री बानियाँले उक्त रकम प्रदान गरेका हुन् ।

कार्यक्रममा तामाङ डाजाङका प्रकाशक अर्जुनबहादुर तामाङ र पत्रकार भुवन घलान पुरस्कृत भए । अर्जुनलाई ‘आईतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता’ पुरस्कारबाट नगद १० हजार १ सय रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । पत्रकार घलानलाई मकवानपुर जिल्ला शाखाले स्थापना गरेको ‘तामाङ पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका हुन् । उनलाई नगद ५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । 

संस्कृति तथा पर्यटन मन्त्रालको सहकार्यमा सम्पन्न कार्यक्रममा ‘सरकारी कामकाजी भाषाका रूपमा तामाङ भाषाको प्रभावकारी कार्यान्वयनमा सञ्चारमाध्यम तथा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया समेत गरिएको थियो ।

Hardik health

कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले मन्त्रालयतर्फबाट भाषा ऐन कार्यान्वयनका काम तीब्र गतिमा भइरहेको जानकारी दिंदै नियमावली तयार भएको बताए । उनले नेपाल तामाङ घेदुङ र नेवादयः दबूको सहकार्यमा सरकारी कार्यालयका कर्मचारीका लागि भाषा प्रशिक्षण प्याकेज बनाइएको समेत बताए ।

पत्रकार संघ, बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङको सभापतित्वमा भएको सो कार्यक्रमा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान, वरिष्ठ पत्रकार प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र नेपाल तामाङ घेदुङका संघीय सदस्य मेम्बर लो तामाङलगायत प्रमुख वक्ताका रूपमा थिए ।

त्यसैगरी संविधानसभा सदस्य गोविन्द्रराम चेपाङ, जिल्ला समन्वय समिति, मकवानपुरको प्रमुख ललितबहादुर घलान, तामाङ पत्रकार संघका संघीय सचिव आदर्श थोकर, नेपाल पत्रकार महासंघ, मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल तामाङ घेदुङको जिल्ला अध्यक्ष कालु घलानलगायतले मन्तव्य राखेका थिए ।

 


प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
​​​​​​​सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्‍यो
​​​​​​​सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्‍यो शुक्रबार, साउन २९, २०८३
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता शुक्रबार, साउन २९, २०८३
काठ लोड गर्ने क्रममा दुर्घटना हुँदा युवकको मृत्यु
काठ लोड गर्ने क्रममा दुर्घटना हुँदा युवकको मृत्यु शुक्रबार, साउन २९, २०८३
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु शुक्रबार, साउन २९, २०८३
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP