Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
नवआगन्तुकहरुले वैदेशिक रोजगारलाई अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने सुझाव जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २७, २०८२

काठमाडौं- जेन-जी आन्दोलनका कारण मुलुकमा सबै क्षेत्र ठप्प भएको अवस्थामा वैदेशिक रोजगार व्यवसाय पनि उत्तिकै प्रभावित भएको छ । व्यवसायीहरुका अनुसार आन्दोलनयता वैदेशिक रोजगार क्षेत्र ठप्प भएको छ । 

मुलुकबाट दैनिक औसतमा एक हजार ५०० देखि दुई हजार श्रमिक रोजगारीका लागि विदेसिने गरेको तथ्यांक छ । मंगलबार र बुधबार अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो । उक्त दुई दिनमा तीनदेखि चार हजार श्रमिकको उडान प्रभावित भएको आँकलन गरिएको छ । बिहीबारबाट भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेसिनेहरुको चहलपहल बढेको छ । सवारीसाधन नचल्दा वैदेशिक रोजगारीका विभिन्न प्रक्रियाका लागि काठमाडौं आउनपर्नेहरु आ-आफ्नो जिल्लामै रोकिएका छन् । निषेधाज्ञा र कफ्र्युलाई क्रमशः खुकुलो बनाउँदै लगे पनि सार्व सार्वजनिक सवारीसाधन सञ्चालनमा आएको छैन । त्यसैले अझै केही दिन चहलपहल नबढ्ने व्यवसायीहरु बताउँछन् ।व्यवसायीहरु भने रोजगारदाताले भनेको समयमा श्रमिक पठाउन नसकेकोमा चिन्तित देखिएका छन् । मंगलबार र बुधबार तय भएका उडानका साथै तोकिएका अन्तर्वार्ताहरु रोकिँदा समस्या भएको व्यवसायी बताउँछन् । 

जेन–जी आन्दोलनका क्रममा वैदेशिक रोजगार विभागसमेत तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको छ । श्रम स्वीकृति दिइँदै आएको माथिल्लो भवनमात्रै सुरक्षित रहेको छ । भवन क्षतिग्रस्त भए पनि विभागले श्रम स्वीकृतिको कामलाई निरन्तरता दिइएको जानकारी दिएको छ । विभागका कर्मचारीले घरबाटै अनलाइनमार्फत श्रम स्वीकृतिको सेवा दिइरहेको बिहीबार  सूचनामार्फत विभागले जानकारी दिएको छ । विकसित घटनाक्रमले व्यवसायीलाई मात्र नभएर सिंगो मुलुक नै अप्ठ्यारो अवस्थामा रहेकाले आफूहरुलाई प्राथमिकतामा नराखेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश बस्नेतले बताए । ‘व्यवसायलाई मात्र नभएर देशमै ठूलो प्रभाव छ । मुलुकको विषमा परिस्थितिमा व्यवसायलाई प्राथमिकतामा राख्न सकेका छैनौं । सबै कार्यालयहरु बन्द छन् । आवागमन ठप्प हुँदा कतिको टिकेट उड्यो,’ बस्नेतले भने, ‘बुधबारबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि जो पहिला नै काठमाडौं आइसक्नुभएको थियो उहाँहरुको उडान भएको देखिन्छ । उहाँहरु सायद जानुभयो । उपत्यकाबाहिरको मान्छेलाई समस्या नै देखिन्छ ।’

Hardik health

कतिपय व्यवसायीले ट्राभल एजेन्सीहरुलाई फ्लाइट रिसेड्युल गर्न आग्रह गरेको बुझिएको बस्नेतले बताए । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष डा. डिकबहादुर खत्री ‘कुमार’ श्रमिकलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउने जिम्मेवारी व्यवसायीको भएको बताउँछन् । उडान सुरु हुन थालेकाले गन्तव्य मुलुक जान तयार भएका सम्पूर्ण श्रमिकले आफू जान तयार छु भनेको अवस्थामा उनीहरुलाई व्यवस्थित तवरले गन्तव्यसम्म पुर्‍याउनुपर्ने उनको भनाइ छ ।  तथ्यांक उपलब्ध गराउने निकायहरु बन्द रहेकाले कति श्रमिक प्रभावित भए, कति उडान रद्द भए भन्ने विषयको यकीन जानकारी आइनसकेको वरिष्ठ उपाध्यक्ष खत्रीले बताए । विभिन्न मुलुकमा भएका रोजगारदाताले मुलुकको घटना र यस क्षेत्रका विषयमा चासो व्यक्त गरिरहेको उनको भनाइ छ । सबै निकायहरु समस्याग्रस्त रहेको अवस्थामा व्यवसायीहरुसँग पनि काम छोडेर सामाजिक सञ्जाल हेर्नुभन्दा केही विकल्प नभएको खत्रीले बताए । पछिल्लो घटनाक्रमबाट मुलुकले ठूलो क्षति व्यहोरेकाले यसको परिपुरणका लागि अब मुलुकको नेतृत्व सम्हाल्नेहरुले वैदेशिक रोजगारीको क्षेत्रमा विशेष ध्यान दिनपर्ने उनको सुझाव छ । ‘सामान्य स्थिति भइसकेपछि पनि तत्कालका लागि वैदेशिक रोजगार क्षेत्रलाई नवआगन्तुकहरुले देशको अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने र अर्थतन्त्रको सन्तुलनका लागि पनि वैदेशिक रोजगारीलाई स्वस्थ बनाउनुपर्ने देखिन्छ । यसलाई नयाँ सत्ता सञ्चालन गर्नेहरुले पनि नकारात्मक हिसाबले हेरिदिनु हुँदैन,’ वरिष्ठ उपाध्यक्ष खत्रीले भने ।

वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएको छ । मुुलुकको अर्थतन्त्रमा करिब ३० प्रतिशत योगदान वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सको रहेको तथ्यांक छ । मुलुकमा आइपर्ने सम्भावित आर्थिक संकटलाई न्यूनीकरण गर्न वैदेशिक रोजगारीलाई सरकारले प्रथमिकतामा राख्ने व्यवसायीको अपेक्षा छ ।

 


प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता मंगलबार, चैत ३, २०८२
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक सोमबार, चैत २, २०८२
सुरक्षा चिन्तासँगै रोजगारी गुम्ने त्रासमा मध्यपूर्वका नेपाली
सुरक्षा चिन्तासँगै रोजगारी गुम्ने त्रासमा मध्यपूर्वका नेपाली आइतबार, चैत १, २०८२
इजरायल-इरान युद्ध लम्बिँदा बढ्दै सुरक्षा चिन्ता
इजरायल-इरान युद्ध लम्बिँदा बढ्दै सुरक्षा चिन्ता शुक्रबार, फागुन २९, २०८२
उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ता क्रम जारी
उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ता क्रम जारी बिहीबार, फागुन २८, २०८२
सात महिनामै भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स
सात महिनामै भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स बिहीबार, फागुन २८, २०८२
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP