Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
  • #नेपाली_कांग्रेस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २२, २०८२
Hardik health

जनताको सबैभन्दा नजिकको सरकार, स्थानीय सरकार । ‘गाउँको सिंहदरबार’को रुपमा चर्चा गरिने स्थानीय सरकारले जनतालाई घरदैलोमै पुगेर सेवा दिनुपर्ने हो । किनभने संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । मुलुकमा रहेका ७५३ स्थानीय सरकारलाई आफैं बजेट निर्माण गर्ने अधिकार छ । विभिन्न शीर्षकमा राजस्व संकलन गर्न पाउँछ । यसरी स्वतन्त्ररुपमा काम गर्ने हैसियत हुँदाहुँदै पनि अधिकांश स्थानीय तहले त्यसको सही उपयोग गर्न सकेका छैनन् । यद्यपि, केही स्थानीय तहले भने नमूनायोग्य काम गरिरहेका छन् ।

स्थानीय सरकार गठनपछि गाउँगाउँमा सुधारको अपेक्षा आमजनताले गरेका थिए । तर केन्द्रीयस्तरमा वर्षौंदेखि गाँजिएर रहेको बेथिति स्थानीय तहमा सर्दै जाँदा सुधारको अपेक्षाविपरीत हुन पुगेको छ । बेथितिको उदाहरण चालु आर्थिक वर्षको बजेटलाई लिन सकिन्छ । चालु आर्थिक वर्षको दोस्रो महिना बित्न लाग्दा पनि ५८ वटा स्थानीय तहले यो आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छैनन् । कानुनतः स्थानीय तहको बजेट गत असार १० गते सार्वजनिक गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने हो । पालिकाको सभाबाट पारित बजेट साउन १ गतेबाट कार्यान्वयन गर्नुपर्ने प्रावधान छ ।  तर, ती स्थानीय तहले बजेट नल्याई खर्च गरिरहेका छन्, जुन गैरकानुनी हो ।

बजेट सार्वजनिक नगरेका ५८ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै मधेस प्रदेशका ४० वटा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका चार, बागमती प्रदेशका चार स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन् । लुम्बिनी प्रदेशका छ, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तहले पनि बजेट ल्याएका छैनन् । बजेट नल्याउनुमा राजनीतिक विवाद नै मुख्य देखिएका छन् ।  अर्थविद्हरुका अनुसार समयमा बजेट नल्याउनु बजेट कानुनको ठाडो उल्लंघन हो । विगतमा संघीय सरकारले पनि राजनीतिक किचलोका कारण समयमा बजेट प्रस्तुत गर्न नसक्दा समस्या हुने गरेको थियो । त्यसैलाई मध्यनजर गर्दै संविधानमै बजेट प्रस्तुत गर्ने दिन तोकियो । जसअनुसार हरेक वर्ष जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुपर्छ । यसैगरी प्रदेश सरकारले असार १ र स्थानीय तहले असार १० गते बजेट प्रस्तुत गनुपर्ने व्यवस्था गरिएको छ । यो कानुनी व्यवस्था पालना गर्न स्थानीय सरकार जिम्मेवार बनेको देखिँदैन । स्थानीय तहले बजेट ल्याउन नसक्नुको कारण पहिचान गरी संघीय सरकारले आवश्यक समन्वय गर्न जरुरी देखिन्छ । यसका लागि संघीय मामिला मन्त्रालयले तत्काल कदम चालोस् ।
 


प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP