Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
सुर्यप्रकाश सुनुवार
सुर्यप्रकाश सुनुवार बिहीबार, भदौ २६, २०८२

मानव समाजको विश्व इतिहासमा विभिन्न पुस्ताका मानिसहरूले अनेक किसिमका परिवर्तनहरू देखे र भोगे । कति आफैले परिवर्तन गरे, कति आफै परिवर्तन भए । कालक्रममा मानवले विकास गरेका अनेक प्रविधि र संस्कृतिहरूले मानिसहरूलाई समयक्रम अनुसारको चरित्र र बुझाई हुने गर्दछन । यसरी समय क्रममा हुने शिक्षा, संस्कृति र बुझा र उनीहरूको चरित्रका आधारमा पुस्ता वर्गीकरण गरिएका छन । यसरी वर्गीकृत गर्नुको कारण उनीहरूको भोगाई र उनीहरूले विकास गरेको प्रविधिसँग सम्बन्धित छ । सन १९०० भन्दा अघिका पुस्तालाई हराएका पुस्ता र त्यसपछिका पुस्तालाई डिप्रेसनको शिकार भएका पुस्ताका रूपमा चित्रित गरिएको छ । कुन पुस्ताले के प्रविधि उपभोग गर्न पाए र के विकास गरे ? यसलाई पनि हेरौं ।

१.    मौन पुस्ता (१९२८-१९४५) यो पुस्ताका मानिसहरूले चिठी लेख्न समेत धौ धौ थियो । सूचना प्रविधि विकसित भएका पनि थिएन । घरायसी संस्कार / समुदायिक हुनु प्रमुख शिक्षा थियो । यो पुस्ता दुःख नै दुःखमा हुर्किएको र जीवन विताएको पुस्ता हो । यस पुस्ताले घरायसी र पारिवारिक अवस्थाप्रति चिन्तित र दयालु, मेहनती र सामुदायिक प्रवृत्तिका हुन्छन । यस पुस्ताका मानिसहरूले दुःख के हो ? भनेर अनुभव गरेका छन । यो पुस्ताका मानिसहरू आफ्ना दुःख आफैंसँग भन्ने गर्दछन र बाहिर त्यति दुःख व्यक्त गर्न रूचाउँदैनन् । त्यसैले यस पुस्ताका मानिसहरूलाई Silent Generation भनेर वर्गीकरण गरिएको हो ।

२.    वेवी बुमर्स (१९४६-१९६४) यो पुस्ताका मानिसहरू समाज र सँस्कृति प्रेमी हुन्छन । संस्कृतिमा यिनीहरूको अगाध आस्था रहेको हुन्छ । यस पुस्ताले कला, संगीत र साहित्य क्षेत्रमा राम्रो लगाव राखेको देखिन्छ । यस पुस्ताले उपभोग्य घरायसी उपकरणहरूको राम्रो विकास गरे । संचारको प्रविधिको कुरा गर्दा यो पुस्ता रेडियो सुन्ने पुस्ता हो । यस पुस्ताले आफ्ना सन्तानलाई शिक्षा दिनमा विशेष जोड दिएको पाइन्छ । सन्तानले डाँडाकाँडा ढाकुन भन्ने यस पुस्ताको मूल मन्त्र थियो । त्यसैले यस पुस्तालाई सन १९४० देखि १९५० सम्मको जनसंख्या वृद्धिदरको तथ्यांकलाई आधार मानेर वेवी वुमर्स भनिएको हो ।

३.    जेन एक्स (१९६५-१९८०) यो पुस्ता टेलिभिजन र चलचित्र हेरेर प्रभावित हुने पुस्ता हो । यस पुस्ताका मानिसहरू बढी मात्रामा साहित्य, चलचित्र र चित्रकथाका कथानक पात्रहरूबाट प्रभावित हुन्थे । यस पुस्ताका मानिसहरूका लागि चलचित्र हल धाउनु र घरमा टेलिभिजन राख्नु ठूलो शौखको विषय थियो । ब्रुस ली, ज्याकी च्याङ र माइकेल ज्याक्सन यस पुस्ताका विश्वविख्यात हिरो हुन । यस पुस्ताले डिजिटल सूचना प्रविधिको विकासमा विशेष ठूलो योगदान गरेका छन । याहु, गुगल, ह्वाट्सएप लगायतका प्रविधिको विकास यस पुस्ताको उत्पादनहरू हुन् ।

Hardik health

४.    मिलेनियल्स (१९८१-१९९६) यस पुस्तालाई Gen Y पनि भनिन्छ । पश्चिमा जगतमा यो सबैभन्दा शिक्षित पुस्ता हो । यस पुस्ता डिजिटल प्रविधिसँग एकदमै सामिप्य राख्ने अवसर पाएको पुस्ता हो । यसै पुस्ताले विभिन्न सूचना प्रविधिहरूको विकास र विस्तार गरेका छन । ई-कमर्शलाई विश्वव्यापी बनाएको यही पुस्ताले हो । यस पुस्तामा स्थानीय र विश्व समुदायपनको विशेषता पाइन्छ । फेसबुक र युट्युव जस्ता सामाजिक सञ्जाल र डिजिटल प्ल्याटफर्महरू यस पुस्ताको प्रतिनिधि उत्पादन हुन् ।

५.    जेन जेट (१९९७-२०१२) जेन जी हाल १४ देखि २८ वर्षका भए । यो सन १९९७ देखि २०१२ सम्म जन्मिएका बच्चाहरूलाई Generation Z को संज्ञा दिइयो । यस पुस्ताका बच्चाहरूमा डिजिटल सामिप्यता, वैश्विक सामाजिक चेतनाका चरित्रका हुन्छन भनेर वर्गीकृत गरिएको पाइन्छ । यिनीहरूमा मानव सममाजका कुनै पनि वादहरू भन्दा पृथक रहेर कल्पना गर्ने प्रवृत्ति हुन्छ । स्मार्टफोन र सामाजिक सञ्जाल यस पुस्ताको प्रमुख केन्द्रीय तत्व हो । यो पुस्ता सानै देखि हरेक कुराहरू स्मार्टफोन र सामाजिक सञ्जालमा प्रयोग उपयोग गरेर हुर्केको पुस्ता हो । यस पुस्ताका युवा तथा किशोरहरू सामाजिक सञ्जाल, इन्टरनेट र सूचना प्रविधिसँग बढी अनुभवी हुने भएकाले यसै अनुसारको संस्कार र सिकाई हुन्छ, भनिन्छ । यसैको विश्वव्यापी ट्रेन्डको नतिजा थियो, सेप्टेम्बर ८ को जेज जी प्रदर्शन । जसले विध्वंशको रूप लिन कुनै बेर लागेन ।

६.    जेन अल्फा (२०१३-२०२५) यस पुस्ताका बच्चाहरू कृतिम बौद्धिकतामा आधारित पुस्ताको रूपमा व्याख्या गरिन्छ । यिनीहरूको पालामा कृतिम बौद्धिकताको चरम विकास र उपयोग बढेको समय हो । यस पुस्ताले हरेक कुरा कृतिम बौद्धिकताबाट संभव छ भन्ने कुरा देखेर हुर्किरहेको छ । विश्वमा विभिन्न ठूला महामारीहरू पनि यस पुस्ताले देखेर, भोगेर हुर्किइरहेका छन्। 

७.    जेन बेटाः सन् २०२५ पछिका पुस्तालाई बेटा जेनेरेशनका रूपमा कल्पना गरिएको छ । यो पुस्ता जन्मदा नै फोर जी प्रविधि र अन्तरिक्ष तथा मंगल ग्रहमा मानव वस्तीको कल्पना गरिसकिएको छ । त्यसैले यस पुस्ताका लागि पृथ्वी बाहिरको संसारको कल्पना भैसकेको हुँदा यो पुस्ता चरम प्रविधि विकासमा हुर्केको हुनेछ ।

विश्वव्यापी ट्रेन्डः
जेन जी पुस्ताको माग थियो, नो करप्सन र एक्सपोज नेपो बेवीज् । यो आन्दोलन सीधै नेपालमा सिर्जित भएर सुरू भएको होइन । यो आन्दोलन डिजिटल प्ल्याटफर्मसँग सम्बन्धित छ । यो कुनै संगठित आन्दोलन नभएर केवल डिजिटल एक्टिभिष्टहरूको दबाब मात्रै हो, तथापि यसले विश्वमा धेरै देशको सरकार ढालीसकेको छ ।  केन्या, श्रीलंका, बाङ्लादेश, इन्डोनेसिया हुदै नेपालमा पनि त्यस्तै र सबभन्दा चाँडो दुई दिनमा नै ठूलो धनजनको नोक्सान हुदै सरकार नै ढल्यो । हाल इन्डोनेसियामा भने यो आन्दोलन जारी नै छ ।

राजनीतिमा नातावाद र चाकडीवाद मात्रै मौलाइरहेको अवस्थामा शक्ति र सत्तामा बसेकाहरूको छोराछोरीहरू र सर्वसाधारण जनताका छोराछोरीहरूको जीवनशैलीको तुलना गर्दै नेपो वेवीजहरूको बारेमा सामाजिक सञ्जालमा भिडियोहरू बनाएर एक्सपोज गर्ने ट्रेन्डिङबाट प्रभावित केही किशोरवय युवायुवतीहरू यसतर्फ आकार्षित हुदै जाँदा यसले सामाजिक सञ्जालमा विश्वव्यापी रूप लियो । यसरी शक्ति र सत्तामा बस्नेहरूको ऐशको विलाशी जीवनशैली र सर्वसाधारणहरूको दुख र संघर्षका कथाहरू बीचको तुलनाका बीच यस पुस्ताका युवा युवतीहरूमा तीब्र रूपमा असन्तुष्टि बढ्दै जाँदा यसले ठूलो आन्दोलनको आँधीवेहरी उराल्ने गरेको छ । यसरी आन्दोलनको वेग उर्लिनुमा नेताहरूको विभिन्न गल्ती र कमजोरीहरूले ट्रिगरीङ फ्याक्टरका रूपमा काम गर्ने गरेको देखिन्छ । 

इन्डोनेसियामा पुर्व राष्ट्रपति सुहार्तोका ज्वाईलाई राष्ट्रपति पदमा निर्वाचित गरेपछि सर्वसाधारण युवाहरूले नपाएर सधैं नेताका छोराछोरीलाई सीधै मौका दिएको भनेर जेन जी पुस्ताले आन्दोलन सुरू गरेको थियो । बाङलादेशमा स्वतन्त्र सेनानीका सन्तानले पाइरहेको आरक्षण कोटामा वृद्धि गर्ने हसिना सरकारको निर्णयले गर्दा विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले आफू प्रधानमन्त्री रहेकै अवस्थामा देश छाडेर भाग्नु परेको थियो । श्रीलंकामा भने लामो समय राजापाक्ष परिवारको सत्ताभोग र देशको विकराल आर्थिक मन्दीले गर्दा यही पुस्ताले सुरू गरेको विद्रोह थेग्न नसकेर लखेटिनु परेको थियो । केन्या, जर्जिया, अमेरिकामा पनि विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूमा प्रदर्शनहरू भएका छन् । त्यसैले यो विश्वव्यापी रूपमा जेनजी पुस्ताहरूमाझ चलेको लहर हो यो आन्दोलन । त्यसैले यो विश्वव्यापी रूपमा युवाहरूमाझ लोकप्रिय हुदै गइरहेको छ र यसले धेरै वटा सत्ताहरू ढालीसकेको छ । 

नेपालमा सेप्टेम्बर ८ को पृष्ठभूमिः
नेपालमा भने यो सामाजिक सञ्जालमा जेनजीहरूमाझ लोकप्रिय हुदै गइरहेको थियो र जेनजीहरूले ओली सरकार र प्रमुद दलका नेताहरूको नेपो वेवीज पर्दाफास गर्ने र नो करप्सनका स्लोगनहरूले सामाजिक सञ्जाल भाइरल भइरहेका थिए । यसै क्रममा सामाजिक सञ्जालमा ओली सरकारको आलोचना बढेको देखेपछि नेकपा एमाले र प्र.म. केपी ओली नेतृत्वले आफ्ना पार्टीका साइबरसेनाहरू मार्फत जेनजीका अभियान र आलोचनाको प्रतिवाद गर्ने र जेनजी अभियन्ताहरूलाई धम्क्याउने कार्यले सामाजिक सञ्जाल तातिदै जाँदा जेनजीहरूले अकुपाई माइतीघरको आन्दोलन घोषणा गरे ।

यसक्रममा विवेक थपलिया नामको केपी ओली समर्थक र जेनजी अभियन्ताहरूबीचमा सामाजिक सञ्जालमा विवाद चुलिदै गयो । यसैको प्रतिरक्षाका लागि ओली सरकारले यसलाई रोक्नका लागि एउटा गलत निर्णय गर्यो, नेपालमा सामाजिक सञ्जालहरूमाथि प्रतिवन्ध लगाउने । यसका लागि लामो तयारीका साथ व्यवस्थित रूपले सर्वोच्च अदालतबाट आदेश जारी गरेर त्यसैका आधारमा सरकारले आधिकारिक रूपमा सामाजिक सञ्जालमाथि रोक लगायो, जसले यहाँका मिडिया र सामाजिक सञ्जालमा आश्रित व्यवसायीहरू आक्रोशित बन्न पुगे ।

केपी ओलीका साइबर सेनाहरूबाट अपमानित र आक्रोशित युवाहरू सेप्टेम्बर ८ का दिन प्रदर्शन गर्ने तयारी गर्दा यसमा अनेक स्वार्थ समूहहरूले यसको जस लिन र फाइदा उठाउन सकृय रहेका थिए । सेप्टेम्बर ८ का दिन माइतीघर, बबरमहल, बानेश्वरमा स्वःस्फूर्त रूपमा भेला भएका युवाहरूलाई ओली सरकारले चुनौतीको रूपमा लियो र फेरि अर्को गल्ती गर्यो, प्रदर्शनलाई दमन गर्ने । यही दमनका कारण भाद्र २४ को विकराल विध्वंशका वातावरण तयार भयो र सिंगो देश खरानीमा परिणत भयो ।

जेनजीका माग र अबको निकासः 
जेनजी कुनै संगठित संस्था वा संगठन होइन । यो एक उमेर समूह हो, जून उमेर समूहका युवायुवतीहरूको जमात हो । यसले कुनै नेतृत्व पनि छैन । यो केवल एक भावनाले जोडिएको उमेर समूह हो, जसले उज्वल भविष्यको सपना देख्ने गर्दछन् । नेपालमा पनि भ्रष्टचार मौलाइरहेको एकपछि अर्को अचम्मित पार्ने समाचारहरू निस्किने क्रम बढ्दो छन र नातावाद र कृपावाद त यहाँका संस्कार नै भइसकेको छ । यसले गर्दा जेनजी पुस्तामाझ ओली सरकारप्रति उत्पन्न वितृष्णा बढ्दो थियो ।

यसरी वितृष्णता बढ्नुका प्रमुख कारण नेपाल प्रतिपक्ष विहिनता देखिनु हो । नेपालका दुई पुराना र ठूला दलहरू नै मिलेर सरकार गठन गर्नु र साना दलका नेताहरू छानी छानी अनेक मुद्दाहरू लगाइनु र जेल चलान गर्नुले नेपाल सरकार र नेपालको संसद प्रतिपक्ष विहिन जस्तो अवस्थामा थियो र यसले सत्ताधारी दलहरूको मनोमानी बढेको प्रष्ट देखिन्थ्यो । यस क्रममा जेनजी अभियन्ताहरूको विश्वव्यापी माग, नो करप्सन र एक्पोज नेपो वेवीले नेपालमा पनि चर्चाको चरमचुलीमा पुग्यो । सेप्टेम्बर ८ को माग भ्रष्टचारबाट मुक्ति र नातावादमा प्रतिवन्ध नै प्रमुख मागहरू थिए । 

सेप्टेम्बर ८ पछि प्रदर्शनमा सरकार पक्षको चरम दमनका कारण जून परिस्थिति बन्यो र सिंगो देश जल्यो र सरकार विहिन अवस्थामा पुग्यो, यसमा सत्ताधारी दलहरूले आत्म समिक्षा गर्नै पर्छ र जेनजीका मागहरू कसरी सम्बोधन गर्ने भन्ने विषयमा गम्भिर बन्नै पर्छ । तर, सरकार संविधानले दिएको वैधानिक बाटोबाट नै बन्नु पर्दछ । यसका लागि दलहरूले जिम्मेवार भएर अघि बढ्नु पर्दछ । देशमा सरकार विगठन भएको हो, संसद विगठन भएको छैन । संविधान खारेज भएको छैन । त्यसैले यही संविधानले दिएको बाटोबाट नै सरकार निर्माण गरेर अघि बढ्नु पर्दछ । जेनजी अभियन्ताहरूले भने जस्तो वा अरू कसैले भने जस्तो अन्तरिम सरकार बन्ने अवस्था यो होइन, किन भने जेनजी मागहरू संविधान खारेजी, संसद विगठन र व्यवस्था परिवर्तन कुनै पनि होइनन । जेनजीका माग भ्रष्टचार रोक्नु र सरकार परिवर्तन गर्नु हो । सरकारको निरंकुश कदमका विरूद्ध हो, व्यवस्था र संविधानका विरूद्ध होइन । त्यसैले संविधान भन्दा बाहिरबाट कुनै पनि अन्तरिम सरकार बनाउनु पर्ने अवस्था यो होइन ।

नेपाली सेनालाई अनुरोध 
नेपाली सेना संवैधानिक सेना हो । यस विषम परिस्थितिमा नेपाल प्रहरीले मात्र सुरक्षा व्यवस्था कायम राख्न नसकेको कारणले नेपाली सेनाले यस परिस्थितिमा सुरक्षा जिम्मेवारी बहन गर्न दिइएको हो । देश सरकार विहिन भएको अवस्था हो, संविधान र संसद विहिन भएको अवस्था छैन । त्यसैले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व भुल्नु हुदैन । जेनजीसँग वार्ता र अन्तरिम सरकार गठन गर्ने विषयमा छलफल र राष्ट्रपतिलाई राजीनामा दिनुहोस, हामी सम्हाल्छौ भन्ने जस्ता विषयहरू बाहिर अइरहेका छन, त्यो नेपाली सेना र प्रधानसेनापतिले जननिर्वाचित संसद र संविधान सकृय रहेको अवस्थामा भन्न मिल्ने कुरा होइनन । यतिबेला देशको सुरक्षा व्यवस्था अस्थिर भएको अवस्थामा नागरिक समाज, राजनीतिक दलहरू र सुरक्षा निकाय कसैले पनि आफ्नो दायित्वको मर्यादा नाघ्न मिल्दैन । त्यसैले हामी सबै संयमित हौ र संवैधानिक बाटोबाट नै साझा निकास खोज्नु पर्दछ ।

 


प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP