Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ३१, २०८२

सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्लाई जेन-जी आन्दोलनले दिएको दुई म्याण्डेट हो- पहिलो, भदौ २३ गते प्रदर्शनमा भएको सरकारी दमनका छानबिन र दोषीलाई कारबाही, दोस्रो, भ्रष्टाचारमा संलग्न नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गर्नु । जेन-जी आन्दोलनको बलमा उभिएको कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद्बाट यी दुवै विषयमा विशेष निर्णय आउने अपेक्षा गरिएको थियो । तर सोमबार बसेको मन्त्रिपरिषद्ले यो विषयमा ठोस निर्णय गर्न सकेन ।

सरकारले भदौ २३ मा सरकारी पक्षबाट भएको चरम दमनको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमामात्र १९ जना युवाको ज्यान गएको थियो । यसैगरी भोलिपल्ट देशभर सार्वजनिक सम्पत्तिदेखि नेताहरुको निवासमा आक्रमण भयो । यी विषयमा गहन अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन पहिले नै सहमति भइसकेको थियो । तर सरकारले यस विषयमा ठोस निर्णय गर्न सकेन ।

सरकारका लागि यो सबैभन्दा ठूलो चुनौतीको विषय पनि हुने छ । यो प्रदर्शनका क्रममा ७२ जनाको मृत्यु भएको पछिल्लो सरकारी तथ्यांकले छ । यो संख्या अझै बढ्न सक्ने देखिन्छ । सरकारी तथ्यांक, क्षति संकलन, मृतक, घाइते, व्यवसायमा भएका क्षतिजस्ता विषयमा जाँचबुझ गर्न आयोग गठन चानचुने विषय हैन । एउटा विमान दुर्घटनामासमेत आयोग गठन गरेर महिनौं लाग्ने नेपाली संयन्त्रका लागि यसपटकको दमन, तोडफोड र आगजानीका घटनाको प्रतिवेदन तयार पार्न महाभारत नै हुने देखिन्छ । संकटमा बनेको सरकारलाई चुनाव सम्पन्न गराउने अभिभारा त छँदै छ । यो सरकारको पहिलो चुनौती यही क्षतिलाई कसरी मूल्यांकन गर्छ भन्ने विषयले जाँच गर्ने देखिन्छ । पीडितको अपेक्षा अधिक हुन्छ भने पीडक सकेसम्म फुत्कन खोज्छ । समयमा जाँचबुझ हुन नसके धेरै प्रमाणहरु नष्ट हुने सम्भावना उत्तिकै हुन्छ । 

Hardik health

पछिल्लो समय कतिपय संवेदनशील विषयमा उच्छृंखल धारणा राख्नेहरुले धमाधम प्रमाण मेटाउन थालेका छन् । अहिले कर्मचारी, अदालतका कर्मचारी, प्रहरीको मनोबल गिरेको अवस्था छ । जाँचबुझ र अनुसन्धानका लागि सरकारले पहिले त कर्मचारीको मनोबल उच्च बनाउन जरुरी छ । यसपछि सार्वजनिक सम्पत्ति तोडफोड र आगजानीमा लागेका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन सहज हुने छ । यसका लागि सरकारले तत्कालै उच्चस्तरीय आयोग गठन गर्नैपर्छ । यही आयोगमार्फत जेन–जीको आन्दोलनमा भएको सरकारी दमनकारीलाई पनि कारबाही गर्नुपर्छ । यसपछि तत्कालै भ्रष्टाचारमा संलग्नहरुको छानबिनका लागि उच्चस्तरीय आयोग गठन होस् । 
 


प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP