Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ३१, २०८२

सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्लाई जेन-जी आन्दोलनले दिएको दुई म्याण्डेट हो- पहिलो, भदौ २३ गते प्रदर्शनमा भएको सरकारी दमनका छानबिन र दोषीलाई कारबाही, दोस्रो, भ्रष्टाचारमा संलग्न नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गर्नु । जेन-जी आन्दोलनको बलमा उभिएको कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद्बाट यी दुवै विषयमा विशेष निर्णय आउने अपेक्षा गरिएको थियो । तर सोमबार बसेको मन्त्रिपरिषद्ले यो विषयमा ठोस निर्णय गर्न सकेन ।

सरकारले भदौ २३ मा सरकारी पक्षबाट भएको चरम दमनको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमामात्र १९ जना युवाको ज्यान गएको थियो । यसैगरी भोलिपल्ट देशभर सार्वजनिक सम्पत्तिदेखि नेताहरुको निवासमा आक्रमण भयो । यी विषयमा गहन अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन पहिले नै सहमति भइसकेको थियो । तर सरकारले यस विषयमा ठोस निर्णय गर्न सकेन ।

सरकारका लागि यो सबैभन्दा ठूलो चुनौतीको विषय पनि हुने छ । यो प्रदर्शनका क्रममा ७२ जनाको मृत्यु भएको पछिल्लो सरकारी तथ्यांकले छ । यो संख्या अझै बढ्न सक्ने देखिन्छ । सरकारी तथ्यांक, क्षति संकलन, मृतक, घाइते, व्यवसायमा भएका क्षतिजस्ता विषयमा जाँचबुझ गर्न आयोग गठन चानचुने विषय हैन । एउटा विमान दुर्घटनामासमेत आयोग गठन गरेर महिनौं लाग्ने नेपाली संयन्त्रका लागि यसपटकको दमन, तोडफोड र आगजानीका घटनाको प्रतिवेदन तयार पार्न महाभारत नै हुने देखिन्छ । संकटमा बनेको सरकारलाई चुनाव सम्पन्न गराउने अभिभारा त छँदै छ । यो सरकारको पहिलो चुनौती यही क्षतिलाई कसरी मूल्यांकन गर्छ भन्ने विषयले जाँच गर्ने देखिन्छ । पीडितको अपेक्षा अधिक हुन्छ भने पीडक सकेसम्म फुत्कन खोज्छ । समयमा जाँचबुझ हुन नसके धेरै प्रमाणहरु नष्ट हुने सम्भावना उत्तिकै हुन्छ । 

Hardik health

पछिल्लो समय कतिपय संवेदनशील विषयमा उच्छृंखल धारणा राख्नेहरुले धमाधम प्रमाण मेटाउन थालेका छन् । अहिले कर्मचारी, अदालतका कर्मचारी, प्रहरीको मनोबल गिरेको अवस्था छ । जाँचबुझ र अनुसन्धानका लागि सरकारले पहिले त कर्मचारीको मनोबल उच्च बनाउन जरुरी छ । यसपछि सार्वजनिक सम्पत्ति तोडफोड र आगजानीमा लागेका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन सहज हुने छ । यसका लागि सरकारले तत्कालै उच्चस्तरीय आयोग गठन गर्नैपर्छ । यही आयोगमार्फत जेन–जीको आन्दोलनमा भएको सरकारी दमनकारीलाई पनि कारबाही गर्नुपर्छ । यसपछि तत्कालै भ्रष्टाचारमा संलग्नहरुको छानबिनका लागि उच्चस्तरीय आयोग गठन होस् । 
 


प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति आइतबार, भदौ २२, २०८२
सामाजिक सञ्जाल बन्दमा पुनर्विचार गर्नैपर्ने विषय
सामाजिक सञ्जाल बन्दमा पुनर्विचार गर्नैपर्ने विषय शुक्रबार, भदौ २०, २०८२
चाडबाडको याममा विपदबाट जोगिऔं
चाडबाडको याममा विपदबाट जोगिऔं बुधबार, भदौ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP