Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १, २०८२

जेन-जीको आन्दोलनपछि प्रमुख दलहरु सत्ताविहीन भएका छन् । परम्परागत तवरले खाइपाइ आएको सत्ता गुमेपछि अहिले दलहरु झस्किएका छन् । सत्ता गुमाएसँगै दलहरु आन्तरिक तयारीमा जुटेको देखिन्छ । अन्तरिम सरकारलाई चुनावको जिम्मेवारी दिइएको छ । प्रतिनिधिसभा विघटनको विरोध गरे पनि दलहरुले चुनावमा जाने तयारी गरिसकेका छन् । चुनावमार्फत शक्ति फर्काउने दाबी नेताहरुले गरिरहेका छन् । यद्यपि, दलहरु सुशीला कार्की नेतृत्वको सरकारसँग सशंकित छन् । सरकार कुन हिसाबले अघि बढ्छ, सोहीअनुसार निर्णय गरेर अघि बढ्ने दाउमा दलहरु देखिन्छन् ।  

यस्तो अवस्थामा प्रधानमन्त्री कार्कीले अहिले निजी क्षेत्र, कर्मचारीको मात्र हैन दलहरुलाई पनि विश्वासमा ल्याउनुपर्ने देखिन्छ । विशेषगरी ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका कार्यालयदेखि नेताका घर जलेका छन् । तोडफोड भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवामाथि कुटपिटसमेत भएको छ । यस्तो अवस्थामा दलहरु यो सरकारको कामलाई ‘पर्ख र हेर’को नीतिमा उभिएको देखिन्छ । ठूला दलका नीत शीर्ष नेताविरुद्ध उनीहरुको पार्टीविरुद्ध नै एकप्रकारको विरोध स्वर बुलन्द हुँदै आएको छ । सत्ता यी नै तीन नेताको वरिपरि घुम्दा जनता आक्रोशित बनेका थिए । यसैले पनि भदौ २३ गते जेन–जीले विद्रोह गरेको हो ।

जेन–जी विद्रोहमा प्रमुख दलका युवाहरुको पनि साथ थियो । यसैले यी दलका युवा नेताहरु नभड्किनेगरी कार्की नेतृत्वको सरकारले काम गर्नुपर्ने देखिन्छ । फागुन २१ गते चुनाव गर्नैपर्ने दबाब सरकारमाथि छ । यससँगै आगजनी र तोडफोडमा परेका प्रशासन केन्द्रहरुको मर्मत, पुनर्निर्माणमा सरकार लाग्नुपर्ने देखिन्छ । त्यसैगरी कर्मचारीतन्त्रको मनोबल बढाउनु, निजी क्षेत्रलाई सघाउनु सरकारको अर्को महत्‍वपूर्ण चुनौती हो । प्रदेश सरकार र स्थानीय तहको सत्तामा दलकै प्रतिनिधि छन् । यसैले पनि अबका दिनमा भ्रष्टाचार निर्मुल पार्न पनि दलका नेताहरुको साथ लिनुपर्ने देखिन्छ । यसमा विशेषगरी युवा नेताहरुलाई विश्वासमा लिएर अघि बढ्दा सरकारलाई झनै सहज हुने देखिन्छ । 

Hardik health

यसले विस्तारै चुनावी महोल सिर्जना पनि हुन्छ । तर सरकार जेन–जी आन्दोलनको बलमा उदाएको भन्दै दलहरुलाई बेवास्ता गर्ने बाटोमा हिँडेमा गम्भीर भूल हुने छ । यदि यस्तो भएमा पीडामा परेका दलहरुको आन्दोलनका सामना यो सरकारले गर्नुपर्ने हुन्छ । यसलाई कतिपय नेताहरुले प्रतिक्रान्तिको नाम दिने संकेत गरेका छन् । यसो गर्दा जेन-जीकै आन्दोलनका कारण विकासमा निकै पछि धकेलिएको देश पुनः पछाडि फर्कनुपर्ने हुनसक्छ । त्यसैले यो सरकारले आउँदो कार्यक्रमहरु प्रभावकारीरुपमा सम्पन्न गराउन दलहरुलाई विश्वासमा लिनु बुद्धिमतापूर्ण कार्य हुने छ ।
 


प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP