Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २४, २०८२

सोमबार जेन–जी पुस्ताको आन्दोलनमा सरकारले चरम दमन ग¥यो । सामाजिक सञ्जाल बन्दको नाममा सरकारले रचेको ‘बानेश्वर पर्व’मा १९ जनाको ज्यान गयो । यो दर्दनाक घटनाको मुख्य रचनाकार प्रधानमन्त्री केपी शर्मा ओली हुन् । सोमबार दिनभर ओली बालुवाटारमा बसे । जेन–जी पुस्तालाई गोलीबाट सडकमा रगताम्मे भई लडेको दृश्य हेरिरहे । अरु देशमा गोली चल्दा शान्तिशान्ति गर्ने प्रधानमन्त्री आँगनमा जेन–जीलाई प्रहरीले चरा खसालेझैं खसालेको देख्दा पनि रमाएर बसे । मन्त्रिपरिषद्को बैठकपछि ओलीले घटनाबाट आफू मर्माहत भएको भन्दै गोहीको आँशु झारेका छन् । 

छानबिन समिति गठन गर्ने गर्ने निर्णय गरेका छन् । यो घटनाबाट उम्कन गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन लगाएका छन् । गृहमन्त्री लेखक दिनभरजसो सुरक्षा निकायका प्रमुखहरुसँग छलफलमा बसे पनि उनले कुनै निर्णय दिन सकेनन् । बरु उनी सुरक्षा निकायका प्रमुखहरुसँग छलफलमा बस्दा काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली हान्न आदेश दिइसकेका थिए । सोमबार साँझ नै रिजालले जिल्ला प्रशासन कार्यालयको वेब पेजबाट आफ्नो फोटो हटाएका छन् भने सामाजिक सञ्जालमा रहेको पेज निस्क्रिय गरेका छन् ।

१९ जनाको ज्यान गएपछि आउने गृहमन्त्रीको निर्णय के काम ? जनताको जीउधनको सुरक्षाका लागि जनताबाट चुनिएर पुगेको पदको नेतृत्व गरिरहेको गृहमन्त्री यसको जिम्मेवार छन् । राजीनामा दिएर उनी उम्कन पाउँदैनन् । जेन–जी हत्याको अभियोगमा उनीसहित जिम्मेवार अधिकारीहरुलाई कारबाही गर्नैपर्छ ।यो घटनालाई थप उत्तेजक बनाउने सरकारको नेतृत्वमा बसेका प्रधानमन्त्री ओली नै हुन् । त्यसैले तत्काल उनले सत्ता छाड्नुपर्छ । सुशासनको नाममा सिन्को नभाँचेका प्रधानमन्त्री ओली सत्तामा बसिरहे थप अराजकता मच्चिने निश्चित छ । त्यसैले कि त संसद्मा पुगेका संख्याले ओलीको विकल्प दिन सक्नुपर्छ । नभए जेन–जी पुस्ताको सहभागिता सुनिश्चित हुनेगरी उनीहरुको माग र विश्वव्यापी मान्यता पाएको शासनपद्धति नेपालमा लागू गर्नुपर्छ ।

Hardik health

यसका लागि संसद् भंग, अन्तरिम सरकार गठनजस्ता विषयहरुमा सहमति गर्न सकिन्छ । तर यसअघि प्रधानमन्त्रीलाई यो घटनाको मुख्य मतियार भएकोले उनले राजीनामा दिनुपर्छ । त्यसपछि प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुखहरु, काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । जनतामाथिको चरम दनम सह्य हुन सक्दैन । युगले सम्झनेगरी सत्तामा दम्भ आर्जेर बसेका शासकमाथि कारबाहीको दण्ड चलाउनैपर्छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP