Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #दुर्गा प्रसाईं
  • #केपी शर्मा ओली
  • #ज्योति_विकास_बैंक
  • #विश्व_टेलिभिजन_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २४, २०८२

सोमबार जेन–जी पुस्ताको आन्दोलनमा सरकारले चरम दमन ग¥यो । सामाजिक सञ्जाल बन्दको नाममा सरकारले रचेको ‘बानेश्वर पर्व’मा १९ जनाको ज्यान गयो । यो दर्दनाक घटनाको मुख्य रचनाकार प्रधानमन्त्री केपी शर्मा ओली हुन् । सोमबार दिनभर ओली बालुवाटारमा बसे । जेन–जी पुस्तालाई गोलीबाट सडकमा रगताम्मे भई लडेको दृश्य हेरिरहे । अरु देशमा गोली चल्दा शान्तिशान्ति गर्ने प्रधानमन्त्री आँगनमा जेन–जीलाई प्रहरीले चरा खसालेझैं खसालेको देख्दा पनि रमाएर बसे । मन्त्रिपरिषद्को बैठकपछि ओलीले घटनाबाट आफू मर्माहत भएको भन्दै गोहीको आँशु झारेका छन् । 

छानबिन समिति गठन गर्ने गर्ने निर्णय गरेका छन् । यो घटनाबाट उम्कन गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन लगाएका छन् । गृहमन्त्री लेखक दिनभरजसो सुरक्षा निकायका प्रमुखहरुसँग छलफलमा बसे पनि उनले कुनै निर्णय दिन सकेनन् । बरु उनी सुरक्षा निकायका प्रमुखहरुसँग छलफलमा बस्दा काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली हान्न आदेश दिइसकेका थिए । सोमबार साँझ नै रिजालले जिल्ला प्रशासन कार्यालयको वेब पेजबाट आफ्नो फोटो हटाएका छन् भने सामाजिक सञ्जालमा रहेको पेज निस्क्रिय गरेका छन् ।

१९ जनाको ज्यान गएपछि आउने गृहमन्त्रीको निर्णय के काम ? जनताको जीउधनको सुरक्षाका लागि जनताबाट चुनिएर पुगेको पदको नेतृत्व गरिरहेको गृहमन्त्री यसको जिम्मेवार छन् । राजीनामा दिएर उनी उम्कन पाउँदैनन् । जेन–जी हत्याको अभियोगमा उनीसहित जिम्मेवार अधिकारीहरुलाई कारबाही गर्नैपर्छ ।यो घटनालाई थप उत्तेजक बनाउने सरकारको नेतृत्वमा बसेका प्रधानमन्त्री ओली नै हुन् । त्यसैले तत्काल उनले सत्ता छाड्नुपर्छ । सुशासनको नाममा सिन्को नभाँचेका प्रधानमन्त्री ओली सत्तामा बसिरहे थप अराजकता मच्चिने निश्चित छ । त्यसैले कि त संसद्मा पुगेका संख्याले ओलीको विकल्प दिन सक्नुपर्छ । नभए जेन–जी पुस्ताको सहभागिता सुनिश्चित हुनेगरी उनीहरुको माग र विश्वव्यापी मान्यता पाएको शासनपद्धति नेपालमा लागू गर्नुपर्छ ।

Hardik health

यसका लागि संसद् भंग, अन्तरिम सरकार गठनजस्ता विषयहरुमा सहमति गर्न सकिन्छ । तर यसअघि प्रधानमन्त्रीलाई यो घटनाको मुख्य मतियार भएकोले उनले राजीनामा दिनुपर्छ । त्यसपछि प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुखहरु, काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । जनतामाथिको चरम दनम सह्य हुन सक्दैन । युगले सम्झनेगरी सत्तामा दम्भ आर्जेर बसेका शासकमाथि कारबाहीको दण्ड चलाउनैपर्छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
कांग्रेस कुहिरोका काग नबन
कांग्रेस कुहिरोका काग नबन शुक्रबार, मंसिर ५, २०८२
जेन–जी संयमित बन्‍नुपर्ने समय
जेन–जी संयमित बन्‍नुपर्ने समय बिहीबार, मंसिर ४, २०८२
उल्टो बाटोमा एमाले
उल्टो बाटोमा एमाले बुधबार, मंसिर ३, २०८२
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ मंगलबार, मंसिर २, २०८२
राहदानी वितरण सहज बनाऊ
राहदानी वितरण सहज बनाऊ सोमबार, मंसिर १, २०८२
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर आइतबार, कात्तिक ३०, २०८२
शक्तिलाई पुज्ने आयोगको चाला
शक्तिलाई पुज्ने आयोगको चाला शुक्रबार, कात्तिक २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP